झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ९ साउन । झापाको बिर्तामोडस्थित एक्सेल डेभलपमेन्ट बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा आज वार्षिक साधारण सभा सम्पन्न भएको हो । वार्षिक साधारण सभाले आ.व.२०७७÷०७८ को वितरण योग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पू‘जी रु १ अर्ब १५ करोड १७ लाख ९२ हजारको ८.५० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बैंकको कार्यक्षेत्र प्रदेश नं. १ का सवै जिल्लाहरुमा विस्तार गर्ने प्रस्ताव समेत पारित गरेको छ । दुई करोड रुपैयाँबाट शुरु भएको…

Read More

झापा, ९ साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका–२ का २७ वर्षीय रविन गुरूङ रहेका छन् । आज दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले संका लागी चेक जाँच गर्ने क्रममा गुरुङको साथबाट लागुऔषध ३ ग्राम ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिइएको हो । ब्राउनसुगर सहित पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, ९ साउन । झापाको कनकाई नगरपालिका–४ बाट प्रहरीले आज बिहान सखुवाको अवैध काठ बरामद गरेको छ । शिवसताक्षी–१० स्थित गैंडे सामुदायिक वनबाट काठ तस्कर हुँदै गरेको भन्ने विशेष सूचना आधारमा अस्थायी प्रहरी चौकी माइधार र गैंडे सामुदायिक वनका कर्मचारीको संयुक्त टोलीले ४० क्युविकफिट सखुवाको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । गैंडे सामुदायिक वनबाट मे १ च ११६४ नं.को मारुती भेनमा काठ लोड गरेर लाँदै गरेको अवस्थामा कनकाई–४ बाट पक्राउ गरिएको उनले बताए । काठ तस्करीमा संलग्न गाडी र बरामद काठ आवश्यक कारबाहीका लागि गैंडे सामुदायिक वनलाई बुझाएको प्रहरीले जनाएको…

Read More

मोरङ, ९ साउन । मोरङको जहदा गाउँँपालिका–१ कालाबंजरा स्थितमा नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजादै गरेको दिलवाले रक्सी १५० कार्टुन नियन्त्रणमा लिईएको छ । हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को१त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लादै गरेको अबस्थामा नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्न साथ चालक गाडी छोडी फरार रहेकाले खोजतलास भइरहेको छ । नियन्त्रणमा लिएको रक्सी आबश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ ।

Read More

झापा, ९ साउन । झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुर चर्चाबारी स्थितबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ बर्षीय किरण श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ६०० मिलि ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

बनियानी, ९ साउन । झापामा आर्थिक वर्ष २०७८–७९ मा एक हजार ९८८ उद्योग दर्ता भएका छन् । जिल्लामा वार्षिक उत्पादन क्षमता रू पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य एक हजार १९२ रहेका छन् भने सबैभन्दा कम उत्पादनमूलक २६२ रहेका छन् । त्यस्तै सेवामूलक ५३२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये व्यक्तिगत एक हजार ८८५, साझेदारी ५८ र प्रालि ४५ रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका ती उद्योगको…

Read More

बिर्तामोड, ९ साउन । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया, क्यानडा, यूके, न्यूजील्याण्ड, अमेरीका लगायतका देशमा जान चाहने बिद्यार्थीलाई लक्षित गर्दै झापाको विर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखा सञ्चालनमा आएको छ । हनुमान कम्प्लेक्सको चौथो तल्लामा स्थापना गरिएको ग्रेस इन्टरनेशनलको शाखा कार्यालय सोमबारबाट औपचारिक रुपमा संचालनमा आएको ग्रेस इन्टरनेशनलका संचालक तथा अध्यक्ष दिपेन्द्र राउतले बताए । ग्रेस इन्टरनेशनलको बिर्तामोड शाखा कार्यालयको उद्घाटन ग्रेस इन्टरनेशनलका डाइरेक्टर एन्ड्रयु पौडेल र समाजसेवी तुलसीराम धितालले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ग्रेस इन्टरनेशनलका डाइरेक्टर पौडेलले नेपालमा १० वटा शाखा, अष्ट्रेलीयाका सातवटै स्टेटमा सात वटा शाखा, भारतको दिल्ली, पाकिस्तान लगायतका ठाउँवाट विद्यार्थीहरुलाइ सेवा दिंदै आएको ग्रेसले विर्तामोडमा आफ्नो…

Read More

झापा, ९ साउन । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्साल विजयी भएका छन् । काँग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मत ल्याएर विजयी भएका हुन् । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् । त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले ६८५ मत ल्याएका छन् । केसीका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६६५ मत ल्याएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्य रहेको छ । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भएका छन् । पौडेल ८७८ मत ल्याएर विजयी भएका हुन् ।…

Read More

झापा, ९ साउन । सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको हो। सोमध्ये ७ लाख ६० हजार रुपैयाँ बराबरको म्याद नाघेको पेस्की रहेको छ। सर्वोच्च अदालत र मातहत समेतका ८२ निकायमा सुरुमा २ करोड ५ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको थियो। त्यसै गरी शहरी विकास मन्त्रालयको मातहतको प्राविधिक जनशक्ति परिचालन नगरी छुट्टै परामर्शदाता राखेको विषयमा पनि प्रतिवेदनले ध्यानाकर्षण गराएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Read More

झापा, ९ साउन । चितवनको भरतपुरमा श्रीमान‍्ले श्रीमतीलाई धारिलो हतियार ९खुकुरी० प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कृष्णप्रसादले आफ्नै घरको तीन तला माथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले…

Read More