
भद्रपुर, २१ असार । लामो समयदेखि सेवारत झापाका स्वास्थ्य स्वयम्सेविकाहरुलाई बिदाइ गरिएको छ ।
सोमबार एक कार्यक्रमका बीच जिल्लाका विभिन्न पालिकामा रही दीर्घ सेवा पुर्याएका ५७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगदसहित सम्मान गरेर बिदाइ गरिएको हो । नगद २० हजार, मायाको चिनो र सम्मान-पत्र प्रदान गरिएको हो। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र जिल्ला स्वास्थ्य कार्यालय भद्रपुर झापाका प्रमुख योगराज घिमिरेको अध्यक्षतामा सम्मान तथा बिदाइ कार्यक्रम भएको थियो ।

कार्यक्रममा नगर प्रमुख पोखरेल र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले कार्यक्रमको औचित्य र पृष्ठभूमि उल्लेख गर्नुभएको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



