
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २३ असार । झापाको बिर्तामोड नगरपालिकाको न्यायिक समितिले ४७ वटा मुद्दा फस्र्यौट गरेको छ । न्यायिक समितिले आर्थिक वर्ष २०७८÷०७९ मा नगरमा दर्ता भएका र अघिल्लो आर्थिक वर्षबाट सरी आएका गरी ४७ वटा मुद्दा फस्र्यौट गरेको नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिनुभयो । उक्त अवधिमा न्यायिक समितिमा चालू आवमा ४७ वटा र अघिल्लो आवको फस्र्यौट हुन बाँकी १५ वटा गरी ६२ वटा मुद्दाको छिनोफानो गरिएको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि संग्रौलाको नेतृत्वमा नयाँ समिति गठन भएको हो । तीन सदस्यीय समितिको सदस्यमा वडा नं. ७ का वडासदस्य खडानन्द निरौला र वडा नं. की वडा सदस्य कमला महरा…
पाँचथर, २३ असार । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके–रवि–बुधबारे सडकको काम लथालिङ्ग अवस्थामा छ । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन । पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएको चारवर्षे अवधिको म्याद गुज्रेको सात महिना बितिसकेको छ । उक्त काम हालसम्म अगाडि बढ्न सकेको छैन । काम सुरु भएको पाँचवर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको छ । “सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ । मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था छैन”, कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत…
झापा, २३ असार । झापाको काँकरभिट्टामा सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको कुरा दुवै संगठनले अस्वीकार गरेका छन् । असार २२ मा झडप भएको कुरा सार्वजनिक भएको अस्वीकार गर्दै झापामा कार्यरत नेपाल प्रहरीका डिएसपी वसन्त पाठक र सशस्त्र प्रहरी बलका डिएसपी प्रेमबहादुर भण्डारीले संयुक्त प्रेश विज्ञप्ति निकालेका छन् । बुधवार काकरभिट्टाबाट शरीरमा लुकाएर सुपारी लैजाँदै गरेका बंगलादेशका नागरिकलाई प्रहरी टोलीले पक्राउ गरेको तर, झडप नभएको झापाका एसपी विश्वमणि पोखरेलले रातोपाटीलाई बताए । ‘लुकाएर सुपारी लैजानेहरूलाई हाम्रो टोलीले पक्राउ गरेको थियो’ एसपी पोखरेलले भने–‘तर, त्यहाँ खटिएका सशस्त्र प्रहरीसँग कुनै झडप भएको छैन ।’
इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पनि स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्द तथा शिखर सन्तोषको संगीतमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । रुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ ।
झापा, २३ असार । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानुनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था छ । आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । गत स्थानीय तहमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च…
झापा, २३ असार । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो। डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आईजीपीकाका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ। भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र रिझाउन सहज हुने ठाउँमै आफूहरूको दरबन्दी मिलान गराउन उनीहरू रस्साकस्सीमा लागेको स्रोतको दाबी छ। ‘बढुवा सिफारिस हुनासाथ एक किसिमको दौडधुप चलिसकेको थियो। आईजीपीका हुन वरिष्ठता नचाहिने र शक्ति केन्द्रको विश्वास जित्न सके पुग्ने भएपछि सबै प्रतिस्पर्धी हुने नै भए’, स्रोतले भन्यो, ‘त्यही भएर आजैदेखि शक्तिकेन्द्रको…
झापा, २३ असार । बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरि मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी गरेको बुझिएको छ । आगामी साता मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री थप गर्ने तयारीमा पाण्डे रहेको स्रोतले बताएको छ । मकवानपुर र सिन्धुलीबाट दुई जनालाई राज्यमन्त्री नियुक्त गर्ने आन्तरिक तयारी भएको हो । स्रोतका अनुसार दुबै जनाराज्यमन्त्रीहरु नेकपा एकीकृत समाजवादीबाट नै हुने छन् । सत्ता गठबन्धनको भागबण्डामा…
विराटनगर, २३ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले शिक्षक मासिक (काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सर्दारलाई सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो । उनीहरुलाई सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको एघारौं स्थापना दिवसको अवसर पारेर सम्मान गर्न लागेको हो । दाहाल यसै वर्ष स्थापित तोरेन्द्र(इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका हुन् । डा संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशि ५१ हजार छ ।…
भद्रपुर, २३ असार । झापा कारागारको महिला बन्दी गृहमा रहेका कैदीबन्दीलाई लक्षित गरी एक दिने मानसिक स्वास्थ्य उपचार सम्बन्धि अन्र्तक्रिया सम्पन्न गरिएको छ । मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको टोलीले बन्दी गृहमा कैद भुक्तान गरिरहेका महिला कैदी बन्दीमा आउन सक्ने मानसिक बिचलन रोक्न पूर्व तयारी स्वरूप सचेतना अन्र्तक्रिया सम्पन्न गरेको हो । डा. अधिकारीले मानसिक रोगका विभिन्न कारण र चरणहरू हुने तथ्यलाई कैदी बन्दीसित प्रष्ट पारेका थिए भने सहभागीहरूले रोगबाट बच्नका लागि अपनाउन सकिने रोकथाम र उपचार बारेमा जिज्ञासा राखेका थिए ।
बिर्तामोड, २३ असार । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभा अन्तरगतको पहिलो अधिवेशन सम्पन्न भएको छ । बुधबार नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा बसेको पहिलो नगरअधिवेशनको दोश्रो बैठक असार १० गते पेश भएको नीति,बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव तथा विभिन्न विधेयक पास गर्दै सम्पन्न भएको हो । बैठकले निर्णयार्थ प्रस्तुत गरिएका आर्थिक वर्ष २०७९/८०को नीति, बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक विधेयक, विनियोजन विधेयक, सहकारी विधेयक, स्वास्थ्य विधेयक र कर तथा गैरकर राजश्व सम्बन्धी विधेयक पास गरेको हो । उक्त कार्यक्रम तथा विधेयक माथि वडा नम्बर ६ का वडासदस्य जीवन बाँस्कोटा, वडा नम्बर ५ का वडा सदस्य दुर्गा शिवाकोटी र वडा नम्बर १०…