
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धेरै सुत्ने मानिसमा क्यान्सरको जोखिम हुने एक अध्ययनले देखाएको छ। जापानमा गरिएको अध्ययनअनुसार दैनिक १० घण्टाभन्दा बढी सुत्ने महिला तथा पुरुषमा क्यान्सरको जोखिम धेरै हुने गरेको पत्ता लागेको हो। नयाँ खोजले पुरुष दैनिक ६ देखि ८ घण्टा र महिला ६ देखि ९ घण्टा सुत्नु उत्तम हुने देखाएको छ। काम गर्ने मध्यम उमेरका वयस्कहरूलाई कम्तीमा ८ देखि ९ घण्टा सुत्न अनुसन्धानकर्ताको सल्लाह छ। चार वर्ष लगाएर गरिएको अध्ययनले एशियालीहरूमा क्यान्सरको मृत्युदर उच्च रहेको देखाएको छ। शोधकर्ताले दुई लाख ७१ हजार ६९४ जनामा अध्ययन गरेका थिए। यीमध्ये एक लाख २६ हजार ९३० पुरुष र एक लाख ४४ हजार ७६४ महिला थिए। तीमध्ये…
काठमाडौैं, ८ असार । स्वतन्त्र उम्मेदवारी अभियानले सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आपत्ति जनाउँदै आज (बुधबार) निर्वाचन आयोगमा उजुरी हालेको छ। अभियानले विशेषगरी लामिछानेको पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको छ। स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले लामिछानेको पार्टीविरुद्ध आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष उजुरी बुझाएका हुन्। साहुसँगै फिल्म निर्माता रनिर्देशक समेत रहेका अभियानका सदस्य मनोज पण्डितसमेत उजुरी दर्ता गराउन आयोग गएका थिए। रवि लामिछानेले हिजो (मंगलबार) राष्ट्रिय सभागृहमा गरेको एक कार्यक्रममा राजनीतिमा प्रवेश गरेको र त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल खोलेको घोषणा गरेका थिए। उनले हिजै दल दर्ताका लागि…
झापा,८ असार । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ। हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको हो।
काठमाडौं, ८ असार । नेपाल बार एशोसिएशनले न्यायाधीश र कानून व्यवसायीबीच भएको भनिएको दुई करोड लेनदेनको अडिओ छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। व्यवसायी इच्छाराम तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच लेनदेनको भएको अडियो न्यूज २४ टेलिभिजनले मंगलबार सार्वजनिक गरेको थियो। जसमा अधिवक्ता पोखरेलले तामाङलाई १० करोडमा छुटाउँदा दुई करोड रुपैयाँ आफूहरूलाई आउने न्यायाधीश कोइरालालाई भनेका छन्। न्यायाधीश कोइरालाले पनि त्यसमा सहमति जनाएका छन्। उनले आफू तयार रहेको माथिल्लो निकायलाई जानकारी गराउनुपर्ने अडियोमा भनेका छन्। अधिवक्ता पोखरेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र काठमाडौं जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई आफूले मिलाउने बोलेका छन्। यस्तो अडियो सार्वजनिक…
काठमाडौं, ८ असार । माध्यामिक तह परीक्षा नियन्त्रण कार्यलयले परीक्षण भइसकेको एसईईको उत्तरपुस्तिका केन्द्रमा जम्मा गर्न थालेको छ । २०७९ बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षण भईसकेको उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउन थालेको हो । परीक्षा नियन्त्रण कार्यलयले ५६ परीक्षण केन्द्रहरु मध्ये हालसम्म परीक्षण भईसकेका २५ परीक्षण केन्द्रका उत्तरपुस्तिका ल्याइसकिएको जनाएको छ । एसईई परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले अन्य परीक्षण केन्द्रका उत्तरपुस्तिकाहरु पनि परीक्षण भईसकेपछि ल्याउने बताए । स्थानीय तहको निर्वाचनका कारण जेठ ५ गतेबाट मात्रै उत्तरपुस्तिका परीक्षण थालिएको थियो । परीक्षा सञ्चालनसम्बन्धी निर्देशिकामा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।…
झापा, ८ असार । झापाको बिर्तामोड नगरपालिका-२ चारपानेबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बुद्दशान्ती-४ का ३१ बर्षीय चन्द्र बहादुर लिम्बु रहेका छन् । विशेष सुचनाका आधारमा मंगलवार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बुको साथबाट ३४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । यसरी लागूऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेकको छ ।
झापा,८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन् । सोमबार एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन् । नेम्बाङले कर्माछिरिङ शेर्पालाई ४ भोटको अन्तरले नेम्बाङ अघि भएको थियो। ८४ भोट खसेकोमा नेम्बाङले ४५ भोट पाए भने शेर्पाले ३९ मत ल्याएका थिए । नेम्बाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने शेर्पा अध्यक्ष थिए। अध्यक्षमा निर्वाचित नेम्बाङ को हुन् ? झापा धुलाबारीका स्थायी वासिन्दा नेम्बाङ रोलिङ क्लबबाट फुटबलमा छिरेका हुन् । स्थानीय स्तरका फुटबल खेलाडी समेत रहेका नेम्बाङ रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघका छिरेका थिए । नेम्बाङ पहिलो पटक बिस २०५९ सालमा एन्फाको केन्द्रिय…
झापा, ७ असार । जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको हो । जिसस गठनका लागि आज मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको थियो । दाबी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ । जिल्ला समन्वय समिति ९ सदस्यीय हुनेछ ।
झापा, ७ असार । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आज प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको हो । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो । सरकारले सोमबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको छ ।
बिर्तामोड, ७ असार । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा विभिन्न छ वटा विषयगत समिति गठन गरिएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले ती समिति गठन गरेको हो । बैठकले राजश्व परामर्श समिति गठन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम समिति गठन गरिएको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित यस समितिमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे, रोहित प्रसाई र कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा सदस्य रहनु भएको छ । त्यस्तै, पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद व्यवस्थापन समिति, सामाजिक विकास समिति, विधेयक समिति र सार्वजनिक सेवा तथा क्षमता विकास समिति रहेका छन् । पूर्वाधार…