
झापा, ११ वैशाख । कोरोना भाइरस संक्रमणबाट एकैदिन १ हजार ४७० जनाको मृत्यु भएको छ
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १ हजार ४७० जनाको मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ३९ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ५० करोड ९० लाख ५४ हजार ४७० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ४६ करोड १३ लाख ९६ हजार ८९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६२ लाख ४१ हजार ७९९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
हालसम्म विश्वभर ४१ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४२ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५ लाख ४ हजार ९०९ संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको ज्यान गएको छ । २८३ सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार ७३२ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ९ लाख ६६ हजार ४९८ जना संक्रमित निको भइसकेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



