
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ असार । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ९ जनाको घटनास्थलमा र ४ जनाको उपचारको क्रममा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए । दुर्घटनामा घाइते भएका २१ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा।३ ख ८३९६ नम्बरको बसको सह–चालक सुनापति गाउँपालिका–५ घर भएका विष्णुराम खड्काको बनेपास्थित शिर मेमोरियलमा उपचार भइरहेको छ । रातोपाटीबाट
झापा, २१ असार । कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न झापा जिल्लास्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ । प्रवद्र्धन समितिको संयोजकमा शर्मिला आङ्दाम्बे रहेकी छिन् । उनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । झापा जिल्लाभरिका सबै जातिलाई मिलाएर उक्त समिति निर्माण भएको हो । प्रवद्र्धन समितिले कार्यक्रम गर्नुअघि एक कार्यपत्र प्रस्तुत गर्दै कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न सके आय–आर्जनको मुख्य थलो बन्ने कुरा प्रस्तुत गरिएको थियो । प्रवद्र्धन समितिका सदस्य शर्मिला सिङ्घकले उक्त कार्यपत्र प्रस्तुत गर्दै झापामा मात्र होइन प्रदेश नं. १को १४ वटा जिल्लामा कार्यसमिति निर्माण गर्दै जाने र प्रर्वद्धन समिति प्रदेशमा सबै जिल्लाको सहभागिता रहेको बताइन् ।
अर्जुनधारा, २१ असार । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका कृषकलाई व्यावसायिक बनाउन तीन दिने बाख्रापालन तालिम दिन थालेको छ । नगरपालिकाको पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा आजदेखि तालिम शुरु भएको हो । तालिमको नगर कार्यपालिका सदस्य गौरीमाया चिमरियाले उद्घाटन गर्नुभएको थियो । तालिममा शाखा प्रमुख पदमलाल राई, भेटनरी अधिकृत देवीकुमारी लिम्बू र पशु सेवा प्राविधिक वेनुकुमार बस्नेतले सहजीकरण गरिरहनुभएको छ । तालिममा ४० जना कृषकको सहभागिता रहेको छ । तालिममा खोर व्यवस्थापन, रोग, औषधि, बीमा लगायतका विषयमा जानकारी दिइनेछ । तालिम सँगै सहभागीलाई बाखा्रा फारमहरुको अवलोकन भ्रमणसमेत गराइनेछ ।
मोरङ, २१ असार । १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुह आरआइटीबाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको २०७८ असार २२ गतेको फैसलाले मानब बेचबिखन ओसारपसार मुद्धामा १० बर्ष कैद र ५० हजार रुपैया जरिवाना असुल गर्न बाँकी रहेकी सुनसरी धरान–१६ की ४६ वर्षीया सरिता भन्ने कृष्णकुमारी लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको हो । पक्राउ परेकी लिम्बुलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।
सन्तोष शर्माझापा, २१ असार । झापामा परिवार नियोजन अन्तरगत स्थायी बन्ध्याकरण गराउने पुरुषको संख्या अत्यन्तै न्यून रहेको छ । जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको संख्या ७७ गुणा कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०७८÷०७९ को हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको संख्या ६८४ (मिनिल्याप) र पुरुषको संख्या ९ (भ्याक्सोटोमी) रहेको छ । यो संख्या स्थायी बन्ध्याकरण गराउने महिलाभन्दा पुरुष संख्या ७७ गुणा कम हो । बन्ध्याकरणबारे धेरै भ्रम रहेकाले पुरुषहरुले बध्याकरण गराउन चाहँदैनन्. । शरीर कमजोरी हुने, यौन शक्ति घट्ने, पुरुष सत्तात्मक सोच, लोकलाज…
भद्रपुर, २१ असार । लामो समयदेखि सेवारत झापाका स्वास्थ्य स्वयम्सेविकाहरुलाई बिदाइ गरिएको छ । सोमबार एक कार्यक्रमका बीच जिल्लाका विभिन्न पालिकामा रही दीर्घ सेवा पुर्याएका ५७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगदसहित सम्मान गरेर बिदाइ गरिएको हो । नगद २० हजार, मायाको चिनो र सम्मान-पत्र प्रदान गरिएको हो। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र जिल्ला स्वास्थ्य कार्यालय भद्रपुर झापाका प्रमुख योगराज घिमिरेको अध्यक्षतामा सम्मान तथा बिदाइ कार्यक्रम भएको थियो । कार्यक्रममा नगर प्रमुख पोखरेल र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले कार्यक्रमको औचित्य र पृष्ठभूमि उल्लेख गर्नुभएको…
झापा, २१ असार । मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार एक सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ।
कार्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मिलन’को डबिङ सकिएको छ । कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल ९प्याकुली० लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म प्रेम कथामा निर्माण भएको हो । प्रेम कथामा आधारित चलचित्र ‘मिलन’मा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देख्न पाइने छ । यो चलचित्रका निर्देशक टेक पौरखी राईले यसअघि निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ चलचित्र निर्देशन गरिसकेका छन्। चलचित्रमा लेखन पनि निर्देशक राईकै रहेको छ। चलचित्रका मुख्य अभिनेता कुशल शाह ठकुरीले यसै चलचित्रबाट डेब्यु गर्दैछन् भने अभिनेत्री शिल्पा थापाको पनि यो पहिलो चलचित्र हो…
तेह्रथुम, २१ असार । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो । उद्योग वाणिज्य तथा…
काठमाडौं, २१ असार । इटालीले झण्डै ७० वर्ष यताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था घोषण गर्न लागिएका क्षेत्रहरूले सामान्यतया इटालीको कुल कृषि उत्पादनको लगभग ३० प्रतिशत योगदान दिन्छ । खडेरीले यो वर्ष ठूलो विनाश निम्त्याएको छ । आपतकाल घोषणापछि घर र व्यवसाय दुवैका लागि खानेपानी, रासनजस्ता विषयमा सुधार गर्न स्थानीय अधिकारीहरूलाई कदम चाल्न सजिलो हुने विश्वास गरिएको छ । वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ प्रभावित जनतालाई राहत र सहायता प्रदान गर्ने आपतकालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ ।…