
भद्रपुर, २३ असार । झापा कारागारको महिला बन्दी गृहमा रहेका कैदीबन्दीलाई लक्षित गरी एक दिने मानसिक स्वास्थ्य उपचार सम्बन्धि अन्र्तक्रिया सम्पन्न गरिएको छ ।
मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको टोलीले बन्दी गृहमा कैद भुक्तान गरिरहेका महिला कैदी बन्दीमा आउन सक्ने मानसिक बिचलन रोक्न पूर्व तयारी स्वरूप सचेतना अन्र्तक्रिया सम्पन्न गरेको हो ।
डा. अधिकारीले मानसिक रोगका विभिन्न कारण र चरणहरू हुने तथ्यलाई कैदी बन्दीसित प्रष्ट पारेका थिए भने सहभागीहरूले रोगबाट बच्नका लागि अपनाउन सकिने रोकथाम र उपचार बारेमा जिज्ञासा राखेका थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



