
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २१ फागुन । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । सो वडाका वडाध्यक्ष शनिलाल राजवंशीलाई अदालतले दोषी प्रमाणित गरे पनि वडाको काम कारबाही जारी राखेको भन्दै नेपाली कांग्रेस भद्रपुर ९ नम्बर वडा समितिले आज बेलुका ४ बजे तालाबन्दी गरेको हो । विदेशी नागरिकलाई अनधिकृत रुपमा नागरिकता प्रदान गर्ने कार्यमा संलग्न भएको प्रमाणसहित वडाध्यक्ष राजवंशीलाई दोषी ठहर गरेर झापा जिल्ला अदालतले मंसिर १३ गते कैद र जरिमानाको फैसला गरेको थियो । तर पनि वडाध्यक्ष राजवंशीले वडाको कामकारबाही निरन्तर गरिरहेकाले तालाबन्दी गरिएको कांग्रेस वडा सभापति चेतनाथ भट्टराईले जानकारी दिनुभयो । सम्मानित अदालतको आदेश पालना गरेर…
बिर्तामोड,२० फागुन। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई देशकै उत्कृष्ट बनाउन सफल संस्थाका अध्यक्ष जलकुमार गुरुङलाई नागरिक अभिनन्दन गरिएको छ । शुक्रबार विर्तामोडको अतिथि सदनको सभाहलमा सचेत नागरिक मञ्च झापा द्वारा आयोजित एक कार्यक्रमका बीच गुरुङलाई नागरिक अभिनन्दन गरिएको ह । सार्वजनिक पदमा बसेर सधैँ उत्कृष्ट कार्य गरेको भन्दै गुरुङलाई नागरिक अभिनन्दन गरिएको हो । प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नागरिक मञ्चले गुरुङलाई सम्मान गरिएको मञ्चका अध्यक्ष भीष्मराज पौडेलले बताउनुभयो । गुरुङ अध्यक्ष रहेको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देशभर दोस्रो पटक पुन उत्कृष्ट भएको थियो। देशभरका एक सय बढी…
बिर्तामोड, २० फागुन । बिर्तामोडमा नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक सिकाई प्रशिक्षण सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद शाखा बिर्तामोड नगरपालिकाको आयोजना र ऐरावती प्रकाशन काठमाडौको सहआयोजनामा शुक्रबार प्रशिक्षण गरिएको हो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र सानो थिमी भक्तपुरका निर्देशक डा गणेशप्रसाद भट्टराईले कक्षा एक देखि बाह्र कक्षासम्मको नेपाली विषय शिक्षण ढाँचा सम्बन्धमा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा। देवी नेपालले नेपाली वर्ण विन्यास तथा विधा शिक्षण र सिर्जनात्मक लेखन विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । बाल साहित्य लगायत विभिन्न पुस्तकका लेखक समेत रहेका ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेले कार्यक्रमबारे प्रकाश पारेका थिए । नेपाली भाषा सम्बन्धी…
युट्युवमार्फत आफूलाई गाली गलौज गरेको भन्दै नायिका तथा नेतृ रेखा थापाले साइबर ब्यूरोमा जाहेरी दिएकी छन्। एवान मिडिया नामक युट्युव मार्फत शर्मिला वाइवाले नायिका थापालाई गालि गलौज गरेको भन्दै उनका आफन्तले शुक्रबार साइबर ब्यूरोमा जाहेरी दिएका हुन्। ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जाहेरी परेलगत्तै आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए। ‘जाहेरी परेपछि त्यो मिडियाका बारेमा बुझ्न प्रेस काउन्सिललाई पत्र पठाएका छौं, पत्रको जवाफ आएपछि कारबाही हुन्छ’, अर्यालले भने। नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँ प्रहरी कार्यालय अगाडि दिनहुँ नारा र प्रदर्शन हुन थालेपछि रेखाले नाबालिगको संरक्षण हुनुपर्ने धारणा राखेकी थिइन्। उक्त धारणापछि युट्युबमा उनीविरुद्ध अभिव्यक्ति सार्वजनिक भएका थिए।…
झापा, २० फागुन । तेस्रो मुलुकबाट हुने सुपारीको आयात र त्यसमा रहेको नीतिगत व्यवस्थाबारे समितिले गठन गरेको उपसमितिले अध्ययन प्रतिवेदन तयार गरेको हो । सांसद रमेशजंग रायमाझीको संयोजकत्वमा गठन भएको उपसमितिले तयार गरेको प्रतिवेदन आज समितिमा बुझाएको हो। प्रतिवेदनले पूर्ण प्रतिस्पर्धाबाट मात्रै सुपारी आयातको कोटा वितरण गर्नुपर्ने निष्कर्ष निकालेको छ। गत आर्थिक वर्षमा २५ हजार मेट्रिक टन आयत गर्न कोटा वितरण गरिएको र यो वर्ष पनि सोही परिमाणमा कोटा वितरण गर्न प्रतिवेदनले सुझाव दिएको छ। चालू आर्थिक वर्षभित्र नै वितरण गरिसक्नुपर्ने समेत बताएको छ। प्रतिवेदनले दिएको सुझावमा भनिएको छ, ‘सूचना जारी गरेर आवेदन खुलाउनुपर्ने र पूर्ण प्रतिस्पर्धाबाट आयातकर्ताको छनोट गरी…
झापा, २० फागुन । गृह मन्त्रालयले समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन आग्रह गरेको हो । यस्ता तस्बिर तथा भिडियोले समाजमा अफवाह फैलाउने भएकाले उक्त क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गरिने जनाएको छ ।
झापा, २० फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४–४, सुनसरीमा ३ र पाँचथरमा २ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा ३ र भद्रपुरमा १, मोरङको विराटनगर, लेटाङ, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरान, बराहक्षेत्र र देवानगञ्जमा १–१, पाँचथरको मिक्लाजुङ र हिलिहाङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।…
बिर्तामोड, २० फागुन । झापा जिल्ला सहकारी संघले पत्रकार, सहकारी र कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । संघको २५ औँ साधारणसभाको अवसरमा कनकाईस्थित पर्यटकीयस्थल जामुनखाडीमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव अग्रज पत्रकार चन्द्र भण्डारीलाई सम्मान गरियो । प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, संघका अध्यक्ष गणेश ढकाल लगायतले उहाँलाई सम्मान गरेको हो । पुरस्कारको राशी रू पाँच हजार ५५५ रहेको छ । त्यस्तै, कार्यक्रममा राष्ट्रिय सहकारी व्यक्तित्वको रुपमा सहकारी अभियन्ता केशव पोखरेललाई सम्मान गरेको छ । उहाँलाई नगद रू २० हजार ५५५ सहित सम्मान गरिएको हो । कार्यक्रममा जिल्लाका…
बिर्तामोड, २० फागुन । कोरोना भाइरसको महामारीका कारण व्यवसाय संकटमा परेका महिला उद्यमीहरुलाई लक्षित गरेर झापामा दुई दिने व्यापार मेला हुने भएको छ । महिला दिवसको अवसर पारेर कोरोना भाइरसका कारण मारमा परेका महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा यही फागुन २३ र २४ गते दुई दिने ‘उजागर’ व्यापार मेला हुन लागेको हो । मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा र आस्वी ग्रुपको आयोजनामा हुने व्यापार मेलामा महिला उद्यमीहरुद्वारा उत्पादित खाद्यवस्तु, हस्तकलाका सामग्री, कृषि उपज लगायतका सामग्रीको स्टल राखिने आयोजक संस्था मञ्जुश्रीकी अध्यक्ष निकिता खत्री प्रसाईंले बताउनुभयो । “कोरोनाका कारण व्यवसाय चौपट भएपछि महिला उद्यमीहरुमा निराशा बढेको पायौँ”, उहाँले भन्नुभयो,…
झापा, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो हुने रिपोर्टिङ आएको बताएका छन्। शुक्रबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो र माओवादी दोस्रो हुने आँकलन भएको सूचना आएको बताएका हुन्। ‘आगामी चुनावमा पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ’, उनले भने, ‘दोस्रोमा माओवादी केन्द्र रहेछ। तर हामी पहिलो दल बन्नु पर्छ, त्यो सम्भावना अझै पनि छ।’ संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ पुगिसकेकाले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था आइसकेको पनि प्रचण्डले बताए। शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अहिलेसम्मको राजनीतिक परिस्थितिमा…