झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

होण्डुरसको योरो नगरको एक वस्ती ‘ला युनियन’मा जीवन सहज छैन । गाउँलाई गरिवीले जकडेको छ, रोजगारी दुर्लभ छ भने ठूला परिवार माटो र इट्टाले बनेका साना घरमा गा¥होसँग भए पनि मिलेर बस्छन् । अधिकांश गाँउले खानाको लागि आफैले फलाएका जिविका मात्र धान्न पुग्ने अन्नमा आश्रित छन् । कठिन जीवन बाच्न विवस यो गाउँमा वर्षमा एक दुई पटक एक अनौठो घटना घट्छ, जसले सम्पूर्ण गाउँलेलाई विशेष महसुस गराउँछ । गाउँलेका अनुसार यो गाउँमा हरेक वर्ष एक पटक र कुनै वर्ष त्योभन्दा बढि पटक आकासबाट माछा बर्सिन्छ । यो प्राकृतिक परिघटना वसन्तको अन्तिमतिर र गृष्मको सुरुको समयमा गड्याङगुडुङ र चड्कोसहित ठूलो पानी…

Read More

झापा, १४ बैशाख । सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका(६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो। उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। आइतबार राति साढे ७ बजेतिरको घटना हो, तलाईं मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीता देवी, जेठानी अञ्जु, नन्द रुजु, गाउँकै नाता पर्ने विणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अचेत भएँ, उनले भनिन्न । आजको…

Read More

झापा, १४ बैशाख । सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने छन् । उनले भने, “साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौं । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ । अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौं ।” उनले गठबन्धनलाई बलियो…

Read More

झापा, १४ बैशाख । ​सशस्त्र प्रहरी बलले सामरिक महत्वका दुईसहित पाँचवटा जिल्लामा रहेका बेस क्याम्प हटाउन प्रस्ताव गरेको छ। सशस्त्रले नेपाल–चीन सीमा क्षेत्रसँग जोडिएको र सीमा नाकासमेत रहेको सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, उदयपुर र पर्वत जिल्लाको बेस क्याम्प हटाउने प्रस्ताव गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार नयाँ आइजिपी पुष्पराम केसी नियुक्त भएको चार दिनपछि सो प्रस्ताव गृहमा पुगेको हो। “पाँचवटा जिल्लामा रहेका गुल्म हटाउने प्रस्ताव आएको छ। यसको कारण के हो भनेर हामीले सशस्त्रलाई भनेका छौं। बिनाकारण गुल्म हटाउने प्रस्ताव किन आएको थाहा छैन”, गृहका एक अधिकारीले भने । उनका अनुसार सिन्धुपाल्चोक र हुम्ला चीनसँग जोडिएका जिल्ला हुन् । नेपाल,…

Read More

झापा, १४ बैशाख । एउटा पदमा एउटै दलबाट दुईजना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली काँग्रेसलाई तनाव थपिएको छ। थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई जनाको उम्मेदवारी परेको छ। नीलकण्ठ नगरपालिका–९ वडाध्यक्षमा काँग्रेसका राजन बराइली र रामहरि लम्सालले मनोनयन दर्ता गराएका छन् । एमालेबाट थाक्रेको अध्यक्षमा मनोनयन दर्ता गराएका पन्त र आचार्य दुवै जनाले पार्टीको आधिकारिक टिकटबाटै मनोनयन दर्ता गराएका हुन् । फरक यत्ति हो, पन्तले जिल्लाको संयन्त्रबाट आधिकारिक टिकट लिए, आचार्यले प्रदेश कमिटीबाट ल्याए। अझ रोचक त के छ भने, जिल्ला संयन्त्रबाट आधिकारिक टिकट लगेर पन्तले मनोनयन दर्ता गरिसकेको आचार्यले थाहै पाएका रहेनछन् ।…

Read More

भद्रपुर, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवार जनताको घरदैलोमा पुग्न थालेका छन् । जनताको पीरमर्का बुझ्दै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीहरु मतदानका लागि आग्रह गर्दै जनताको घरदैलोमा पुग्न थालेका हुन् । नेकपा एमाले अर्जुनधाराका नगर प्रमुख पदका उम्मेदवार बलदेव गोम्देन र उपप्रमुख पदकी उम्मेदवार खड्गमाया पराजुली जनताको घरदैलोमा पुग्न थालेका छन् । “जनचाहना, समस्या बुझ्न जनताको घरदैलोमा पुग्न थालेका छौं”, नगर प्रमुख पदका उम्मेदवार गोम्देनले भन्नुभयो, “जनताको समस्या बुझेर त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै छौं ।” यस्तै, नेकपा माओवादी केन्द्रबाट भद्रपुर वडा नं. ६ का उम्मेदवार हंशधर राजवंशीले मनोनयन…

Read More

भद्रपुर, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा करिब तीन हजार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा नगरप्रमुख÷उपप्रमुख, अध्यक्ष÷ उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा दुई हजार ९२८ जनाले मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो । झापाको मेचीनगरमा सबैभन्दा धेरै ३३६ जनाले र सबैभन्दा कम हल्दिबारीमा ११५ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । भद्रपुरमा २५४, अर्जुनधारामा १९५, बिर्तामोडमा २२३, दमकमा १९४, गौरादहमा १८३, कनकाईमा २०४, शिवसताक्षीमा २४४, झापा (गाउँपालिका) १७५, कचनकवलमा १७७, गौरीगञ्जमा १८८, बाह्रदशीमा १४६, बुद्धशान्तिमा…

Read More

भद्रपुर, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको भद्रपुरमा २५४ जनाले उम्मेदवारी दिएका छन् । आइतबार र सोमबार दुई दिनमा आठ नगर प्रमुख र सात उपप्रमुखसहित २५४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । त्यस्तै वडाध्यक्षमा ५७, महिला सदस्यमा ४७, दलित महिला सदस्यमा ४० र खुला सदस्यमा ९५ जनाको उम्मेदवारी परेको छ ।

Read More

बिर्तामोड, १३ बैशाख । झापाको मेचीनगरबाट प्रहरीले ठूलो परिमाणमा सखुवाको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा आज बिहान २ बजे जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–२ आमडाँगीबाट सुखवा जातको १९४ क्युफिट गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार मेचीनगर–८ का प्रदिप गिरीले सञ्चालन गरेको एमपी फर्निचर उद्योगमा मे १ त २६६७ नं.को ट्रयाक्टरमा लोड गरिएको र अनलोड गरी राखेको अवस्थामा उक्त काठ बरामद भएको हो । ट्रयाक्टर र काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रगढी बुझाइएको उहाँले बताउनुभयो ।…

Read More

झापा, १३ बैशाख । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख÷उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख/उपाध्यक्षको उम्मेदवार बनाएको हो । नेपाली काँग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुखरउपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश पालिकामा उपप्रमुख÷उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको बताइएको छ । गठबन्धनका तर्फबाट मेचीनगरमा प्रकाश भण्डारी, बिर्तामोडमा सिपी कँडेल, भद्रपुरमा शिवराज भण्डारी, गौरादहमा पुष्प ढकाल, शिवसताक्षीमा महेन्द्र भट्टराई, अर्जुनधारा नगरपालिकामा जिनेश योञ्जन र बाह्रदशीमा शङ्कर सेढाईं, कमलमा पर्शु सुवेदी,…

Read More