
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १६ फागुन । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका कारण ताला खुल्न नसकेको आरोप लगाएका छन् । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले प्रधानमन्त्री एवं कुलपति देउवा र शिक्षामन्त्री एवं सहकुलपति पौडेलसमक्ष तालाबन्दी खोल्नका लागि पहल गर्न अनुनय विनय गर्दा समेत बेवास्ता गरेको आरोप लगाएका हुन् । तीन पदाधिकारीले प्रम कार्यालय र मन्त्रालयमै गएर कुलपति र सहकुलपतिलाई तालाबन्दी खोल्नका लागि पहल…
बिर्तामोड, १५ फागुन । झापाको बिर्तामोड नगरपालिका–८ स्थित हर्चनामा ढाका बुनाई तालिम शुरु भएको छ । जेष्ठ नागरिक चौतारीको भवनमा बिर्तामोड नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबारदेखि तालिम शुरु भएको हो । तालिमको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले व्यानर पढेर उद्घाटन गर्नु भयो । तालिममा २१ जना सहभागी भएका छन् । ढाका कपडा बनाउनको लागि भूमि लिम्बुले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ । उद्घाटन कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडा सदस्य गंगा राजवंशी, समाजसेवी किरण तिम्सिना लगायतको उपस्थिति रहेको थियो । तालिम २०७९ बैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । भवनमा यसअघि देखि नै नगरपालिकाको आयोजनामै सिलाई…
बिर्तामोड,१५ फागुन । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र जावलाखेल नवौँ स्थानमा रहेका थिए ।त्यस्तै, दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबविरुद्ध संकटा क्लबले खेल्नेछ । लिगमा पुलिस ११ औँ स्थान र संकटा सातौँ स्थामा रहेका टिम हुन् । झापा गोल्ड कपको तेस्रो खेल पहिलो खेलको विजेतासँग एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा…
दमक, १६ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो । यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली गाउँपालिका इलामको १ र ६ नम्बर वडामा, कमल गाउँपालिका झापाको २, ३ र ६ नम्बर वडामा र शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडामा आँखा शिविर सञ्चाल गरेको थियो । सो शिविरमा करिव १५ सय जनाले सेवा प्राप्त गरेका अस्पतालको भनाइ छ । शिविर सञ्चालनका क्रममा भेटिएको मोतिविन्दु भएका ५३ जनाको शनिबार…
झापा, १५ फागुन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलनमा मन्त्री यादवले सीमित स्रोत साधनले नागरिकका अनेकांै चाहना र स्वास्थ्य प्रणालीका चुनौतीहरु एकैचोटी समाधान गर्न नसकेपनि मन्त्रालयका गतिबिधिहरुलाइ थप ब्यबस्थित र सुदृढ गर्दै लाने उद्देश्यले मन्त्रालयका नियमित काम बाहेक पहिलो १०० दिने कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कार्य योजनाका कार्यहरु प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले निर्दिष्ट गरेका प्राथमिकता र तत्कालिन आबश्यकातालाइ सम्बोधन गर्नेगरी तयार गरिएको छ ।’ मन्त्री…
झापा, १५ फागुन । झापामा कोरोना संक्रमण घटेको छ । आज झापामा एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार झापाको गौरादहमा एक जनामा मात्र कोरोना संक्रमण देखिएको हो । त्यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा ३४ जना कोरोना संक्रमणमुक्त…
बिर्तामोड, १५ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सामूहिक केरा खेती गर्दै आएको कृषिक समूहलाई प्रदेश नं. १ सरकारले मालवाहक गाडी (पिकअप) प्रदान गरेको छ । सामूहिक खेती गर्दै आएका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले झापा गाउँपालिका–३ रङ्गेथानस्थित साधना सांस्कृतिक नमूना कृषक समूहलाई पिकअप प्रदान गरिएको हो । कृषि ज्ञान केन्द्र झापामार्फत् ८५ प्रतिशत अनुदान र १५ प्रतिशत लागत सहभागितामा पिकअप प्रदान गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । रू २३ लाख ६० हजारको पिकअप प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लार्मीले हस्तान्तरण गर्नुभएको थियो । झापा–३ मा १४ जना कृषकले १०५ हेक्टर क्षेत्रफलमा सामूहिक केरा खेती…
बिर्तामोड, १५ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले जनसंख्याको आधा हिस्सा ओगट्ने महिला राजनीतिक क्षेत्रमा अग्रसर नभएसम्म समाज परिवर्तन सम्भव नहुने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालय विर्तामोडमा सम्पन्न भातृ एवं शुभेच्छुक संघसंस्थाका जिल्ला प्रमुखहरुको भेलालाई सम्बोधन गर्र्दै केन्द्रीय सदस्य आचार्यले नेपाली कांग्रेसले राष्ट्रिय राजनीति र मुलुकको समृद्धिका लागि गरेका जनमुखी कार्यलाई जनस्तरसम्म प्रचार गर्न भातृ संस्था प्रमुखहरुलाई अपिल गर्नुभयो । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले आसन्न स्थानीय निर्वाचनमा एकजुट भएर लाग्न कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई आह्वान गर्नुभयो । कांग्रेसका स्थानीय तहका उम्मेद्वारलाई जिल्लाका सबै पालिका र वडाहरुमा…
भद्रपुर, १५ फागुन । झापामा साढे छ लाख मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले तयार पारेको पछिल्लो तथ्यांक अनुसार झापामा ६ लाख ५० हजार २५८ जना मतदाता रहेका हुन् । झापाको मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै ९० हजार ८२६ मतदाता रहेका छन् भने सबैभन्दा कम गौरीगञ्ज गाउँपालिकामा २३ हजार ७४५ जना मतदाता रहेका छन् । जिल्लामा २८६ वटा मतदान स्थल रहने छ भने ७६० वटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ । जिल्लामा फागुन १९ देखि २३ गतेसम्म मतदाता नामावली अद्यावधिक हुने र सोका लागि १५ वटै पालिकाका १३१ वटा वडामा मतदाता नामावली टाँससँगै सोमा दाबी विरोध समेत हुने…
झापा, १५ फागुन । माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन्। सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी प्रस्तावकै विरोधमा उभिएका थिए। उनीहरूले विपक्षमा मतदान गर्ने भनेका थिए। दुवै दलका शीर्ष नेताले प्रतिनिधिसभाको आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने आश्वासन दिएको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारे पार्टीबाटै निर्णय गर्न भनेका छन्। त्यसलगत्तै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान स्थायी कमिटी बैठक बोलाएका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूसँग छलफल थालेका छन्। प्रतिनिधिसभा बैठक आइतबार १ बजे बोलाइएको छ। एमसीसी सैन्य रणनीति नभएको, नेपाल…