झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मेचीनगर, १८ बैशाख । स्थानीय तह निर्वाचनको मुखैमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा चन्द्रबहादुर राई, सूर्यप्रसाद राई, प्रेमकुमारी राई, रिता पोद्धार, निशा पोद्धार, हिरा राई, मोहमद सरिफलगायत नेकपा माओबादी केन्द्रमा प्रवेश गरेको नगर सहइन्चार्ज प्रकाश खड्काले जानकारी दिए । माओवादी केन्द्र मेचीनगरको पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनीहरुलाई माओवादी नेताहरुले स्वागत तथा सम्मान गरेका छन् । कार्यक्रममा माओवादी केन्द्र झापा सहइन्चार्ज पुरुषोत्तम चुडाल, नगर उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारी, क्षेत्रीय संयोजक माधव अर्याल लगायतले स्वागत एवम सम्मान गरेका हुन् । पार्टीका नगर अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव कृष्ण कौशलले…

Read More

बिर्तामोड, १८ बैशाख । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान तिव्र छ । एमालेले नगरका सबै वडाहरुमा पुगेर कोण सभाको आयोजना गर्दै विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वले गरेका काम र भावी योजना तथा प्रतिवद्वताहरुका बारेमा जानकारी गराउँदै आएको हो । नेकपा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेद्वार पवित्रा महतारा प्रसाई,उपप्रमुखको उम्मेद्वार नगेन्द्र प्रसाद संग्रौला सहित टोल टोलमा पुगेका एमालेका उम्मेद्वार तथा नेताहरुलाई मतदाताहरुले भव्यरुपमा खादा माला लगाइदिएर स्वागत गर्दै शुभकामना व्यक्त गर्ने गरेका छन् । विकास र समृदिका लागि एमाले नेतृत्वको सरकार नै आवश्यक रहेको भन्दै उनीहरुले मत दिएर विजयी गराउने बताए । एमाले बिर्तामोडको चुनावी प्रचार अभियान आज वडा नम्बर…

Read More

विर्तामोड । तमू विद्यार्थी छोंज धीं को प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार औपचारिक कार्यक्रमको आयोजना गर्दै वितामोडमा सम्पन्न जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा नरेश गुरुङको अध्यक्षतामा २२ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रिञ्जी गुरुङ, चन्द्र बहादुर गुरुङ सचिवमा ममता गुरुङ, सहसचिवमा मौसम गुरुङ कोषाध्यक्षमा अनुष्का गुरुङ, सहकोषाध्यक्षमा विवेक गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा सुस्मिता गुरुङ, सुमन गुरुङ, हेमन्त गुरुङ, प्रतिमा गुरुङ, डोल्मा गुरुङ, आशा गुरुङ, सरोज गुरुङ, रमेश गुरुङ, सुस्मिता गुरुङ, रिजन गुरुङ, डेनियल गुरुङ, सविन गुरुङ, गुडडी गुरुङ, प्रमोद गुरुङ, पवित्रा गुरुङ, सुजता गुरुङ र आशा गुरुङ…

Read More

झुलन रेग्मीधुलाबारी, १७ बैशाख । बैशाख ३० गतेको निर्वाचनका लागि मेचीनगरमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुको तर्फबाट साझा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । धुलाबारी चोकमा शनिबार आयोजित उम्मेद्वार सार्वजनिक सभाबाट गठबन्धनको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । मेचीनगरमा गठबन्धनको तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकी र उपप्रमुखमा माओवादी केन्द्रका प्रकाश भण्डारी नेतृत्वको साझा उम्मेद्वार चुनावी मैदानमा छन् । गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेद्वार संयुक्त चुनावी मैदानमा छन् । जारी गरिएको घोषणा पत्रमा निर्वाचनमा विजयी भएमा नगरको समग्र समृद्धिका निमित्त लागि पर्ने संकल्प गरिएको छ । घोषणा पत्रमा नगरको समृद्धिमा गर्ने र नगर्ने…

Read More

झापा, १७ बैशाख । आसन्न स्थानीय तह निर्वाचन–२०७९ का लागि नेकपा (माओवादी केन्द्र) हदिल्बारीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज हल्दिबारी–२ मा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्र प्रदेश नं. १ का अध्यक्ष हर्क नेम्वाङ (मिक्सो) ले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष मिक्सोले माओवादी कोही कसैसँग नडराउने पार्टी भएको बताउनुभयो । ‘हामीले कसैसँग डराएर गठबन्धन गरेका होइनौं’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय आवश्यकतालाई हेरेर गठबन्धन गरेका हौं ।’ उहाँले माओवादीको आफ्नै पृष्ठभूमि, विचार, सिद्धान्त रहेकाले कसैको टेको आवश्यक नरहेको समेत उल्लेख गर्नुभयो । हल्दिबारी शहीद भूमि र क्रान्तिको छुट्टै इतिहास ठाउँ भएकाले पार्टीसमेत उहाँले बताउनुभयो…

