
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ असोज । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड रहेको थियो । यस्तै, खुद सेवा आय रु ३१ अर्ब १६ करोडले घाटामा रहेको…
बझाङ, २९ असोज । गएराति १ः०८ बजे बझाङको दान्तोला क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। मध्यरातमा आएको भूकम्पले स्थानीयबासीमा त्रास फैलिएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसअघि असोज १० गते रामेछापको भटौली केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। असोज १ गते पूर्वी रुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पविद्हरुका अनुसार नेपाल भौगोलिक रूपमा भूकम्पीय जोखिमयुक्त क्षेत्र हो, जहाँ यस्ता कम्पनहरू सामान्य मानिन्छन्।
इलाम, २९ असोज । मेची राजमार्गको विकल्पका रूपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि साना सवारी साधन सञ्चालनको तयारी गरिएको हो । सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार, खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रामा बिच्छ्याएर पानी कटाइएको छ । डाइभर्सन निर्माणमा चारवटा एक्साभेटर प्रयोग गरिएको थियो । गत असोज १८ गतेको बाढीले जोगमाई खोलाको बेलिब्रिज बगाएपछि वैकल्पिक सडक निर्माण गरिएको हो । इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको थियो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले तिल्केनी–सिमलगोलाई सडकखण्डलाई…
झापा, २९ असोज । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भने मूल्य घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा थियो। त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ र बिक्रीदर…
झापा, २९ असोज । देशभर आज मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सन्तोष शर्माझापा, २८ असोज । झापामा अविरल वर्षापछिको बाढीका कारण कृषि क्षेत्रमा साढे सात करोडभन्दा बढीको क्षति भएको छ । गत असोज १८ गतेदेखि २० गतेसम्म आएको अविरल वर्षापछिको बाढीले डुबान, कटान लगायतले कृषिबाली क्षति पु¥याउँदा रू सात करोड ६० लाख २८ हजार दुई सय २० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले जानकारी दिनुभयो । झापाको छ वटा पालिकाको पाँच सय १२ दशमलव ६३ हेक्टरमा लगाइएको धान, केरा, आलु र तरकारी बालीमा क्षति हुँदा सात सय ४९ कृषक प्रभावित भएको उहाँले बताउनुभयो । झापा गाउँपालिकामा सबैभन्दा धेरै तीन सय ६५ दशमलव २७ हेक्टरमा लगाइएको कृषिबालीमा क्षति…
झापा, २८ असोज । बिराटनगर किंग्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा जारी ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन सुनसरी र झापाले आ-आफ्ना खेलमा प्रभावशाली जीत हासिल गरेका छन्। मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न दुई खेलहरूमा युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। सुनसरीको दबदबा प्रदर्शनपहिलो खेलमा सुनसरीले उदयपुरलाई १४१ रनको विशाल अन्तरले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीले ४ विकेटको क्षतिमा १७४ रनको चुनौतीपूर्ण योगफल तयार पार्यो। जवाफमा उदयपुरको टोली ३३ रनमै समेटियो। सुनसरीका रबिन मण्डलले ४४ बलमा ८७ रन बनाउँदै सात छक्का र तीन चौका प्रहार गरे। उनको विस्फोटक प्रदर्शनका लागि उनलाई प्लेयर…
सुनसरी, २८ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको एटीएम मेसिन तोडफोड गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २७ गते अपरान्ह बराहक्षेत्र-१ खार खोलाका २७ बर्षीय संजिव राईले एटीएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा, २८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ…
झापा, २८ असोज । स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।