झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण भएको छ । १७० जनाको पीसीआर परीक्षण गर्दा ८ र ३५१ ज्नाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ३–३ र झापामा २ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा २ र कटहरीमा १, सुनसरीको कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २, झापाको बुद्धशान्ति र भद्रपुरमा १–१ जनामा संक्रमण भएको हो । प्रदेश १ मा आज १०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४९ महिला र ५५ पुरुष रहेका…

Read More

बिर्तामोड ७ फागुन । बालमैत्री विद्यालय निर्माणका लागि २ दिने बाल क्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्ष प्रशिक्षण बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालसँगको समन्वयमा समय सञ्जाल मिडियाले आयोजना गरेको कार्यक्रममा बिर्तामोड नगरका ७५ वटा सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयका बालक्लव फोकल पर्सन शिक्षक एवम् बाल क्लवका अध्यक्षहरुको सहभागिता रहेको थियो । बिर्तामोडको सैनिकमोडस्थित गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिस्ठानको सभाहलमा आयोजित कार्यक्रमको पहिलो दिन बिहीबार फोकल पर्सन शिक्षकहरुको सहभागिता रहेको थियो भने दोश्रो दिन शुक्रबार बालक्लवका अध्यक्ष विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा…

Read More

झापा, ७ फागुन । प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा छिटोभन्दा छिटो संसद्मा एमसिसी टेबुल गराउन चाहेका छन् । तर, उनको अहिलेसम्मको प्रयास असफल भएको छ। पाँच दलीय गठबन्धनको सहयोगबाट बनेको यो सरकारले एमसिसीका विषयमा साझा धारणा बनाउन सकेको छैन। पछिल्लोपटक बिहीबार राति र शुक्रबार बिहान बसेको गठबन्धनको बैठकले एमसिसी अघि बढाउने कुरामा एकमत निर्णय गर्न सकेको छैन भने गठबन्धनको अर्को बैठक फागुन ८ गते आइतबार बिहान बस्ने भएको छ। एमसिसी टेबुल नभएपछि संसद्को शुक्रबारको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस…

Read More

झापा, ७ फागुन । भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो । नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकुु, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ । यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने विषादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको दोस्रो त्रैमासिक तथा अर्धवाषिक प्रगति…

Read More

बिर्तामोड, ७ फागुन । जीवन बिमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सको बिर्तामोड शाखाले एक जना पत्रकारसहित तीनजनालाई सम्मान गरेको छ । कम्पनीको बिर्तामोड शाखाले स्थापनाको चौथो वार्षिकोत्सवको अवसर पारेर बिर्तामोडस्थित कार्यालयमै शुक्रबार एक संक्षिप्त कार्यक्रम आयोजना गरी विगत डेढ दशकदेखि झापालाई कर्मथलो बनाई पत्रकारिता गरिरहेका एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता एवम् साझा अनलाइन खबरका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरिएको हो । नेपाल विमा क्षेत्रको प्रबद्र्धन र विकास एवंम नेपाली समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको ठहर गर्दै न्यौपानेलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । साथै सोहि अवसरमा पत्रकार न्यौपाने सहित अन्वेशककर्ता तथा अभियानकर्मी सन्तोष घिमिरे तथा समाजसेवी गोमा अधिकारी खतिवडालाई सम्मान गरेको हो…

Read More

उदयपुर, ६ फागुन । उदयपुरको बेलका नगरपालिका(८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले हिजो बिहान सवा २ बजे ४ सय केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका–७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका–१ सुनसरीका २३ बर्षीय मनिष धामी रहेका छन् । उनीहरुलाई को १ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअप सहित पक्राउ गरिएको हो…

Read More

बिर्तामोड, ६ फागुन । सञ्चारकर्मी कृपा गुरागाईंले आफ्नो शुभविवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी छिन् । बेहुली कृपा तथा उनका पिता तेजप्रसाद र माता बेदमायाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् । आफ्नो बिवाहको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न रकम प्रदान गरेको कृपाले बताइन् । झापाको कनकाई ८ लक्ष्मीपुर घर भई तेह्रथुमको आठराई ६ चुहानडाँडाका हरि पराजुलीसंग विवाह गरेकी गुरागाईंलाई महासंघको टोलीले बधाई शुभकामना ज्ञापन गरेको छ ।रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्य रञ्जित परियार, स्वतन्त्र पत्रकार…

Read More

एजेन्सी । गोल्डन पर्ल नामको एक किलो चियापत्ती ९९,९९९ भारु (१ लाख ५९ हजार रुपैयाँ बढी) मा बेचिएको छ । भारतको गुवाहाटी चिया लिलामी केन्द्रमा यो चिया यत्तिको रकममा बिक्रि भएको हो । यसअघि अघिल्लो वर्ष डिसेम्बरमा गोल्टन बटरफ्लाई चियापत्ती ९९,९९९ मै बिक्रि भएको थियो । अब पुनः एकपटक कुनै कम्पनीको चियापत्ति ९९,९९९ भारुमा बिक्री भएको छ । यसपटक गोल्डन पर्लको चियापत्तिलाई असाम टि ट्रेडर्सले खरिद गरेको छ । असमको डिब्रुगढ जिल्लामा नाहोरचुकबारी कारखानामा यसलाई लिलामीमा राखिएको थियो । त्यहाँ थुप्रै ठूला कम्पनीको उपस्थिति थियो । तर यसपटक गोल्डन पर्लले बाजी मार्यो जसको एक किलो चियापत्ती ९९,९९९ भारुमा बिक्री भयो…

Read More

झापा, ६ फागुन । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट लिने कर्जाको ब्याजदर अर्थात् बैंकदर २ प्रतिशत विन्दुले थप गरेर ७ प्रतिशत पुर्‍याएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि बैंकदर ५ प्रतिशत रहेको थियो । यस्तै, ब्याजदर कोरिडोरसँग सम्बद्ध स्थायी तरलता सुविधा दर, नीतिगत रिपो दर र निक्षेप संकलन दर पनि २र२ प्रतिशत विन्दुका दरले बढाइएको छ । स्थायी तरलता सुविधा दर ५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत रिपो दर ३ दशमलव ५ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशत र निक्षेप संकलन दर २ प्रतिशतबाट ४ प्रतिशत पुर्‍याइएको छ ।…

Read More

भद्रपुर, ६ फागुन । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीले संगठन विस्तार तथा सुदृढीकरण अभियान शुरु गरेको छ । नगर कमिटीले २७औं जनयुद्ध दिवसको अवसर पारेर एक महिने पार्टी सुदृढीकरण अभियान शुरु गरेको हो । जसअन्तरगत गाउँ–गाउँमा सदस्यता विस्तारसँगै कमिटी गठन गर्ने कार्यलाई तिव्रता दिइएको छ । नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा हालै बसेको बैठकले वडा–वडामा टोल कमिटी गठन गरी पार्टी सेल समितिसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ । पार्टीले अभियानकै रुपमा सदस्यता विस्तार गरी सदस्यता संख्या दोब्बर बनाउने तयारी अन्तरगत काम अघि बढाएको नगर इञ्चार्ज नरेश सञ्जेलले बताए । नगर कमिटीको बैठकले ढिलासुस्ती, भ्रष्टाचार, अनिर्णयकाबन्दीका कारण समस्या…

Read More