Read More

बिर्तामोड, १७ बैशाख ।  मानिसका निम्ति आनन्द प्राप्त गर्ने आ–आफ्नै शैली छन् । कोही विलाशी जीवन बिताएर आनन्द लिन्छन् । कोही भौतिक उपलव्धिमा मरिहत्ते गरेर आनन्द लिन्छन् । कोही भगवानको भक्तिभावमा गुनगान गाएर आध्यात्मिक तबरबाट आनन्दित भएर लठ्ठ पर्छन् । कोही पौरखी भएर त कोही पौरखी नभएर पनि आनन्दीत हुन्छन् । तर समाजमा कोही यस्ता मानिस पनि हुन्छन् जो समाजसेवा भनेपछि हुरुक्कै हुन्छन् । आफ्नोभन्दा असाय, अशक्त, विपन्न तथा दिनदुःखीको हेरचाह र हितमा तनमन र कर्मको अधिकांश हिस्सा समर्पण गरेर समय खर्ची रहेका हुन्छन् । सादा जीवन उच्च विचारको सुगन्धले आफूमात्र नभई सिंगो समाज र देशलाई पनि सुगन्धित बनाउने अढोट…

Read More

सन्तोष न्यौपानेबिर्तामोड, १७ बैशाख । झापा बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजार निवासी मदन बुढाथोकी सामाजिक काम गर्न भनेपछि हुरुक्कै हुन्छन् । सानै उमेरदेखि समाजसेवामा रुचि भएका तिनै मदन वडा अध्यक्षको उम्मेद्वार बनेका छन् । उनी बिर्तामोड नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका हुन् । सहयोगी मन भएका बैदेशिक यात्रा तय गरेर धेरै अनुभव हांसिल गरेका उनी नयाँ पुस्ताले राजनीतिबाटै समाज रुपान्तरणमा योगदान दिन सक्नु पर्ने धारणा राख्छन् । प्राकृतिक विपत्तीबाट समस्यामा परेका, आर्थिक अभावका कारण उपचारबाट बञ्चित नागरिक सहित दिन दुःखी लगायतलाई सहयोग गर्न सदैव अग्रसर मदन यति बेला वडा ३ भित्र…

Read More

विर्तामोड । माता तिर्थ औशीं अर्थात् आमाको मुख हेर्ने दिनको विशेष अवसरमा नेपाल तमू विद्यार्थी छोंज धीं वितामोड नगर कार्यसमितिल द्वारा फलफूल तथा खाद्यान्य वितरण गरिएको छ । शनिबार विर्तामोड -४ स्थित परोपकार केन्द्रमा औपचारिक कार्यक्रमको आयोजना गर्दै नगर विद्यार्थी संघले फलफूल तथा खाद्यान्य वितरण गरेको सचिव सितल गुरुङले बताउनुभयो । कार्यक्रममा परोपकार केन्द्रका तर्फबाट संस्थापक सचिव हरि सिटौलाले सहभागी विद्यार्थीहरुलाई सामाजिक कार्यमा सक्रिय भएकोमा धन्यवाद ज्ञापन गर्नु हुदैं प्रशंसा गर्नुभएको थियो ।

Read More

भद्रपुर, १६ बैशाख । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि नेकपा एमालेको हल्दिबारी गाउँ कमिटीले उम्मेदवारहरूको प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । गोलधाप चोकमा बैशाख १६ गते पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचन परिचालन कमिटी, हल्दिबारीले सो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । सो अवसरमा हल्दिबारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डम्बरबहादुर गिरीले अघिल्लो स्थानीय तहको चुनावबाट आफू उपाध्यक्षमा निर्वाचित हुँदा हल्दिबारीमा विकास–निर्माणको नेतृत्व नेकपा एमालेले गरेको दावी गर्दै अब यसपटकको चुनावबाट आफूहरू निर्वाचित भएपछि विभिन्न पूर्वाधारहरूको विकास, आयआर्जन, सीप विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना, महिला सशक्तिकरण लगायतका क्षेत्रमा गर्ने कामहरूको विवरण उल्लेख गरेका छन् । प्रतिबद्धता–पत्रमा…

Read More

झापा, १६ बैशाख । झपाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ(७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन(२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका लावतीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

Read More