झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २७ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बिर्तामोडले चुनावी प्रचार अभियान अन्तर्गतका कार्यक्रमहरुलाई अघि बढाइरहेको छ । एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमखको उम्मेदवार पवित्रा महतारा प्रसाई, उपप्रमखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला सहित उम्मेदवारहरुको टोलीले आज सोमबार वडा नम्बर ९ का विभिन्न स्थानमा पुगेर कोणसभा सम्पन्न गरेको हो । उम्मेदवारहरुले वडा नम्बर ९का टाँगाबारी, कञ्चन टोल, लखिबाडी, सतालसिंवाडी, केरकेरुवाडी, नारायणकृष्ण टोल, पिपल चोक र नडियाबाडीमा पुगेर सूर्य चिन्हमा मतदानका लागि आग्रह गर्दै आफ्नो पार्टीले अघि सारेका योजनाका बारेमा प्रतिवद्वता व्यक्त गरेका छन् । नगरप्रमुखको उम्मेदवार प्रसाईले सबै जातजाती, वर्ग, समुदाय, भाषाभाषीलाई समेटेर काम गर्ने पार्टी नेकपा…

Read More

झापा, २७ बैशाख । स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई–मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्। पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको रणनीति छ। तराई(मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन्। ‘लोसपाले यसपटक काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, अर्घाखाँची, मकवानपुर, धादिङ, दाडलगायतका पहाडी जिल्लामा उम्मेदवारी दिएको छ। लोसपाका कार्यकारिणी समितिको सदस्य डा.सुरेन्द्र झाका अनुसार लोसपाले यसपटक ४३ जिल्लाका १ सय ८५ स्थानीय तहमा उम्मेदवारी दिएको छ। यसपटक भने धेरै जिल्लामा उम्मेदवारी…

Read More

झापा, २७ बैशाख । यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो। योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका लाइसेन्सका लागि परीक्षा दिन बाँकी रहेकाको परीक्षा लिइसक्ने विभागमा महानिर्देशक नमराज घिमिरेले बताए। आगामी दिनमा विभागले प्रणालीबाट नै मूलकभरको सेवा कार्यालयमा आवेदन लिन सक्नेछन् । आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा सम्पर्क मिति १५ दिनभन्दा बढीको नहुने र सो समयभन्दा…

Read More

बिर्तामोड, २७ बैशाख । नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले बिर्तामोड नगरपालिकालाई सुखी बिर्तामोड, समृद्ध बिर्तामोड बनाउने बताउनु भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमाले नेतृत्वको स्थानीय सरकारले नगरलाई सुखी र समृद्ध बनाउनका काम गर्ने बताउनु भयो । अध्यक्ष भट्टराईले नगरको सानो बजेट हुने भएपनि १० वटै वडामा समानन्तर तरिकाले वितरण गरेर काम अघि बढाइने बताउनु भयो । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको शुसासनका लागि काम गर्ने बताउँदै उहाँले फेरि एक पटक सूर्य चिन्हमा मतदान गर्न सबैसंग आग्रह गर्नु भयो । अध्यक्ष भट्टराईले अवको ५ वर्षमा एमाले नेतृत्वको सरकारले गरिब, सुकुम्बासी, सिमान्तकृत, कृषक, युवा,…

Read More

झापा, २६ बैशाख । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् । युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व शान्तिको कामना गर्दै आरोहणका लागि क्याम्प २ पुगेका छन् । दुवै क्याम्प १ बाट क्याम्प २ मा पुगेर संयुक्त अभ्याससमेत गरिरहेका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४४ पुरुष गरी कुल ३१७ जनाले…

Read More

नवेश गुरुङ विर्तामोड । झट्ट हेर्दा लाग्छ कुनै सिपालु फोटोग्राफरले खिचेको फोटो हो , तर उनी फोटोग्राफर भने होइनन् उनी त क्यामारामा कैद गरिएका फोटो दुरस्तै चित्र कोर्ने एक सिपालु चित्रकार हुन् । झापा विर्तामोड -३ का बासिन्दा ३० बर्षिय प्रियङका शर्मा चित्रकलामा भविष्य कोर्दै छिन् ।सानै देखि पढाईमा रुचि भएकी प्रियाङका नृत्य, संगीत र खेलकुदमा विशेष रुचि राख्थीन ।लिटल फ्लावर्स इङलिस स्कूल बाट विज्ञान विषयमा कक्षा १२ सम्मको अध्ययन पूरा गरेकी उनीले सिक्किम मनिपाल युनिर्भसिटीवाट एमवीए गरेकी छिन् ।व्यापारीक घरनाकी कान्छि छोरी प्रियाङकाको सानै देखिको सपना डाक्टर बनेर विरामीको उपचार सेवामा लाग्ने थियो । तर उनको मन भने चित्र…

Read More

झापा, २५ बैशाख । स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् । तर, चुनावमा जिताएर गाउँका सिंहदरबारमा एकपटक जनप्रतिनिधि पुयाइसकेका मतदाताले अहिले घोषणा पत्रलाई विश्वास गर्न छाडेका छन् । घोषणापत्रमा एउटा र जितेपछि काम अर्कै भएपछि दैलेख भैरवी गाउँपालिकाका मतदाताले यसपटक भने उम्मेदवारलाई तमसुक नै गराए । विजयी बनेपछि बाचा पूरा नगरे राजीनामा गर्छ भन्नेमा औँठाछाप नै लगाएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

झापा, २५ बैशाख । कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । आव २०७७–७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थिए । सो विभागका अनुसार यो अवधिमा श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ८१५ जनाले श्रम नवीकरण गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९७७ जनाले नवीकरण गरेका थिए । अघिल्ला दुई आर्थिक वर्षमा भने रोजगारीका लागि नेपाल आउने विदेशी बढेका थिए…

Read More

भद्रपुर, २५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा नेतृत्व दाबी गरिरहेका ७ दलका प्रत्यासी उम्मेदवारले समृद्ध भद्रपुर नगरका लागि प्रतिबद्धता जाहेर गरेका छन् । भद्रपुर जेसीजको आयोजनामा सम्पन्न सार्थक बहसमा सहभागी उम्मेदवारहरूले झापाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकाको उन्नतिका लागि उम्मेदवारी दिएको दाबी गर्दै सातै दलका प्रमुख पदका उम्मेदवारले समृद्ध भद्रपुरको प्रतिबद्धता जाहेर गरेका हुन् । कार्यक्रममा नेकपा एमालेका तर्फबाट नगर प्रमुखमा उम्मेदवार रहेका अशारू राजवंशीले मागेर देश चलाउने भिखारीपन अन्त्य गर्दै भद्रपुरको समृद्धिको खाका कोर्ने प्रतिबद्धता राखेका छन् । उनले नेकपा एमालेकै कारण भद्रपुर नगरमा कालोपत्रे सडकले गाउँ बस्ती जोडेको भन्दै पूजीवादी दलाल प्रवृत्ति रोक्न आफ्नो उम्मेदवारी…

Read More

बिर्तामोड, २५ बैशाख । नेकपा एमाले बिर्तामोड नगरकमिटी इञ्चार्ज देवराज कार्कीले अबको ५ वर्ष भित्रमा बिर्तामोडलाई सुन्दर र लोभलाग्दो नगर बनाउने बताउनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गर्दै उहाँले २०७४ सालको निर्वाचन अघि कुपोषण लागे जस्तो रहेको बिर्तामोडलाई अहिले ३५ वर्षको हट्टाकट्टा युवा जस्तो बनाएको बताउनुभयो । इञ्चार्ज कार्कीले यसलाई अवको ५ वर्ष भित्रमा एमाले नेतृत्वको सरकारले १६ वर्षे युवा जस्तो शुन्दर,सफा,लोभलाग्दो र हरबरा बनाउने बताउनु भयो । नेकपा एमालेले नगरको शुन्दर भविस्य समेटिएको १७ वटा वुँदामा प्रतिवद्वता पत्र सार्वजनिक गरेको कार्कीको भनाई छ । शिक्षा,स्वास्थ्य र कृषिहबको…

Read More