
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ भदौ । जेनजी विद्रोहका क्रममा विर्तामोडमा प्रहरीसँगको झडपमा परी घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएको छ । टाउकोमा गोली लागेका उनको विर्तामोडस्थित बीएनसी हस्पिटलमा उपचार भइरहेको थियो । भण्डारीको मृत्यु भएको पुष्टि गर्दै झापाका प्रहरी प्रवक्ता एवं डीएसपी खगेन्द्र बहादुर खड्काले भने, ‘उनको मृत्यु भएको भन्ने जानकारी अस्पतालबाट आएको छ । उनको गोली लागेर मृत्यु भएको हो । तर, प्रहरीको हतियार खोसिएको थियो । खोसिएको हतियार पड्काउँदा उनलाई गोली लागेको हो कि के हो भन्ने बुझ्न सकिएको छैन ।’ विर्तामोडकै झडपका क्रममा यसअघि झापा अर्जुनधाराका अन्दाजी ३० वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो…
झापा, २७ भदौ । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुईजना कैदीबन्दी झापाका सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन् । प्रहरीका अनुसार लागुऔषध ओसारपसार कसुरमा दोषी ठहरिएर काठमाडौँस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछी घर भएकी ५० वर्षीया महिला पक्राउ परेकी हुन् । गएराति ११ः१५ बजे सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा गस्ती गर्ने क्रममा भारततर्फ भाग्दै गरेको अवस्थामा ती महिलालाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ । जेनजीको आन्दोलनका क्रममा उनी सुन्धारा कारागारबाट भदौ २४ गते फरार…
ताप्लेजुङ, २७ भदौ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। उनीहरुको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमो पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बू छन् । बुधबार सथनीय नारायणी माध्यमिक विद्यालयको निमार्णधीन शौचालयका लागि खनिएको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुवै बालबालिका डुबेका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार उक्त खाल्टोमा ८ फिट गहिरो थियो ।
झापा, २७ भदौ । नेपाली सेनाले नेपालको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नर्ग आम नागरिकमा अनुरोध गरेको छ। जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले शुक्रबार बिहान सूचना जारी गर्दै भनेको छ, ‘विद्यामान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धाराणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ। तसर्थ भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा नेपाली सेना आग्रह गर्दछ।’ सेनाले सूचना आदान प्रदानको लागि जनसम्पर्कको लागि सूचना निर्देशनालय लगायत…
काठमाडौँ, २७ भदौ । शीतल निवासले आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न निर्देशन दिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा ठूला दलहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच सहमति भएपछि यस्तो निर्देशन आएको हो । जेनजीको मागअनुसार अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा भने अझै स्पष्टता आएको छैन । बिहीबार राति शीतल निवासमा कार्कीको आगमनसँगै राष्ट्रपति पौडेलले कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूसँग परामर्श गरेका थिए। सहभागी नेताहरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता वर्षमान पुन, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा रहेका…
झापा (एजेन्सी), २७ भदौ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले मंगलबार कतारको राजधानी दोहामा इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको छ। परिषद्का सबै १५ सदस्य राष्ट्र—including इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले तनाव कम गर्न आह्वान गर्दै एक संयुक्त वक्तव्य जारी गरेका छन् । गाजा सहरमा इजरायली आक्रमण तीव्र भएपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। हमासका नेताहरूलाई लक्षित गर्दै दोहामा गरिएको आक्रमणबारे छलफल गर्न बिहीबार आकस्मिक बैठक बस्नुअघि परिषद्ले उक्त वक्तव्य जारी गरेको हो। यस आक्रमणमा हमासका पाँच सदस्य मारिएका थिए, यद्यपि समूहले आफ्नो शीर्ष नेतृत्व जोगिएको दाबी गरेको छ। आक्रमणमा कतारी सुरक्षा बलका एक सदस्यको मृत्यु भएपछि…
झापा, २७ भदौ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो । यसअघि जेन–जी समूहकोतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्। वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।
झापा, २७ भदौ । सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै दर्ता गर्ने जनाएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज भएको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही भदौ २३ र २४ मा भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सर्वोच्चले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा सर्वोच्चसहित देशभरका अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट हुँदा भवन, उपकरण, सवारीसाधन तथा ऐतिहासिक दस्ताबेजहरूमा क्षति भएको जनाउँदै देशको न्यायिक इतिहाससँग सम्बन्धित महत्त्वपूर्ण अभिलेखहरू करिब नष्ट हुन पुगेकामा…
तनहुँ, २७ भदौ । तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेलापरेको हो । स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । शवको सनाखत गर्ने कार्यका लागि घरपरिवार तथा आफन्तका बारेमा स्थानीयवासीसँग बुझ्दा केही विवरण खुलेको छैन । त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा…
झापा, २७ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी…