
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ फागुन । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको हो । सत्ता गठबन्धनको बिहीबार बस्ने बैठकले फागुन ६ गते बस्ने संसद् बैठकमा सरकारले पुनः एमसीसी टेबल गर्ने सम्बन्धमा निर्णय गर्ने बताइएको छ । बुधबारको संसद् बैठक एमाले सांसदहरूको नाराबाजी र होहल्लासँगै फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । कानुन…
झापा, ५ फागुन । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको नेपालको निर्वाचनको इतिहासमा पहिलोपटक रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले यसपटकको आसन्न स्थानीय तहको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गतेलाई आधार मान्ने गरी निर्दिष्ट मिति ‘कट अफ डेट’ निर्धारण गरेको छ । विगतमा निर्वाचनको मिति घोषणा गरेको दिनसम्म १८ वर्ष पुग्नेले मात्र मतदान गर्न पाउने स्थिति थियो । आयोगले १६ वर्ष उमेर…
झापा, ५ फागुन । केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक परेको उपभोक्ताको गुनासो थियो । तर, राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजाले पनि आउने तीन महिनाको लागि औसत मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुमान गरेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७४–०७९ को दोस्रो त्रैमास लक्षित गरेर २०७८ पुस २१ देखि २७ सम्म १७ सहरमा अवस्थित बजार क्षेत्रमा सर्वेक्षण गरेको थियो । ७२० जनामा गरिएको सर्वेक्षणमा ९१.९ प्रतिशतले आगामी तीन महिनामा उपभोग्य सामग्री तथा सेवाको मूल्य वृद्धि…
झापा ४ फागुन । मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बिजेता बनेको छ । सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब दुई खेलअघि नै लिगको बिजेता बनेको हो। आज बुधबार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई १-० गोलले हरायो । उसका लागि ५३ औँ मिनेटमा नोर्लानले गोल गरे । मच्छिन्द्रका खेलाडीले आजको गोल घाइते भएका मनिष डाँगीको नाममा समर्पण गरेका छन् । अघिल्लो संस्करणको ए डिभिजन लिगको उपाधि पनि मच्छिन्द्रले नै जितेको थियो । लिग विजेता मच्छिन्द्रको २९ अंक भएको छ । पराजित भएको सातदोबाटोको ११ खेलमा १५ अङ्क रहेको छ ।
सयोगी – सयोगी एमसीसी परियोजना अमेरिकि सम्सद बाट पारीत परियोजना भएको कारण नेपालको सम्सदमा ल्याउनु परेको हो । यहाँ समन ठीक छ । बिद्युतीय क्षेत्रमा राम्रो सुधार र उक्त क्षेत्रमा जोडीएका राजमार्ग हरु फराकिलो र विश्व स्तरको बनाउने योजना त्यो पनि ठीक छ । समस्या नेपालका राजनीतिक पार्टीको अपरिपक्वता हो जनता लाई “अमेरिकी सम्सद बाट आएको अनुदान नेपालको सम्संद औपचारिक रुपमा स्वीकार गर्नु पर्छ” भनेर बुझाउन नसक्नु मुख्य समस्या हो । दोश्रो कुरा नेपालको सम्संद उक्त परियोजना ससंद बाट अनुमोदन गरे भोली चिन भारत हुँदै संसारका सबै देश हरुले तेस्तै प्रकारको पारीयोजना नेपाल लाई प्रस्तव गर्छ जसको कारणले गलत नजिर…
झापा, ४ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण भएको छ । ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ८, बुढीगंगामा ७, सुन्दरहरैचामा ४, उर्लाबारीमा २, जहदा, कानेपोखरी, बेलबारी, केराबारी, कटहरी र लेटाङमा १–१, झापाको विर्तामोडमा ३, शिवसताक्षी, मेचीनगर, भद्रपुर र दमकमा २–२, कनकाई, हल्दिबारी, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१, सुनसरीको…
बिर्तामोड, ४ फागुन । बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि पोशाक वितरण कार्यक्रम शुरु गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्न शुरु गरीएको हो । बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शाखा अधिकृत दिनेश प्रसाद आचार्य,शिक्षा अधिकृत जानुका रेग्मी,केशरबहादुर खवास सहितको टोलीले ४ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो । बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा १६४ जना,वडा नम्बर ७ विरानमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा ८३ जना,जनता प्राथमिक विद्यालय खालवाडीमा १४७ जना र वडा नम्बर ८ देवनियाँमा रहेको शुक्रराज आधारभुत विद्यालयमा १६८ जना…
झापा, ४ फागुन । सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्। महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए। उनले भने, ‘फागुनदेखि शैक्षिक सत्र सुरु भएका कर्णालीमा त अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा हुन सकेको छैन भने कसरी वैशाखमै नयाँ शैक्षिक सत्र हुनसक्छ ?’ गत वर्षको शैक्षिक सत्र असारमा सुरु भएको जिकिर गर्दै…
झापा, ४ फागुन । वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ। प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा। गौरीशंकर साहले माघ ११ गते उत्प्रेषण आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। मुद्दाको पेसी चढे पनि तीन दिनयता लगातार हेर्न नभ्याइनेमा पर्दै आएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा चौथो नम्बरमा पेसी चढे पनि मुद्दाको…
बनियानी, ४ फागुन । झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणमा औषधि बरामद गरेको छ । कचनकवल–१ कुट्टिबाट रू आठ लाख ४१ हजार ३९७ बराबरको २२ प्रकारका औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब परीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । भारतबाट नेपालतर्फ मंगलबार राति ११ः३० बजे बोरा बोकर शंकास्पद अवस्थामा आउँदै गरेका दुई जना पुरुषले अस्थायी प्रहरी चौकी कुट्टिबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखेपछि बोरा छोडेर फरार भएको उहाँले बताउनुभयो । बोराहरु चेकजाँच गर्दा प्रहरीले विभिन्न प्रकारका औषधि रहेको फेला पारेको थियो । भन्सार छलेर अवैध रुपमा भित्र्याइँदै गरेको उक्त औषधि जिल्ला…