
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २८ असोज । सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। असोज २७ गते साँझ, अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोमा सवार उदयपुरको त्रियुगा नगरपालिका–७ का १९ वर्षीय दिपक मगरको झोलाबाट ट्रामाडोल र डिकोलिक गरी ३,९९०–३,९९० ट्याब्लेट बरामद गरेको हो। अटो चालक त्रियुगा–१० का ३३ वर्षीय फिरोज मोहमद पनि नियन्त्रणमा लिइएको छ। त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१६ स्थितबाट ५६ मिलिग्राम ब्राउन सुगरसहित विराटनगर–११ की २८ वर्षीया रन्जिता राय अमातलाई पक्राउ गरेको छ। यता, इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले विराटनगर–१८ स्थित ICP सडक खण्डमा प्र.१–०२–००४ ह…
इलाम, २८ असोज । झापा जिल्लाको गौरीगंज गाउँपालिका–४ हुक्कागाछीस्थित क्षेत्रबाट भारतबाट लुकाई छिपाई ल्याइएको COBRA ब्राण्डका पटका प्रहरीले बरामद गरेको छ। मिति २०८२ असोज २८ गते बिहान ७:३० बजे, इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको गस्ती टोलीले उक्त स्थानमा २० बन्डल (१००० प्याकेट) बराबरको पटका फेला पारेको हो। बरामद पटकाको अनुमानित मूल्य रु ४०,००० रहेको प्रहरीले जनाएको छ। गस्ती टोलीलाई देख्नेबित्तिकै सन्दिग्ध व्यक्ति पटका त्यहीँ छाडी फरार भएको थियो। बरामद पटका इलाका प्रहरी कार्यालय गौरीगंजमा सुरक्षित राखिएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
इलाम, २८ असोज । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएको दस दिन बितिसक्दा पनि वैकल्पिक मार्ग तिल्केनी–सिमलगो सञ्चालनमा आउन सकेको छैन। यसले झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा यातायात व्यवसायीलाई गम्भीर सास्ती भएको छ। माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ। तर पानीको उच्च बहाव र ह्युमपाइपको अभावका कारण तत्काल सञ्चालन सम्भव नभएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार पाँचथरबाट ह्युमपाइप मगाउने व्यवस्था गरिएको छ, जुन मंगलबारसम्म आइपुग्ने अपेक्षा गरिएको छ। हाल चारवटा स्काभेटर परिचालन गरी डाइभर्सन निर्माण कार्य…
झापा, २८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ २० पैसा र बिक्रीदर १७६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा…
झापा, २८ असोज । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्त पूरा गरेको हुनुपर्ने…
झापा, २८ असोज । ओमानमा जारी आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत नेपालले कतारलाई पाँच रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सोमबार सम्पन्न खेलमा नेपालले १४७ रनको लक्ष्य दिएको थियो। जवाफमा कतार १९.५ ओभरमा १४२ रनमै अलआउट भयो। नेपालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए भने नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। कतारका ओपनर इमाल लियानागेले ५५ रन र जुबेर अलीले ५२ रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो।…
झापा, २८ असोज । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग झापामा तीव्र रूपमा बढेको छ। लक्ष्मी पूजा, घर सजावट, भाइटीकामा माला लगाउने र अतिथिलाई स्वागत गर्न सयपत्रीको प्रयोग बढेसँगै माग उच्च भएको हो। विर्तामोड–७ का फूल किसान विवेक साहले दुई बिघा जमिनमा ८० हजार बिरुवा रोपेर व्यावसायिक खेती गर्दै आएका छन्। उनले हाल दैनिक ३०० माला बिक्री गर्दै विर्तामोड, दमक र विराटनगरका व्यापारीलाई आपूर्ति गरिरहेका छन्। फूल टिप्ने र माला बनाउने कार्यमा स्थानीयलाई रोजगारी पनि दिइएको छ। साहका अनुसार गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला बराबरको फूल नष्ट भएको छ। तिहारमा एक लाख…
झापा, २८ असोज । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
झापा, २८ असोज । नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई हस्तान्तरण गरेको पुष्टि भएको छ। यससँगै हमासको आक्रमणमा मारिएका नेपालीको संख्या ११ पुगेको छ। गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार राति रेडक्रसमार्फत इजरायली सेनालाई हस्तान्तरण गरिएको छ। टाइम्स अफ इजरायलका अनुसार विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको पुष्टि इजरायली सेनाले गरेको हो। चारै शवलाई तेल अभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्याइएको छ, जहाँ पहिचानका लागि डीएनए परीक्षण सुरु गरिएको छ। नेपालका राजदूत धन प्रसाद पण्डितले शव इजरायल आइपुगेको जानकारी दिएका छन्। विपिन जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका बासिन्दा हुन्। उनी ‘लर्न…
झापा, २७ असोज । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनी र हालैको बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि बजेट कटौती गरिएको हो। बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका इन्द्र सापकोटालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। साथै, विपद् पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तर खुला…