
झापा, ९ साउन । झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुर चर्चाबारी स्थितबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ बर्षीय किरण श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ६०० मिलि ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



