
झापा, ४ असोज । नेपालमा डेंगु संक्रमण कारण २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमण कारण २० जनाको मृत्यु भएको हो ।
७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । बाग्मती प्रदेशमा १२ हजार ४०१ जना, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जना, १ नम्बर प्रदेशमा ५०४ जना, सुदुरपश्चिम प्रदेशमा ४९३ जना, गण्डकी प्रदेशमा ३२२ जना, मधेश प्रदेशमा २४२ जना र कर्णाली प्रदेशमा २०३ जनामा डेंगु संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



