
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २७ साउन । साना किसान कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० चन्द्रगढीको सातौं वार्षिक सभा तथा स्थापना दिवस एक कार्यक्रम बीच सम्पन्न गरिएको छ । संस्थाकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाको वार्षिक प्रतिवेदन खेमराज नेपालले प्रस्तुत गरेको कार्यक्रममा सहकारीकर्मी घनश्याम अधिकारी, राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी, सहकारी शाखा भद्रपुरका डिल्ली ढकाल, भद्रपुर १० का वडा सचिव मनकुमार डाँगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर, २६ साउन । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि यहाँका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालका विविध क्षेत्रमा भएका समस्याको सुधारका लागि मेची प्रादेशिक सुधार समितिले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले अस्पताल सुधारका लागि गर्नुपर्ने हरप्रकारको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अस्पताल सुधार समितिका अध्यक्ष दिपक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा छ वटा दलका प्रतिनिधिहरुले सुधार समितिले राम्रो कामको थालनी गरेको र सो कार्यमा आफूहरुको पूर्ण समर्थन हुने जनाएका थिए । अन्तरक्रियामा अस्पताल सुधारका लागि राजनीतिक दलको धारणा, सुधार समितिलाई हेर्ने दृष्टिकोण, सुधार र स्तोन्नति लगायतका विषयमा…
झापा, २६ साउन । राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा)हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज बिहीबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएका छन्। देशभरका हजारों नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज प्रभावित बन्न पुगेका बेला शक्ति प्रदर्शनस्वरूप पाँचवटै ट्रेड युनियन मिलेर माइतीघर मण्डलामा धर्ना दिने निर्णय भएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए । सरकारले बजेट भाषणमा घोषणा गरेको भन्दा ठीकविपरीत असमान ढंगले तलब वृद्धिगर्नलागेकोमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले अब निजामती सेवा ऐनको विषयमा माइतीघरमा शक्ति प्रदर्शन गर्न लागेको अध्यक्ष पोखरेले जानकारी दिए । ‘अस्ति असन्तुष्ट कर्मचारीको आन्दोलन थियो। अब…
झापा, २६ साउन । बोनस ऐनअन्तर्गत स्थापना भएको राष्ट्रिय कल्याणकारी कोषमा हालसम्म २७ अर्व रुपैयाँ जम्मा भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आर्थिक वर्षमा मात्र सो कोषमा १ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको जनाएको छ। बोनस ऐन, २०३० को दफा ५ अनुसार मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारी तथा श्रमिकलाई बोनसबापत छुट्याउनैपर्ने कानुनी प्रावधानअनुसार सो रकम जम्मा भएको हो । विभागका निर्देशक मणिनाथ गोपले एक आवको कम्पनीको नाफाअनुसार न्यूनतम पारिश्रमिक लागू नभएका श्रमिकलाई ८ महिना र न्यूनतम पारिश्रमिक लागू भएका श्रमिकको हकमा ६ महिनावरावरको नाफाबाट बोनस दिइँदै आएको…
झापा, २७ साउन । भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको छ । अख्तियारले सचिव तथा विभागीय प्रमुखले जिम्मेवारी र इमानदारीपूर्वक काम गर्न नसक्दा मातहतका निकायमा भ्रष्टाचार बढेको र त्यसविरुद्ध अख्तियारमा उजुरी आउने क्रमसमेत ह्वात्तै वढेको निष्कर्ष निकालेको छ । अख्तियारको सो निष्कर्षपछि सचिव र विभागीय प्रमुखलाई त्यस्ताखाले उजुरी आउन नदिन अख्तियारमा नै बोलाएर सचेत पारिएको हो । मुख्य सचिव शंकरदास वैरागीलाई सँगै राखेर अख्तियारले सचिव र महानिर्देशकलाई कुनै खाले भ्रष्टाचारमा सहभागी हुन नदिन, मातहतलाई पनि सुशासनयुक्त राख्न, परिणाम निस्कने…
झापा, २७ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान गरेको छ। निर्वाचन आयोगले हालको प्रारम्भिक अनुमान अनुसार १० अर्ब खर्च हुनसक्ने बताएको हो । २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १६५ समेत गरी जम्मा ७ अर्ब ८० करोड खर्च भएको आयोगले बताएको छ । बजेट निकासाका लागि प्रक्रियामा रहेको र सो अनुसार अर्थ मन्त्रालय निकासा गर्न तयार रहेको अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख चक्रबहादुर बुढाले भने बताए । अर्थ मन्त्रालयले संसदीय निर्वाचन थोरै खर्चमा नै पुग्ने अनुमान गरेको छ। मुख्यतया…
झापा, २७ साउन । नेपालको चियालाई प्रतिबन्ध लगाउने प्रस्ताव भारतका दुवै सदनमा पुगेको छ । राज्यसभा र लोकसभामा पुगेको प्रस्तावमा गुणस्तर नपुगेको, सस्तो भएको भन्दै आयातमा कडाइ गर्ने प्रस्ताव गरिएको छ । राज्यसभाको ‘डिपार्टमेन्ट रिलेटेड पार्लियामेन्टरी स्ट्यान्डिङ कमिटी अन कमर्स’ यससम्बन्धी प्रतिवेदन नै तयार पारी नेपाली चिया आयातमा कडाइ गर्ने प्रस्ताव गरेको हो । भारतीय चिया बजार र विशेषगरी दार्जिलिङ चियाको लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव त्यसमा दिइएको छ। भारतीय चिया क्षेत्रलाई नेपाली चियाले असर गरेको उल्लेख छ । प्रतिवेदनमा भारतमा आयात हुनेमध्ये लगभग आधा नेपालबाटै चिया आएको उल्लेख गरिएको छ। नेपाल र भारतको व्यापार सन्धिले भन्सार शुल्क समेत मिनाह…
झापा, २६ साउन । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल९चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी)…
झापा, २६ साउन । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् । कूल जनसंख्याको ३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए । त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन हालसम्म पनि नलगाएकालाई उनले आग्रह गरे । कोभिड–१९ बाट संक्रमित लगभग ५० प्रतिशत मानिसहरुमा कुनैपनि लक्षण देखिँदैन । खोप नलगाएकाहरुलाई कोरोना संक्रमण भएको खण्डमा गम्भीर…
बिर्तामोड, २५ साउन । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (बुधबार) बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगरक्षेत्रभित्रका जग्गाको ६ महिना भित्र वर्गिकरण गरिसक्नु पर्ने र सोहि अनुसार सम्पति, भूमिकर समायोजन गर्नु पर्ने भएकोले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधिसम्मका लागि अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक ऐन अनुसारकै क्षेत्र र दरमा कर संकलन गर्ने निर्णय गरेको हो । कार्यपालिकाको बैठकले भूू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाहरु आगामि ५ महिना भित्र वर्गिकरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ…