
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ बैशाख । आउँदो जे ठ १ गते दे खि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मङ्गलबार राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सो ही निर्णय राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे ९ बजे देखि बेलुका साढे ५ बजे सम्म हुने छ तर कात्तिक १६ दे खि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजे दे खि अपराह्न साढे ४ बजेसम्म हुने छ । २०७९ सालका…
झापा, २८ बैशाख । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ। नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको…
झापा, २८ बैशाख । नयाँ मतदाताले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ । ‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आम संचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रव्यदृश्य माध्यमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारण समेत भरहेका छन्,’ उनले भने । वालिग मताधिकारको आधारमा संविधानले…
काठमाडौं ,२७ वैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताउनु भएको हो ।
बिर्तामोड, २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कार्यकर्तालाई विशेष निर्देशन गर्दै गठबन्धन दलका पक्षमा मतदान गर्न आह्वान गरेको छ । नेकपा माओवादी केन्द्रका झापा इन्चार्ज राजु आचार्य अग्नि र सचिव मोहन टुडु (सरोज)द्वारा हस्ताक्षरित विशेष निर्देशन पत्रमार्फत गठबन्धन दलबाहेकका बागी, विद्रोही उम्मेद्वारको पक्षमा नलाग्न निर्देशन गरिएको हो । नेपाली जनताको निरन्तरको संघर्ष, शहीदहरुको बलिदान, हजारौं नेता÷कार्यकर्ताको त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्र र जनताको रक्षाका लागि प्रतिगमन विरुद्ध संघर्षरत दलहरुबीच गठबन्धन भएको उल्लेख गर्दै विशेष निर्देशन पत्रमा गठबन्धन दलहरु बीचमा अधिकतम स्थानीय तहहरुमा चुनावी तालमेल भएको र तालमेल नभएका स्थानहरुमा स्वस्थ र मित्रवत प्रतिष्पर्धा…
बिर्तामोड, २७ बैशाख । बिर्तामोड नगरपालिकामा नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडमा भौतिक पूर्वाधार, कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । चुनावी प्रचार अभियानका क्रममा आज मंगलबार वडा नम्बर ६ मा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै निवर्तमान नगर उपप्रमुख समेत रहनुभएकी उम्मेदवार प्रसाईले विगत ५ वर्षको अवधिमा धेरै प्रगति भएको बताउनु भयो । उहाँले नेकपा एमालेले बिर्तामोडमा १० वटै वडा जोड्ने गरिको रिङ्गरोडको आवश्यकता भएको महसुस गरेर अवधारणा ल्याएको बताउनु भयो । यस्तै नगरभित्र रहेका उद्यान पार्क,ऐतिहासिक स्थलहरुलाई पर्यटनसंग जोडेर उद्यमशिलतासंग जोडेर उद्योग र समृद्धितिर अघि बढाउनु पर्ने बताउनु भयो । बैदेशिक रोजगारकाकारण मुलुक तहसनहस…
सन्तोष शर्माभद्रपुर, २७ बैशाख । झापा भद्रपुर नगरपालिका–७ का पुष्पलला राजवंशी एक सामाजिक व्यक्तित्व हुन् । उनी अहिले स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा चुनावी दौडमा छन् । वडाध्यक्षमा उम्मेदवारी दिनुमा उनको उद्देश्य अरु केही होइन, सामाजसेवाको उत्कट चाहना हो । भन्छन्, ‘म जनप्रतिनिधि भए पनि, नभए पनि सामाजिक सेवामै समर्पित हुने हो ।’ बुबा इन्द्रलाल र आमा हिरामणि राजवंशीको कोखबाट जन्मिएका पुष्पलाल २०५८ सालदेखि राजनीतिमा सक्रिय छन् । ‘राजनीति पेशा होइन, सेवा हो’, उनले भने, ‘राजनीतिलाई पेशा बनाइँदा जनताले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएको अनुभूति गर्न पाएका छैनन् ।’ पुष्पलालले धेरै सामाजिक काम गरेका छन् । उनले भद्रपुर–७…
बिर्तामोड, २७ बैशाख । हाँस्य कलाकार विल्सिन विक्रम राई ‘तक्मे बुढा’ पछिल्लो समय नेकपा एमालेको चुनावी अभियानमा व्यस्त छन् । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै नेकपा एमालेले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा आयोजना गरेको चुनावी कोणसभामा ‘तक्मे बुढा’ले प्रस्तुती दिँदै आउनुभएको हो । केही दिन अघिदेखि अर्जुनधारा नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदको उम्मेदवार बलदेव गोम्देन तामाङको चुनावी कोणसभामा प्रस्तुती दिँदै आउनु भएका ‘तक्मे बुढा’ले आइतबार र सोमबार बिर्तामोडको चुनावी कोणसभामा प्रस्तुती दिनुभयो । तक्मे बुढाले ‘उपमेयर हुँदा काम गरिन फेयर, यसपालिको चुनावमा पवित्रालाई बनाउनु पर्छ मेयर’भन्ने गीत मार्फत पनि भोटको अपिल गर्नुभएको थियो । हाँस्य कलाकार तक्मे बुढाले आइतबार बिर्तामोडको…
झापा, २७ बैशाख । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा ह्वात्तै भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा नै फर्किने अपेक्षा गरिएको छ । निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । विगतमा निक्षेप संकलनमा समस्या हुँदै आएकोमा गत साता भने बैंकिङ प्रणालीको निक्षेपमा राम्रो सुधार भएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार निक्षेपमा सुधार र…
झापा, २७ बैशाख । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् । विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनु आफूहरूको कर्तव्य भएको जनाएको छ । मन्त्रालय दुई दिन बिदा हुँदा विद्यार्थीको सिकाइमा पर्नसक्ने असरलाई कसरी पूर्ति…