झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० भदौ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो । त्यस्तै निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था भएकाले जनप्रतिनिधिबाहेकका व्यक्तिले पनि राजीनामा दिएका हुन् । सार्वजनिक पद धारण गरेका…

Read More

झापा, १० बैशाख । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो । स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुनेछ । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेका उम्मेदवारको नाम स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता अगावै फिर्ता लिनुपर्नेछ । कानुन बमोजिम बन्दसूचीमा बुझाइएका उम्मेदवारको नाम प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालभर कायम रहनेछ । साथै सूचीमा रहेका व्यक्तिको नाम फिर्ता…

Read More

बिर्तामोड, ९ बैशाख । आफ्नो कार्यकालको अन्त्यतिर आइरहँदा बिर्तामोड नगरपालिकाले पाँच वर्षको अवधिमा जनप्रतिनिधिमार्फत् सम्पादन भएका कामको प्रगति विवरण सार्वजनिक गरेको छ । आज कार्यालयमा पत्रकार सम्मेलन गरी स्थानीय तहको पहिलो निर्वाचनपछि सञ्चालन भएका जन लक्षित कार्यक्रमको फेहरिस्त नगरपालिकाले सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख ध्रुव कुमार सिवाकोटीले आफ्नो पाँच वर्षे कार्यकालमा बिर्तामोडको विकास र समृद्धिका लागि महत्वपूर्ण काम गरेको दाबी गरे । उनले जनताको आर्थिक सामाजिक जीवनस्तर उकास्न नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । कानुन अभावमा सुरुमा स्थानीय तह सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै नगर प्रमुख सिवाकोटीले अब सहज हुँदै गएको बताए। उनले राम्रा कुरा खोजेर…

Read More

झापा, ९ बैशाख । झापाको बाह्रदशी–३ चारपाने राजगढ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो राति साँढे ११ बजे प्रदेश २–०३–१९ प १८६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक बाह्रदशी–२ का १९ वर्षीय दिपेश बिष्टको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

कनकाई, ९ बैशाख । झापाको कनकाई नगरपालिकाले स्थापना गरेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । कोरोना भाइरसको महामारीका बेला संक्रमितको जीवन रक्षाका लागि महत्वपूर्ण मानिएको अक्सिजनको आपूर्तिमा सहजता ल्याउन नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाको अभियान थालेको थियो । सोही अभियानले मूर्तिरुप पाएर आजदेखि अक्सिजन उत्पादन शुरु भएको हो । कनकाई–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा स्थापित उक्त अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले १० लाख रुपैयाँ दिनुभएको थियो भने देश–विदेशमा रहेका नेपालीबाट करिब ६० लाख प्राप्त भएको थियो । त्यसमा नगरपालिकाले ९० लाख रुपैयाँ थपेर प्लान्ट स्थापना गरेको हो । नगरपालिकाले आह्वान गरेको बोलपत्रका आधारमा एभरेष्ट लाइन…

Read More

बिर्तामोड, ९ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको बिर्तामोड नगरपालिका–८ नम्बर वडाको वडाध्यक्षका लागि कांग्रेसका ऊर्जाशील युवा चिरञ्जीवी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । वडाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको कार्कीले बताउनुभयो । ‘जिते भने एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न’, उहाँले भन्नुभयो, ‘कुनै सेवा सुविधा नलिई जनताको सेवा गर्छु ।’ आफूले जिते हरेक विकास निर्माणमा स्थानीयबासीको सहभागितालाई प्राथमिकतामा राख्ने कार्कीको उद्घोष गर्नुभयो । ‘स्वदेशमै केही गर्छु भनेर अमेरिकाको बसाइँलाई थाँती राखेर नेपाल आएको हुँ’, लामो समय राजनीतिमा सक्रिय…

Read More

शरणामती, ८ बैशाख । नेकपा माओवादी केन्द्र झापा गाउँपालिकाले अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत गरेको छ। आज बिहीबार झापा–३ कामाटोलीमा भएको माओवादी भेलाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदको उम्मेदवार रुद्र बजगाईंलाई बनाउने निर्णय गरेको हो । सर्वसम्मत भएका बजगाईंले पार्टीलाई धन्यवाद दिदै आफ्ना एजेन्डा समेत प्रस्तुत गरे। बजगाईले संविधानले निर्माण गरेको नमुना गाउँपालिका निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले स्थानीय सडक,ग्रामीण सडक,कृषि सडक र सिचाईं प्राथमिकतामा राख्ने बताए।स्थानीय कर,विकासका आयोजना परियोजना,आधारभुत माध्यमिक शिक्षालाई वैज्ञानिक ढंगले सञ्चालन गर्ने बताए। बजगाईले स्थानीय अदालतको सञ्चालन समेत गर्ने बताएका छन् । उनले थप्दै भने आफूले…

Read More

भद्रपुर, ८ बैशाख । स्थानीय तह निर्वाचनका लागि झापामा रहेका १५ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । झापा सदरमुकाम चन्द्रगढीस्थित शिक्षा समन्वय इकाईको कार्यलयलाई झापा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यलय बनाउँदै झापाका १५ वटै स्थानीय तहमा एकै पटक निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो । झापा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायधिश गिरीराज गौतमले मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको बोर्ड वाचन गरेर आफ्नो कार्यलयको उद्घाटन गरेका थिए । गौतमले झापाका १५ वटै स्थानीय तहमा निर्वाचन सामग्री पुगि सकेको जानकारी दिँदै बैशाख ११ गतेबाट उम्मेद्वार मनोनयन, दावी विरोध, उजुरी लगायतका निर्वाचनका सवै सबै प्रकृयाहरु पूरा गरेर १७ गते…

Read More

बिर्तामोड, ८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी (एस) झापाले यहाँका सबै पालिकाको प्रमुख÷उप प्रमुख, अध्यक्ष उपाध्यक्षका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । पार्टीले आज १५ वटै स्थानीय तहका लागि उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफासिरस गरेर पठाइएको नेकपा एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका आठ नगरपालिका मेचीनगर नगरपालिकाको प्रमुखमा शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ, उप–प्रमुखमा बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा, अर्जुनधाराको प्रमुखमा भास्कर काफ्ले, प्रत्युश राना, उप प्रमुखमा रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा, बिर्तामोडको प्रमुखमा चन्द्रकला घिमिरे, चेतानन्द निरौला, उप प्रमुखमा…

Read More

झापा, ८ बैशाख । बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् । आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छे । उहाँले बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बास्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताउनुभयो । चितुवाले अञ्जु प्रधानको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ । “एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो…

Read More