झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। देशको पहाडी भूभागको थोरै तथा तराई भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली…

Read More

झापा, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जेनजी आन्दोलनबारे ८ निर्णय गर्दै १० माग अघि सारेको छ । बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले आन्दोलनका क्रममा भएको अकल्पनीय धनजन क्षतिप्रति दुःख व्यक्त गर्दै सहिदप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले जेनजी विद्रोहमा संलग्न दमनकारीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै २०४६ सालपछि उच्च पदस्थ नेता, कर्मचारी तथा तिनका आफन्तको सम्पत्ति छानबिन गर्नुपर्ने माग अघि सारेको छ । राप्रपाका ८ निर्णय र १० माग: जेनजी आन्दोलनका सम्बन्धमाः१. जेनजी आन्दोलनको क्रममा भएको अकल्पनीय र…

Read More

झापा, २ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सर्नुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहनुभएका उहाँ आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सर्नुभएको हो । उहाँको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो । गुन्डुस्थित निवासमा आज अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गर्नुभयो । एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको…

Read More

झापा, २ असोज । झापा, भोजपुर र सुनसरीका विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १ गते भोजपुरको प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले को ३७ प ४५७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १२ किलोग्राम लागू औषध गाँजा बरामद भएकोले चालक झापाको शिवसताक्षी नगरपालिका–७ का रुद्र बहादुर कामी, मोटरसाइकल पछाडि सवार उर्लावारी नगरपालिका–५ का सन्तोष विश्वकर्मा र झापाको कनकाई नगरपालिका–४ का राजेश चौहानलाई नियन्त्रणमा लिएको छ । यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकजाँचको क्रममा लागुऔषध ब्राउनसुगर १ ग्राम ७४ मिलिग्राम र ट्रामाडोल ४ सय ४० क्याप्सुलसहित २ जना बालकलाई र इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१६…

Read More

झापा, २ असोज । झापाको इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने ५ जनाको समुहलाई पक्राउ गरेको छ । असोज १ गते गस्तिमा खटिएको प्रहरी प्रहरी टोलीले ५ वटा बोरामा प्याक गरिएको (अप्टिकल फाइभर टेलिफोन) को तार चोरी गरी नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा भारत दार्जिलिङका २४ वर्षीय कात्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापाको बुद्धशान्ति गाउँपालिकाका २५ वर्षीय विजय राजवंशी, कचनकवल गाउँपालिका–३ का ४२ वर्षीय संजय माझी र इलामको माई नगरपालिका–३ का २७ को दिनेश परियारलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २ असोज । नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ। आईजीपी चन्द्रकुवेर खापुङले सरुवा सम्बन्धी निर्णय गरेका हुन्। सरुवा भएका प्रमुख डीएसपीहरूमा सुवास हमाललाई इलाका प्रहरी कार्यालय इटहरी, सन्तोष रोका प्रहरी वृत्त बौद्ध, विजय यादव पर्वत, रविराज थपलिया मुगु, र मोहनमणि अधिकारीलाई प्रहरी वृत्त स्वयम्भूमा पठाइएको छ। त्यस्तै, वरुण सिंह डडेलधुरा, प्रह्लाद कार्की नगर प्रहरी कार्यालय भृकुटीमण्डप, प्रकाश श्रीमल गौशाला वृत्त, नारायण डाँगी दरबारमार्ग वृत्त, नरहरि अधिकारी प्युठान, धनबहादुर बोहरा मालिगाउँ वृत्तमा सरुवा भएका छन्। चञ्चला श्रेष्ठ जगाती वृत्त, चक्र बहादुर डम्बरपाल कोहलपुर, गौरव महत दार्चुला, कुमारप्रसाद मैनाली सङ्खुवासभा र अनिश कर्ण पाँचथरमा सरुवा भएका…

Read More

झापा, २ असोज । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ । यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने छ जिबी, रु १९९ मा सात दिनसम्म चलाउन…

Read More

झापा, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम मन्त्रिमण्डल विस्तारको तयारी थालेकी छन् । भदौ २७ गते जेन–जी प्रदर्शनकारीको मागअनुसार प्रधानमन्त्री बनेकी कार्कीले ११ जनाभन्दा बढी मन्त्री नबनाउने बताएकी छन्, यद्यपि संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् गठनको व्यवस्था गरेको छ । भदौ २९ गते उनले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्री नियुक्त गरिसकेकी छन् । बाँकी ७ मन्त्रालयका लागि योग्य, गैरदलीय र विषय विज्ञ व्यक्तिको खोजी भइरहेको छ । बालुवाटार स्रोतका अनुसार रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राख्नेछिन् । मन्त्री चयनका लागि ‘स्वच्छ छवि, दलीय आबद्धता नभएको, विषय…

Read More

झापा, २ असोज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज बिहान एक बुलेटिन जारी गरी अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको…

Read More

अर्जुनधारा, १ असोज । झापाको अर्जुनधारा नगर क्षेत्रमा रहेका नदीजन्य पदार्थको अवैध दोहन हुन थालेपछि सोको नियन्त्रणका लागि नगरपालिकाले कदम चाल्ने भएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले अवैध नदी दोहन गर्नेलाई कानूनी कारबाही र दोहन रोक्न सहयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । नगरपालिका भएर बहने नदीहरुबाट नदीजन्य पदार्थको उत्खनन् तथा सङ्कलनका लागि कार्यालयबाट ठेक्का बन्दोवस्त नभएसम्म अनाधिकृत तवरले नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन नगर्न नगराउनका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । “नदीजन्य पदार्थको अनाधिकृत उत्खनन् तथा संकलन नियन्त्रणका लागि स्थानीयबासीहरुले समेत निरन्तर निगरानी गरी सहयोग गरिदिनुहुन अनुरोध गरेका…

Read More