झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, २८ भदौ । झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बिर्तामोड नगरपालिका-२ का ६० वर्षीय सोमनाथ दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । शुक्रबार साँझ ७ः३० कनकाई नगरपालिका–७ बिरिङ खोला छेउमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । मोटरसाइकलको पछाडि सवार दंगालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा बिर्तामोर-२ का मोटरसाइकल चालक ३८ वर्षीय दिनेशकुमार थपलिया सामान्य घाइते भएका छन् । घाइते उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएको थियो । उपचारको क्रममा दंगालको मृत्यु…

Read More

झापा, २८ भदौ । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै छन् । यो पर्व हिन्दू मैथिल परम्पराको हो । प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष)को अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व भोलि आइतबार हो । व्रतअघिको रात ‘ओगटन’ खाने चलन छ । ‘ओगटन’ मा दही/चिउरा र मिष्टान्न परिकारसहितका सात्विक भोजन गरिन्छ । पर्वमा चोखा नयाँ वस्त्र परिधान लगाइने हुँदा र ‘ओगटन’ का सामग्री जुटाउन मिथिलानीको व्यस्तता छ । एक अहोरात्रको जितिया व्रत भोलिपल्ट नवमी तिथि एक घडी कटाएर…

Read More

झापा, २८ भदौ । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।” भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।

Read More

झापा, २८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।

Read More

झापा, २८ भदौ । पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक केन्द्र विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको ऐतिहासिक दिनको रूपमा आजलाई चिनिएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ११ निवासी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै प्रधानमन्त्री पदको शपथ लिएकी छन्। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालादेखि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीसम्मको राजनीतिक यात्रा विराटनगरसँग जोडिएको छ। अब, सुशीला कार्कीको नियुक्तिले यस सहरको योगदानमा नयाँ अध्याय थपेको छ। सुशीला कार्कीले धरान र विराटनगरमा वकालत पेसाबाट आफ्नो पेसागत जीवन सुरु गरेकी थिइन्। कार्की एन्ड घिमिरे ल फर्ममार्फत कानुन व्यवसायमा प्रवेश गरेकी उनले सुनसरी–मोरङ क्षेत्रकी पहिलो महिला वकिलको…

Read More

झापा, २८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । आज बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी…

Read More

झापा, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ। सहमति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने तयारी गरेका छन्। राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलका अनुसार कार्कीको शपथ बिहान ९ बजे शीतल निवासमा हुनेछ। यसअघि नयाँ सरकार गठनका विषयमा छलफल गर्न कार्कीसहितको टोली राष्ट्रपति निवास पुगेको थियो। उक्त टोलीमा जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए। यद्यपि कार्कीको नियुक्तिमा सहमति जुटे पनि संसद् विघटनको विषयमा अझै सहमति कायम हुन सकेको छैन। पोखरेलले भने, “यसबारे कार्कीको नियुक्तिसँगै सहमतिको औपचारिक जानकारी आउनेछ।”

Read More

झापा, २७ भदौ । जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको प्रहरीको मृत्यु पुष्टि भएको बताए । प्रदर्शनकारीतर्फ सुरक्षाकर्मीबाट बल प्रयोग हुँदा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताए । प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ ।

Read More

धरान, २७ भदौ । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ । जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार, आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए । मृतकमध्ये तीनजनाको शव चौथो तलामा र एकजनाको दोस्रो तलामा फेलापरेको उनले जानकारी दिए । प्रवक्ता खतिवडाले भने, “जलेको अवस्था रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डीएनए परीक्षणबाट मात्र पहिचान हुनेछ ।” सबै शवको मुचुल्का उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा…

Read More

झापा, २७ भदौ । नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतल निवास पुगेको छ । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेको स्रोतको भनाई छ । कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको छैन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका छन् ।

Read More