
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ९ फागुन । अन्तर्राष्ट्रिय सहयोगी सस्था ुहेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्टुले मोरङको रतुवामाइ नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले रिवन काटेर उद्घाटन गरेसङै सस्थाले विद्यालयलाइ परियोजना हस्तान्तरण गरेको हो । विद्यार्थीलाई शुद्ध खानेपानीको व्यबस्थापन गर्नका लागि प्लाण्ट स्थापना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती समेत रहनुभएका मन्त्री कार्कीले शुद्ध खानेपानीले विद्यार्थीको स्वास्थ्य स्वस्थ रहने उल्लेख गर्दै स्वस्थ तरिकाले नवीन ज्ञान लिन सहयोग गर्ने बताउनुभयो । मन्त्री कार्कीले आधुनिक समाज सङ्सङ्गै सिकाइको माध्यमलाई…
भद्रपुर, ९ फागुन । झापा भद्रपुर निवासी पत्रकार माया पकुवालको आज बिहान निधन भएको छ । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक पकुवाल केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपणपछि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । एक साताअघि रुघाखोकी र निमोनिया भएपछि उहाँको ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको थियो । उहाँ को सोही अस्पतालमा आज बिहान करिब ३ः३० बजे निधन भएको परिवारले जनाएको छ । उहाँ नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध हुनुहुन्थ्यो । उहाँको दुई छोरी र श्रीमान हुनुहुन्छ । उहाँको निधनले झापाली पत्रकारिताको क्षेत्रमा अपूरणिय क्षति भएको झापा अनलाइन परिवार…
विर्तामोड, ८ फागुन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ । सिके चिन्तन प्रतिष्ठान झापाको आयोजनामा सिके प्रसाईंको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पार्नुभएको हो । कांग्रेसले सरकार हुँदा पनि नहुँदा पनि एमसिसिबारे स्पष्ट धारणा राख्दै आएको बताउँदै शर्माले एमसिसिबारे नबुझी विरोधमा उत्रिएर उग्र राष्ट्रवाद प्रदर्शन नगर्न समेत सम्बन्धित सबैमा आग्रह गर्नुभयो । ‘एमसिसिलाइ अहिले राष्ट्रघातको रुपमा हेरिएको छ तर यो सत्य होइन, अबको २० बर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुन्छ’,…
मोरङ, ८ फागुन । मोरङको केरावारी गाउँपालिका–८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ । उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरेसँगै सो कुरा खूल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाएलगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बु संग बादबिबाद…
झापा, ८ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा २५ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरीमा ४, पाँचथर र झापामा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३, बुढीगंगा, सुनबर्षी, लेटाङ, केराबारी, कानेपोखरी, र बेलबारीमा १–१, सुनसरीको कोशी गाउँपालिकामा २, इटहरी र देवानगञ्जमा १–१, पाँचथरको फालेलुङ र फिदिममा १–१, झापाको दमक र मेचीनगरमा १–१, धनकुटाको पाख्रिबास र उदयपुरको त्रियुगामा…
बिर्तामोड, ८ फागुन । झापा गोल्ड कपको टाइटल स्पोन्सर चौधरी ग्रुपको उत्पादन नेपाल आइसले गर्ने भएको छ । टाइटल स्पोन्सरका लागि आज चौधरी ग्रुप र झापा गोल्ड कपबीच सम्झौता भएको छ । नेपाल आइसका ब्राण्ड तथा सिनियर मार्केटिङ मेनेजर मनिस सिंह र झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतबीच हस्ताक्षर पत्रमा संझौता भएको हो । अब नेपाल आइस पाँचौँ झापा गोल्ड कपको टाइटलमा सञ्चालित हुनेछ । गोल्डकप फागुन २१ देखि ३० गतेसम्म सञ्चालन हुने छ । खेलका लागि रंगशालामा करिब १० हजार दर्शक आँट्ने गरी बाँसको प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष बस्नेतले जानकारी दिए । पाँचौँ संस्करणको झापा गोल्डकपको…
संखुवासभा, ८ फागुन । संखुवासभाको सभापोखरी गाउँपालिका(२ का १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान राती अन्दाजी साँढे २ बजेको समयमा ५२ बर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको भन्ने भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाबको हत्यामा संग्लग्न रहेका उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
बिर्तामोड, ८ फागुन । झापाको बिर्तामोड–४ स्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले रक्तदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले आइतबार बिर्तामोडको दुर्गा मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरेको हो । संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको संस्थाका अध्यक्ष नविन खरेलले बताए । सहकारीले गरेको रक्तदान कार्यक्रम यो तेस्रो पटक हो । कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष महेन्द्र गिरीले वित्तीय क्षेत्रसँगै सामाजिक क्षेत्रमा सहकारी संघसंस्थाको योगदान उत्कृष्ठ रहेको बताए । उनले रगतको अभाव टार्न यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताए । उनले संस्थाले गरेको रक्तदानको प्रसंसा समेत गरे । रक्तदान कार्यक्रमको संयोजन अभियन्ता ओमप्रकाश लुइँटेलले गरेकय…
झापा, ८ फागुन । बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ। आरोपित ती व्यक्ति फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। ‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अुनसन्धानमै छौं।’ –उनले भने। गत माघ २४ गते मेलौल नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार वर्षीया छोरीको बालपोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली नगरपालिका–१…
सन्तोष शर्माबनियानी, ८ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८–७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिए । ती विद्यालयका लागि कूल रू १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ । छनोटमा परेका विद्यालयमध्ये तीन विद्यालयमा प्रयोगशाला, ३० मा चारकोठे कक्षाकोठा निर्माण, २१ मा दुईकोठे कक्षाकोठा निर्माण र ३४ आइसिटी कक्षा सञ्चालनका लागि बजेट छुट्याइएको हो । ती विद्यालयमा आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय रु…