
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ असार । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । सबैभन्दा बढी रु तीन अर्ब ९५ करोड ९६ लाख ४० हजार बराबरको ८०० मेट्रिक टन अलैँची निर्यात भएको छ । कार्यक्रममा नेपालमा उत्पादित अलैँची भारत, बङ्गलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिए । उनले यो…
मोरङ, २१ असार । मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका पथरी–शनिश्चरे नगरपालिका–१ का ४४ वर्षीय भानु याङ्देनलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । याङ्देनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो । त्यसैगरी, लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान–११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक–२० एम्पुल, एभिल–२० एम्पुल, डाइजेल्याब–२० एम्पुल र फेनरागन–२०…
कनकाई, २० असार । झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । नगरले अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छट्याएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । “यो वर्ष पूर्वाधार विकासमा कम बजेट छुट्याएका छौं”, उहाँले भन्नुभयो, “कृषि उत्पानदनमा नगरलाई आत्मनिर्भर बनाउने योजना छ ।” नगरपालिकाले अगामी आवका लागि रू २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । कृषि पकेट क्षेत्र, कृषि औजार, मल बिऊ व्यवस्थापन, चक्लाबन्दी खेती, अग्र्यानिक खेती, पशुपंछी, सामूहिक खेती लगायतका कार्यक्रममा उक्त रकम खर्च हुने जनाइएको छ । नगरप्रमुख पोखरेलले आगामी पाँच वर्षभित्र नगर क्षेत्रमा रहेका विपन्नको…
बिर्तामोड, २१ असार । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने बताउनु भयो । सोमबार वडा नम्बर २को श्रीहरि सामुदायिक भवनमा आयोजना गरीएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले कृषकका उत्पादनहरु कुहिएर जान नदिनका लागि ३ वटा कोल्ड स्टोर र आफ्नै उत्पादनको कृषि संकलन निर्माणका लागि प्राथमिकताका साथ योजना अगाडि बढाउने बताउनु भएको हो । विचौलियाकाकारण कृषकहरुले उत्पादन गरेका बस्तुहरु वेचविखन गर्न नसक्नु कृषकका लागि ठुलो असर रहेको भन्दै उहाँले बजार व्यवस्थापनका लागि समेत नगरपालिकाले पहल गर्ने बताउनु भयो । सहभागीहरुको जिज्ञासामा बोल्दै नगरप्रमुख प्रसाईले सिमित बजेटकाकारण सबै विकास…
झापा, २१ असार । फोटो पत्रकार महासंघ प्रदेश १को अध्यक्षमा मोरङका देवराज पौडेल निर्वाचित भएका छन् । कोशिटप्पुमा ३ दिने तालिम सहित सम्पन्न प्रदेश अधिबेशनबाट पौडेल सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । प्रदेश समिति उपाध्यक्षमा झापाका विनोद पाण्डे, मोरङकि अप्सरा समाल र महासचिवमा मोरङका कमल रिमाल निर्वाचित भएका छन्। धनकुटाका रमेशचन्द्र अधिकारी सचिवमा र कोषाध्यक्षमा मोरङकि सुशीला पाठक निर्वाचित भएका छन्। अधिबेशनको आइतबार प्रदेश १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्रप्रासद अधिकारीले फोटोपत्रकारको फोटो खिचेर उद्घाटन गरेका थिए। मन्त्री घिमिरेले फोटोपत्रकारले सम्पदा,जैविक विविधता र समाजको फोटो खिचेर यथार्थ प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए। उनले आम संचारकर्मि…
झापा, २० असार । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निःशुल्क उपचार गर्न पाउने भएका छन् । सोमवार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गरेका हुन् । कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतालमा कोषको परिचयपत्र देखाएर निःशुल्क रूपमा उपचार गर्न सकिने व्यवस्था गरेको हो । स्वचालित विद्युतीय प्रणाली सेवाको शुभारम्भ गरेसँगै कोषमा आबद्ध श्रमिकले निःशुल्क रूपमा तोकिएका अस्पतालहरूमा उपचार गराउन पाउने छन् । अस्पतालसँग विभिन्न चरणमा छलफल गरेर अनलाइन प्रणाली सुरु गरिएकाले कार्यान्वयनमा समस्या नआउने कोषले जनाएको…
झापा, २० असार । एडीवीको सहयोगमा झापाको काँकरभिट्टा–लौकही सडक ‘फोरलेन’ बन्ने भएको छ । जसका लागि सरकारले टेण्डर समेत आह्वान गरेको छ । यो सडकखण्ड निर्माणका लागि कूल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । महेन्द्र राजमार्गमा पर्ने पूर्वको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार नेपालका सडक परियोजनामध्ये अहिलेसम्मकै खर्चिलो हुने देखिएको हो । जसमा सडक, यस खण्डमा पर्ने पुलहरु र परामर्शदाताको शुल्क समेत सम्पूर्ण खर्च जोडिएको छ । कूल ९६ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ । यो लागत नेपालका कुनै पनि सडक परियोजनाहरुमध्ये महँगो हो । पुल र परामर्शदाताको शुल्कबाहेक भने यस सडकको…
मोरङ, २० असार । नदी खोला उत्खनन् गर्ने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको केराबारी–८ स्थित रहेको खदम खोला, केराबारी–७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा–५ स्थित रहेको बुढीखोला र बेलबारी–२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र तिनका चालक सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ९ वटै सवारी साधन सहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ। जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुको परिवर्तन गरेको हो। यसअघि भौतिकमन्त्रीमा रेणु यादव, कृषिमा महिन्द्रराय यादव र वनमन्त्रीमा रामसहाय यादव थिए। अघिल्लो हप्तामात्रै नेकपा एकीकृत समाजवादीका तर्फबाट आफ्ना मन्त्रीहरुको हेरफेर भएको थियो।
बिर्तामोड, २० असार । झापाको कनकाई नगरपालिकामा ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोग र रिपोर्टस क्लब मेचीको आयोजनामा उक्त साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो । क्लबका अध्यक्ष शेखर सेढाईको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य, उपप्रमुख आशा शर्मा शिवाकोटी बिशिष्ठ आतिथ्य रहेको थियो । नगरप्रमुख पोखरेलले नगरको आगामी बजेट आवश्यकताको आधारमा तयार गरिएको बताए । उनले यो वर्ष कृषिलाई प्राथमिकता दिइएको बताउँदै समग्र नगरको सर्वाङ्गिण विकासमा बजेट केन्द्रीत रहेको उल्लेख गरे । त्यस्तै उपप्रमुख शिवाकोटीले सबै वडाहरुलाई सिलिङ बजेट तोकिसकेको र सोही बजेटको अधिनमा रहेर वडाहरुले प्राथमिकताका…