झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३ जेठ । झापा गाउँपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् । भूइँकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार सुवासलाल गणेश ९५८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गनारायण राजवंशीले ६६३ मत ल्याएका छन् । वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जिते पनि बाँकी सदस्यहरू एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका कुमार राई ९८०, अब्दुल रसिद ९१३ , महिला सदस्यमा तारा सुवेदी बराल ८७३ र दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा ९०९ मत ल्याएर विजयी भएका छन् ।

Read More

झापा, ३ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गरेको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिएको कूटनीतिज्ञहरूले बताएका छन् । २५६६औँ बुद्ध जयन्तीको अवसर पारेर सोमबार लुम्बिनीमा भएको मोदीको भ्रमण पाँचौँ र उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएयताको पहिलो रहेको छ । यसरी मोदीबाट पटक पटक नेपाल भ्रमण हुनुले दुई मुलुकबीचको सम्बन्ध सही मार्गमा छ भन्ने सन्देश गएको पनि उहाँहरूको बुझाइ छ । सरसर्ती हेर्दा मोदीको यो भ्रमण धार्मिक प्रकृतिको देखिए पनि यो अवसरलाई दुवै मुलुकले एक अर्काबीच कूटनीतिक सम्बन्ध सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रयोग गरिरहेको भारतका लागि नेपालका पूर्वराजदूत प्राडा…

Read More

झापा, ३ जेठ । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८ सय १ मत ल्याए। गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले जम्मा १७८ मत ल्याएका छन् । मत परिणाम हेर्दा यहाँ गठबन्धनका अन्य दलहरूले गठबन्धनका उम्मेदवारलाई मत नहाली स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्मालाई मत हालेको अनुमान लगाउन सकिन्छ। बागलुङमा पाँच दलीय गठबन्धन गर्दा भागबन्डामा अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेको थियो। अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेपछि त्यहाँ स्थानीय कांग्रेस कार्यकर्ताले वडा पार्टी सभापतिसमेत रहेका शर्मालाई अध्यक्षको रूपमा…

Read More

झापा, ३ जेठ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको शिक्षा बजेट सिलिङ तोकेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षका लागि आधारभूत खर्चका लागि मात्र २ खर्च ५३ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाए पनि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले १ खर्ब ९४ अर्ब रुपैयाँको सिलिङ तोकिदिएका हुन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा बजेट शाखाका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय शिक्षाका लागि चालू आवको बजेट नै कम भएका बेला बजेट सिलिङ कम भएको जनाउँदै थप ५८ देखि ३१ अर्ब रुपैयाँ चाहिने बताए। ‘आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले…

Read More

झापा, ३ जेठ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए । मतगणना यही गतिमा जाने हो भने अझै पूर्ण रूपमा मत परिणाम आउन काठमाडौँ महानगरपालिकालाई एक महिना नै नलाग्ला भन्न सकिन्न। काठमाडौँ महानगरपालिकाको ३२ वडामा कुल मतदाता ३ लाख २ सय ४२ रहेकोमा ६३ प्रतिशत मत खसेको छ। हाल काठमाडौँका ६ वटा वडाको मतगणना भइरहेकोमा एउटा वडाको मात्र सम्पन्न भएको छ। २०७४ को मतगणनामा काठमाडौँ महानगरपालिकालाई मतगणना पूरा गर्न १४ दिन लागेको थियो। तर, यसपालिको…

Read More

झापा, ३ जेठ । स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली काँग्रेसलाई भएको छ । गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दलको अवस्था बलियो थियो । तर, २०७९ मा भएको स्थानीय तहको प्रारम्भिक मतपरिणामअनुसार काँग्रेसको अवस्था बलियो भएको देखिन्छ । प्रारम्भिक मतपरिणामअनुसार काँग्रेस सबैभन्दा ठूलो देखिन्छ । काँग्रेसभन्दा बलियो रहेको एमाले यो स्थानीय तह निर्वाचनबाट धेरै कमजोर बन्ने देखिन्छ । कम्युनिस्ट पार्टी विभाजन हुनुको प्रभाव मतपरिणाममा समेत देखिन्छ । यस्तै, मधेसवादी दल विभाजनको प्रभावसमेत सो दलमा परेको छ । आजको राजधानी…

Read More

झापा, २ जेठ । प्रदेश १ का १३७ वटा पालिकामध्ये ३७ स्थानीय तहको मतगणना सकिएको छ । तीमध्ये प्रमुख तथा अध्यक्षमा नेपाली काँग्रेसले १७, एमालेले १०, माओवादी केन्द्रले ८, र दुई जना स्वतन्त्रले जित हात पारेका छन् । उपप्रमुख तथा उपाध्यक्षमा भने काँग्रेसले १७, एमालेले ७, माओवादीले ७ वटामा जितेको छ । यस्तै उपप्रमुख पदमा नेकपा एकीकृत समाजवादीले ४ स्थान र जसपाले २ स्थानमा जितेको छ । नेपाली काँग्रेसले जितेको पालिका प्रमुख१) अरूण गाउँपालिका (भोजपुर)२) महाकुलुङ गाउँपालिका (सोलुखुम्बु)३) सोताङ गाउँपालिका (सोलुखुम्बु)४) लिखुपिके गाउँपालिका (सोलुखुम्बु)५) फेदाप गाउँपालिका (तेह्रथुम)६) आठराई गाउँपालिका (तेह्रथुम)७) केपिलासगढी गाउँपालिका (खोटाङ)८) बराहापोखरी गाउँपालिका (खोटाङ)९) सागुरीगढी गाउँपालिका (धनकुटा)१०) छथर…

Read More

झापा, २ जेठ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ पनि नेपाली कांग्रेसले जितेको छ । काँग्रेस सो वडामा प्यानलै जितेको हो । राप्रपाका मोहनचन्द्र गणेशलाई पराजित गर्दै काँग्रेसका नुरुजजमा मिया वडा अध्यक्ष जितेका हुन् । मियाले १२३६ र गणेशले ९३५ मत ल्याएका छन् । त्यस्तै खुल्ला सदस्यमा काँग्रेसका सन्तोषकुमार गणेश १०५१ , पहारसिंह गणेश १००५ र महिला सदस्यमा मुस्तकोमा मिया १०३५ मत ल्याई विजयी भएका छन् । यसअघि सोही वडामा काँग्रेसका तर्फबाट दलित महिला सदस्यमा बिजली दास निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

Read More

बिर्तामोड, २ जेठ । झापाको मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट मेचीनगर–९ पशुपति टोलका ७० वर्षीय पेना किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, मेचीनगर–९ की ३८ वर्षीया बसन्ती दनुवार घाइते भएकी छिन् । दनुवार घाँस काट्न गएकोमा अचानक हात्ती आएर आक्रमण गरेको थियो । उनको लागि मेची अस्पतालमा भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापा जनाएको छ ।

Read More

झापा, २ बैशाख । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ । वडाध्यक्षमा महताब आलम विजयी भएका हुन । उनले ७५२ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका समिम मियाले ५९१ मत प्राप्त गरेका थिए । महिला सदस्य कल्पना श्रेष्ठ (७५२), दलित महिला सदस्य सुमित्रादेवी मोची (७३५), वडा सदस्यहरु विवेककुमार गणेश (७२०) र बलबहादुर बानियाँ (६८५) मत सहित विजयी बनेका छन ।

Read More