
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ असोज । सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्। डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूको भनाइ छ । डेंगीको आशंका हुनेबित्तिकै चिकित्सक निगरानीमा बस्न उनीहरू सुझाउँछन्। वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा कुनै जटिल दीर्घरोग थिएन । तर ढिलो उपचारमा पुगेकाले उनको मृत्यु भएको वीर अस्पतालकी निमित्त निर्देशक डा।अनुपमा कार्कीले बताइन् । ुसमयमै उपचार…
झापा, ४ भदौ । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले…
भद्रपुर, ४ भदौ । झापाको मेचीगनरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–१ सुनौलो टोलका २१ वर्षीय मनोज कुमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । सोमबार दिउँसो मेचीनगर–६ स्थित मेचीपुल छेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कुमाललाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा ३० ग्राम ब्राउनसुगर बरामद गरेको थियो । लागुऔषधसहित पक्राउ परेका कुमाललाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले बताउनुभयो ।
झापा, ४ असोज । नेपालमा डेंगु संक्रमण कारण २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमण कारण २० जनाको मृत्यु भएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । बाग्मती प्रदेशमा १२ हजार ४०१ जना, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जना, १ नम्बर प्रदेशमा ५०४ जना, सुदुरपश्चिम प्रदेशमा ४९३ जना, गण्डकी प्रदेशमा ३२२ जना, मधेश प्रदेशमा २४२ जना र कर्णाली प्रदेशमा २०३ जनामा डेंगु संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङ, ४ असोज । मोरङको बिराटनगर महानगरपालिका–१२ स्थितबाट प्रहरीले राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिराटनगरको रोडशेष चोकबाट BR38 B 2378 नम्वरको ट्रयाक्टरमा राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित करिव ४० लाख मुल्य बरावरको सामान बरामद गरेको हो । बरामद गरिएका लत्ताकपडा, ट्रयाक्टर र चालक जहदा गाउँपालिका १ का रमेश यादव समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिर्तामोड, ४ असोज । झापाको अर्जुनधारा–११ स्थित पाथिभरा इन्जिनियरिङ कलेजले सम्बन्धन पाएको छ । कलेज सञ्चालनार्थ आवश्यक पूर्वाधार तयार गरेर १२ वर्षदेखि सम्बन्धनको पर्खाइमा रहेको कलेजले हालै पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको हो । कलेजका अध्यक्ष युवराज प्रसाईंले लामो प्रतिक्षापछि कलेजले सम्बन्धन पाएको जानकारी दिनुभयो । उहाँले इन्जिनियरिङ काउन्सिलले आठ वर्ष अघि नै कलेज सञ्चालनको अनुमति दिएको समेत बताउनुभयो । “लामो समयपछि सबैको सहयोगले कलेज सञ्चालन हुने भएको छ”, उहाँले भन्नुभयो, “धेरै कठिनाइका बाबजुद कलेजले सम्बन्धन पाएको छ, यो झापाबासीका लागि गौरवको कुरा हो ।” आगामी मंसिरदेखि कलेजमा चारवर्षे स्नातक तहमा सिभिल, इलेन्ट्रोनिक्स र कम्युटर इन्जिनियरिङ विषयमा अध्यापन हुने कलेजका सिइओ…
झापा, ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको छ । सोमबार बसेको राप्रपाको बैठकले सबै क्लस्टरका समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको हो । राप्रपाको कार्यसम्पादन, पदाधिकारी र संसदीय समितिको संयुक्त बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि लामो छलफलपछि समानुपातिक उम्मेदवारको सूची तयार गरेको उनले बताए ।
भद्रपुर, ३ असोज । संविधान दिवसको अवसर पारेर नेपाली काँग्रेस भद्रपुर १० नम्वर वडा समितिले दीप प्रज्वलन गरेको छ । वडा समितिका सभापति विष्णुप्रसाद काफ्लेको नेतृत्वमा भद्रपुर १० चन्द्रगढी स्थित वीपी चौकमा दीप प्रज्वलन गरिएको हो । धर्मनिरपेक्षता, संघीयता तथा गणतन्त्रात्मक व्यवस्थाको पृष्ठपोषक वर्तमान संविधान जनचाहना अनुसारको परिवर्तनको द्योतक रहेको भन्दै संविधान रक्षाका लागि दीप प्रज्वलन गरिएको आयोजकको भनाइ छ ।
बिर्तामोड, ३ असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभाका लागि प्रतिनिधि छनोट कार्यक्रम शुरु भएको छ । मुख्य कार्यालय अन्तरगत आज बिर्तामोडको अग्रसेन भवनमा प्रतिनिधि छनोट भएको छ । संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला हुनुहुन्थ्यो । कार्यक्रम नगर उपप्रमुख संग्रौलाले सहकारीले सदस्यका बालबालिकालाई सहुलियतमा शिक्षा दिने उद्देश्यले विद्यालय सञ्चालन गर्नु सकारात्मक र सचनात्मक काम भएको बताउनुभयो । उहाँले बिर्तामोड नगरपालिकाको शिक्षा ऐनले विद्यालय सञ्चालनमा कुनै समस्या नभएको समेत बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर विकासमा नगरपालिका लागिपरेको समेत उल्लेख गर्नुभयो । सहकारीका सदस्यले जुन उद्देश्यले…
भद्रपुर, ३ असोज । झापाको झापा गाउँपालिकामा डुबेको अवस्थामा आज एक बालकको शव फेला परेको छ । झापा–३ का कामाटोलीको सन्थाल बस्तीका १४ वर्षीय बालक विजय टुडूको शव खाडीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालकको शव आज बिहान झापा–३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने र सुस्तमनस्थितिका विजय गौरीगाउँमा आइतबार घुम्दै आएको र स्थानीयबासीसँग खानेकुरा मागेर आएको स्थानीय शिक्षक प्रताप विश्वकर्माले बताउनुभयो । दिउँसो फर्किने क्रममा सडक किनारमा सानो माईको बाढीले बनाएको खाल्डोमा डुबेर मृत्यु भएको उहाँको भनाइ छ । मृतक बालकको शवको कानूनी प्रक्रिया पूरा…