
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ असोज । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए । मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपराह्नदेखि केही दिन अति भारीसम्म…
झापा, १७ असोज । महोत्तरीमा दसैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु चढेको बस आज बिहान बर्दिवास नगरपालिका–११, खयरमारामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शैलेन्द्र भट्टका अनुसार आज बिहान ७ बजेतिर ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको हो । भित्री सडकमा भएको बस दुर्घटनामा पैदलयात्री महोत्तरीको बर्दिबास नगरपालिका–१० का ७३ वर्षीय चुल्हाई चौधरी र बसकै यात्रु सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का १० वर्षीय प्रवीण खड्काको मृत्यु भएको हो । ‘दुर्घटनामा घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर…
झापा, १७ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म लामो यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको उहाँले बताउनुभयो । उल्लिखित पाँच प्रदेशभित्रका बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्न सक्ने अनुमानका आधारमा विशेष सतर्कता अपनाउन प्राधिकरणले…
झापा, १७ असोज । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू(भागहरू र मधेस प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेस प्रदेशका…
झापा, ११ असोज । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित सडक छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आज साँझ करिब ६ बजे शिवसताक्षी नगरपालिका–२ निवासी ६४ वर्षीय मित्र बहादुर लिम्बु मृत फेला परेका हुन्। शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी नायब निरीक्षक (प्रनानि) सुबास ढुंगानाको नेतृत्वमा टोली खटिएको थियो। टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको छ। थप कानुनी प्रक्रिया र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट समेत प्रहरी निरीक्षक (प्रनि) को नेतृत्वमा अर्को टोली परिचालन गरिएको छ। मृतकका भान्जा मोहन लिम्बुले शवको पहिचान गरेका हुन्। मृतकको श्रीमतीलाई समेत घटनाबारे जानकारी गराइएको…
बिर्तामोड, ११ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा असोज ११ गते अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै संस्थाको साधारण सभा सम्पन्न भएको हो । असोज ३ गतेदेखि शुरु भएको इकाइगत साधारणसभा असोज ९ गतेसम्म भएको थियो । कार्यक्रममा संस्थाले पत्रकार उद्धव पुरीलाई सम्मान गरेको छ । संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार इकाइगत साधारण सभामा ४६ वटा सेवा केन्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र एक जना उत्कृष्ट ऋणीलाई सम्मान गरिएको छ । संस्थाले गत आर्थिक वर्षमा उत्साहजनक उपलब्धि हासिल गरेको कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो । गत आर्थिक वर्षमा ३८ करोड…
बिर्तामोड, ११ असोज । झापाको बिर्तामोड नगरपालिका–३ मा अवस्थित आदर्श स्कूल अफ म्यानेजमेन्ट कलेजले जेन–जि आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको बिर्ताबजार प्रहरी चौकीलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । कलेजका तर्फबाट दीपक दासले शुक्रबार प्रहरी चौकीमै पुगेर उक्त रकम चौकी व्यवस्थापन समिति संयोजक मदन बुढाथोकी, प्रवास थापा मगर, असई पदम विष्टलगायतलाई हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा कलेजका संस्थापक प्रिन्सिपल सन्जोग खरेलले समाजमा शान्ति–सुरक्षा कायम गर्न अग्रपंक्तिमा खटिने प्रहरी संरचना क्षतिग्रस्त हुँदा त्यसको पुनर्निर्माणमा हातेमालो गर्नु प्रत्येक क्षेत्रको सामाजिक उत्तरदायित्व भएको उल्लेख गरे । उनले शैक्षिक संस्थाहरूले केवल शिक्षामा मात्र सीमित नभई सामाजिक जिम्मेवारीमा समेत सक्रिय हुनुपर्ने बताए ।…
बिर्तामोड, ११ असोज । झापाको बिर्तामोड-४ स्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पत्रकार उद्धव पुरीलाई सम्मान गरेको छ । संस्थाको १५औं साधारण सभाको अवसरमा शब्दपत्र डटकमका सम्पादक पुरीलाई नगदसहित सम्मान गरिएको हो । संस्थाका अध्यक्ष सुभाष भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत लगायतले पत्रकार पुरीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
बिर्तामोड, ८ असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरुले आफ्नो पार्टीभित्र अटुट एकता कायम गर्दै लोकतन्त्रवादी दलहरुबीच सहकार्यमा जोड दिनुभएको छ । जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड र आगलागीबाट नेपाली कांग्रेस र नेकपा एमालेको झापा जिल्ला पार्टी कार्यालयहरुमा पुगेको क्षतिको अवलोकन÷निरीक्षणपश्चात उपस्थित दुवै दलका नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो भनाइ राख्नुभएको हो । संविधान मस्यौदा समितिका संयोजक समेत रहनुभएका सिटौलाले जेन–जीको माग सामाजिक सञ्जाल सञ्चालन हुनुपर्ने, भ्रष्टाचारमुक्त सुशासन कायम हुनुपर्ने रहेकोमा २४ गते जेन–जीको मागभन्दा पृथक ढंगले देशभर एकै समयमा लुटपाट, हिंसा र आगजनीका त्रासदीपूर्ण घटना भएको बताउँदै…
झापा, ६ असोज । झापाको दमक नगरपालिका–५ स्थित आम्दा रोडको भित्री सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। आम्दा बाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी ४२ वर्षीया देवी बिकलाई ठक्कर दिँदा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ९:०० बजे दुर्घटना भएपछि उनलाई तत्काल खरखरे आम्दा अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई बिहान १०:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा बिकको टाउको, दुबै हात, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको…