
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए । यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आफू धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् । मेयर हर्कले बुधबार सर्दुखोलाको मुहानमा पुगेर स्थलगत अध्ययन गरेका हुन् । धरानमा…
झापा, १२ जेठ । भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ। भारतले खाद्यवस्तु गहुँ र चिनी निर्यातमा रोक लगाउँदा नेपालको खाद्य सुरक्षामा चुनौती थपिने र मूल्यवृद्धि हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। भारतले चिनी र गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेको जानकारी आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् । भारतीय…
झापा, १२ जेठ । स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ । उनीहरूले सहकार्य गरेर अघिबढे सफलता हासिल गर्ने कानुनविद्हरूको भनाइ छ । संविधानविद् काशिराज दाहाल र डा। चन्द्रकान्त ज्ञवाली भन्छन् – ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएको विषय कार्यान्वयन गर्नु आवश्यक भए पनि कानुनतः स्वतन्त्र हैसियतमा उम्मेदार हुने व्यवस्था भएकोले दलले सहमति दिनुपर्छ ।’संविधानविद् दाहालले कानुनमा मेयर वा गाउँपालिका प्रमुखले के काम गर्ने स्पष्ट व्यवस्था छ । तोकेको काम गर्न कसैले रोक्दैन र सक्दैन पनि । उहाँका अनुसार जनताको माझमा पपुलर भएर मत ल्याएका मेयरले…
झापा, १२ जेठ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेका हुन् । उनले यो भाइरस नौलो र अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भए पनि सचेत भने हुनुपर्नेमा…
बिर्तामोड, १२ जेठ । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८०का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकले वडाहरुबाट नीति तथा कार्यक्रम तय गरी २०७९ जेठ मसान्तसम्ममा नगरमा पेश गर्ने गरी उक्त निर्णय भएको हो । यस्तै बैठकले नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा रहेको योजना अनुगमन समितिमा कार्यपालिकाको तर्फबाट वडानम्बर ३का वडाध्यक्ष मदन बुढाथोकी र वडानम्बर ६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवालाई सदस्यको जिम्मेवारी प्रदान गरेको छ । बैठकले नगरप्रमुख प्रसाईले पदभार ग्रहणकाक्रममा गर्नु भएको २ वटा निर्णयलाई पनि अनुमोदन गरेको छ ।…
दैलेख, ११ जेठ । दैलेखको आठबीस नगरपालिका–३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ यात्रुबाहक दुर्घटना भएको छ । । मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो । घटनामा परी चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरकुमार शाहले रातोपाटीलाई जानकारी दिए । बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते हुनसक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।
बिर्तामोड, ११ जेठ । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ ले सुत्केरी महिलालाई पौष्टिक आहार दिने निर्णय गरेको छ । नवनिर्वाचित वडाको पहिलो बैठकले पहिलो निर्णय स्वरुप सुत्केरी महिलालाई १५ सय रुपैयाँ बराबरको पौष्टिक आहार दिने निर्णय गरिएको वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिनुभयो । बिर्तामोड–३ मा बसोबास गर्ने महिलाहरु सुत्केरी भई ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराए उक्त सुविधा दिइने उहाँले बताउनुभयो । ‘वडाको पहिलो बैठकले एक बुँदे प्रस्तावसँगै निर्णय गरेको हो’, उहाँले भन्नुभयो, ‘वडाको समृद्धि र वडाबासीको सेवा हाम्रो एकमात्र उद्देश्य र लक्ष्य हो ।’ बिर्तामोड–३ मा वडाध्यक्ष बुढाथोकीसँगै हरिप्रसाद बाँस्तोला, मणिमान लिम्बू, धनसरी राजवंशी, लक्ष्मी रोक्का र भीम…
भद्रपुर, ११ जेठ । स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्र भद्रपुरका तर्फबाट उम्मेदवार बनेकाहरुले मतदातालाई धन्यवाद र विजयी उम्मेदवारलाई बधाई दिएका छन् । भद्रपुर–८ स्थित एनसीडीसीमा आज एक कार्यक्रमको आयोजना गरी उनीहरुले मतदाता र निर्वाचनका दौरान अहोरात्र खट्नुहुने पार्टी–कार्यकताहरुलाई धन्यवाद दिनुका साथै पार्टीका तर्फबाट भद्रपुर नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा विजयी हंशधर राजवंशी र वडा सदस्य सविता पुरीलाई बधाई दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि पार्टीका जिल्ला संयोजक राजु आचार्य (अग्नि), सचिव मोहन टुडू, क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे (हिक्मत), क्षेत्रीय सहइञ्चार्ज धर्म सिवाकोटी लगायतले नवनिर्वाचन उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा पार्टीका तर्फबाट उपप्रमुखम उम्मेदवार बन्नुभएका शिवकुमार…
बिर्तामोड, ११ जेठ । झापाको बिर्तामोड नगरपालिकाबाट १ लाख ७५ हजारसहित तास, कौडा खेल्ने ५ जना पक्राउ प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बेलुका बिर्तामोड–५ का ३८ वर्षीय डालकुमार राईको घरको कोठामा जुवा जन्य खेल खेलिरहेको छ भन्ने गोप्य सुचानको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीले तास र कौडा खेलिरहेका इलाम सूर्योदय न.पा.–१० का ३० वर्षीय दिलकुमार श्रेष्ठ, बिर्तामोड–५ का ३६ वर्षीय सञ्जीप घतानी, ४२ वर्षीय ससुहाङ चेम्जोङ, ३८ वर्षीय डालकुमार राई (घरधनी) र मेचीनगर–२ का ४८ वर्षीय भुपु राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।…
इलाम, ११ जेठ । इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको बताइएको छ । सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन् । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन । केन्द्रका प्रमुख बेगराज पौडेलले…