

झापा ४ फागुन । मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बिजेता बनेको छ । सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब दुई खेलअघि नै लिगको बिजेता बनेको हो।
आज बुधबार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई १-० गोलले हरायो । उसका लागि ५३ औँ मिनेटमा नोर्लानले गोल गरे ।
मच्छिन्द्रका खेलाडीले आजको गोल घाइते भएका मनिष डाँगीको नाममा समर्पण गरेका छन् ।
अघिल्लो संस्करणको ए डिभिजन लिगको उपाधि पनि मच्छिन्द्रले नै जितेको थियो ।
लिग विजेता मच्छिन्द्रको २९ अंक भएको छ । पराजित भएको सातदोबाटोको ११ खेलमा १५ अङ्क रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

