
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, १२ बैशाख । अर्जुनधारा नगरपालिकाबाट बलदेव गोम्देन मेयरको उम्मेदवार भएका छन् । उनी १० नम्बर वडाको निर्वाचित वडाध्यक्ष हुन् भने नेकपा एमाले अर्जुनधारा नगर कमिटीका अध्यक्ष पनि हुन् । पार्टीका अनुसार उपमेयरमा खड्गया पराजुलीलाई चयन गरेको प्रदेश इन्चार्ज देवराज घिमिरेले जानकारी दिए । पराजुली वडा नं २ की वर्तमान सदस्य हुन् । यस्तै, उनी न्यायिक समितिकी सदस्य पनि हुन् ।
झापा, १२ बैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा घात गरेको भन्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। कनकाई नगरपालिकाको मेयरमा आकांक्षी थापाले अन्तिम अवस्थामा आएर जिल्ला प्रदेश नेतृत्त्वले टिकट नदिएपछि राजिनामा गरेका हुन् । टिकट दिने विषयमा जिल्ला सभापति देउमान थेबे र प्रदेश १ सभापति उद्धव थापा सकारात्मक नहुँदा थापाले टिकट नपाएका हुन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साधारण सदस्यसमेत नरहने गरी नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।लामो समयदेखि राजनीतिसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएका थापाले टिकट नपाउँदा उनका समर्थक तथा शुभचिन्तकहरु दुखी भएका छन् । खासगरी कोरोना कहरका…
सुनसरी, ११ बैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिकापा–४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हिजो दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १(०२(००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र नगरपालिका(१ चतरा ४० बर्षीय सरोज खड्का सहित ११ जना घाईते भएका थिए । घाइतेलाई तत्काल उपचारको लागि धरान घोपामा लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो । बस, चालक बराहक्षेत्र–१ चतारा का २५ वर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ…
दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण टिमले सुरक्षालाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरेको ह फिल्ममा सुरक्षाको प्रवेशसँगै चार जना मुख्य कलाकार फाइनल भएका छन् । अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा यसअघि नै अनुबन्धित भइसकेका छन् । ‘के घर के डेरा’ वैशाख २२ गतेबाट छायांकनमा जानेछ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ । ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा…
काठमाडौं,११ वैशाख । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेका थियो। विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे। विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएछि आन्दोलनरत…
झापा, ११ वैशाख । कोरोना भाइरस संक्रमणबाट एकैदिन १ हजार ४७० जनाको मृत्यु भएको छ विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १ हजार ४७० जनाको मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ३९ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ५० करोड ९० लाख ५४ हजार ४७० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ४६ करोड १३ लाख ९६ हजार ८९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको…
बिर्तामोड, ११ बैशाख । चालू आर्थिक वर्ष २०७८–०७९ को ९ महिनासम्म आइपुग्दा १३ खर्बभन्दा माथि व्यापार घाटा पुगेको छ । साउनदेखि चैतसम्मको आयातको प्रवृत्ति तथा निर्यातको अवस्था हेर्दा चालू आर्थिक वर्षमा बजेटभन्दा पनि व्यापार घाटा बढी हुने देखिएको छ । विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट नेपाललाई प्राप्त भएको रकमबीच १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख अन्तर रहेको छ । साउनदेखि चैतसम्ममा कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ६० अर्ब ५७ करोडको मात्र निर्यात भएको छ । जसका कारण व्यापार घाटा १३ खर्ब भन्दा माथि पुगेको…
बिर्तामोड, ११ बैशाख । निर्माण व्यवसायीहरुले आजदेखि अत्यावश्यक काम बाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी कन्स्ट्रक्सन होलिडे गर्ने भएका छन् । विभिन्न निर्माण सामाग्रीहरुमा अप्रत्यासित रुपमा अत्याधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको समस्या समाधान नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आजदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी कन्स्ट्रक्सन होलिडे गर्ने भएका हुन् । शुक्रबार काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मलेन गरी मूल्य समायोजन मार्गदर्शन नं–२ तत्काल जारी गर्न पटक पटक आग्रह गर्दा समेत सरकारले सम्बोधन नगरेपछि बाध्य भएर सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलनमा जानु परेको बताएका छन् । महासंघका अध्यक्ष रवि सिंहले विदेशी मुद्राको अभावले…
झापा, १० बैशाख । सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो। बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक-७ का रामदेव साहु तेलीकहाँ पुगे। पासवानले तेलीबाट दोस्रोपटक पनि ऋण पाए। त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर जग्गा तेलीका नाममा राजीनामा पास गरिदिए। तेली मिटर ब्याजमा ऋण लगाउने व्यक्ति हुन् । पासवानले पहिलोपटकको कारोबार गर्दा इमानदारीपूर्वक नै पैसा चुक्ता गरेपछि तेलीले जग्गा पनि फिर्ता गरिदिएका थिए। पछिल्लोपटक भने पासवानले तेलीबाट धोका पाए। उनले ब्याजसहित १६ लाख ऋण चुक्ता गरे तर जग्गा फिर्ता पाएनन् । पासवानले सप्तरी प्रहरी प्रशासन, अदालतलाई गुहार्न थालेको एक वर्षभन्दा बढी समय बितिसक्यो तर अझै…
झापा, १० बैशाख । सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने तयारी भएको हो। सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लास्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनका लागि अपिल गरेका छन्। प्लास्टिक झोला प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको करिब १० अर्ब निजी लगानी जोखिममा रहने नेपाल प्लास्टिक उत्पादक सङ्घको भनाइ छ। तर ४०…