
बिर्तामोड, २९ असोज । झापामा २८ औं कण्डम दिवस मनाइएको छ ।
बिर्तामोड, २९ असोज । झापामा २८ औं कण्डम दिवस मनाइएको छ ।
आम्दा नेपाल बिर्तामोडको आयोजना र स्वास्थ्य कार्यालय झापा, बिर्तामोड नगरपालिका र लवकुश आश्रम भद्रपुरको सहकार्यमा दिवस मनाइएको हो । स्वास्थ्य कार्यालय झापाका एचआइभी/एड्स फोकल पर्सन विरेन्द्र दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
दिवसको अवसरमा बिर्तामोडको बोलबम पेट्रोल पम्पदेखि पश्चिम स्टेण्डसम्म ¥याली समेत आयोजना गरिएको थियो । विभिन्न एचआइभी÷एड्स सम्बन्धी सचेतनामूलक नारा, प्लेकार्ड, पोस्टर–व्यानरसहित ¥याली निकालिए थियो भने जनचेतनामूलक माइकिङ समेत गरिएको थियो ।
कार्यक्रम अन्तर करिब पाँच हजार कण्डम समेत वितरण गरिएको फोकल पर्सन दासले जानकारी दिनुभयो ।



झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



