
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ पुस । मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेशन नेपाल’मार्फत सहयोग गरेका हुन् । विद्यार्थीले फाउण्डेशनमार्फत रु तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिनुभयो । छात्रवृत्ति वितरणका लागि फाउण्डेशनका संयोजक आशिष लामिछाने र प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न बाध्य विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्न सहयोग गरिएको बताए । सम्झौताअनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीले वार्षिकरूपमा रु…
झापा, २७ पुस । झापाको कनकाई नदी किनारमा लाग्दै आएको माघे संक्रान्ती (माई मेला) यो वर्ष नलाग्ने भएको छ। कन्काई र शिवसताक्षी नगरपालिकाको सोमबार बसेको संयुक्त बैठकले पछिल्लो समय कोरोना संक्रमण थपिएको भन्दै माई मेला स्थगित गर्ने निर्णय गरेको हो। दुबै पालिकाको संयुक्त बैठकले कनकाई नदीको पश्चिम तटीय माइधार र पूर्व तटीय कोटिहोम क्षेत्रमा माई मेला आयोजना नगर्ने निर्णय भएको शिवसताक्षी नगरका नगर प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए। कनकाई नदी किनारमा माघे संक्रान्तिको अघिल्लो दिनदेखि तीन दिनसम्म भव्य धार्मिक मेला लाग्दै आएको थियो। मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतका असंख्य तीर्थयात्री आउने भएकाले कोरोना संक्रमणको सम्भावना बढ्ने भएकाले…
झापा, २७ पुस (एजेन्सी) । ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १,३२,०५१ मात्रै थिए । अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बर भएको छ । रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस, मेन, मेरील्याण्ड, मञ्जुरी, ओहायो, पेन्सिल्वेनिया, प्युर्टो रिको, भर्जिनिया, वासिङ्टन डिसी र विस्कन्सिनमा रेकर्ड रुपमा कोभिड–१९ बिरामी अस्पताल भर्ना भएका छन् । सम्भावित रुपमा कम…
झापा, २७ पुस । नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ। पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा लगाएको प्रतिवेदनले देखाएको हो। संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा उक्त स्वीकृति दिएको भन्दै उनलाई मात्रै दोषी देखाएर तत्कालीन मन्त्री तथा सचिवलगायतलाई चोख्याएको देखिन्छ। टेन्डर आह्वान गर्दा बतासका बाहेक जुन कम्पनी आए पनि प्राविधिक प्रस्तावमा असफल गराउने गरी समितिलाई राजनीतिक दबाब दिनेलाई उम्काएको स्रोतले जनाएको छ। तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले प्रतिस्पर्धा नै नगराई २०७६ सालमा दाहाललाई…
झापा, २७ पुस । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र ९डीसीसीएसी०ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
वितामोड , पुस २६ । ‘आदर्श स्कुल अफ म्यानेजमेन्ट’ बिर्तामोडले आफ्नो अतिरिक्त क्रियाकलापलाई संस्थागत रुपमा सुरुवात गरेको छ । सोमबार वितामोडको आदर्श व्याङ्केट पार्टी प्यालेसको सभा हलमा एक कार्यक्रमको उद्घोष गदै औपचारिक शुभारम्भ गरिएको हो । आदर्श व्याङ“आदर्श चिन्तन” नाम दिएको मूख्य क्रियाकलापलाई ‘शिक्षा र सद्भाव सम्वृद्धिका’ लागी भन्ने नाराका साथ विभिन्न कार्यक्रम विद्यार्थी तथा समाजका लागी गरिने भएको छ । “आदर्श चिन्तन” को सुरुवाती मै प्रखर वक्ता तथा पूर्व प्रहरी नायब महानिरिक्षक रमेश खरेललाई कार्यक्रममा प्रमुख वक्ताको रुपमा ल्याई बिर्तामोडमा एक कार्यशाला गरिएको थियो। कलेजका निर्देशक संजोग खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रम प्रखर वक्ता रमेश खरेलले विद्यार्थी र युवाहरु माझ…
तेह्रथुम, २६ पुस । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका–१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप १ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।
बिर्तामोड, २६ पुस । झापामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । आइतबार पाँच जनामा कोरोना संक्रमण देखिएकोमा सोमबार २६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज झापाको बिर्तामोडमा ९, भद्रपुर र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र मेचीनगरमा ३–३, दमक, कनकाई र बुद्धशान्तिमा १–१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । यसैबीच प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र…
बिर्तामोड, २६ पुस । ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा भरतलाल गिरी निर्विरोध निर्वाचित भएका छन् । झापा बुट्टाबारीस्थित दशनामी समाज झापाको भवनमा सोमबार भएको नवौं औं बार्षिक साधारणसभाबाट अध्यक्षमा गिरीलाई सर्वसम्मत् निर्वाचित भएका हुन् । नव गठित संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा खिलबहादुर गिरी, सचिवमा शंकर गिरी, कोषाध्यक्षमा खड्ग गिरी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा पार्वता गिरी, जानुका गिरी, एलबहादुर गिरी, नरबहादुर बन, भुपेन्द्रकुमार गिरी, शिवलाल गिरी, जीवनाथ गिरी सर्वसम्मत् निर्वाचित भएका छन् । लेखा सुपिरिवेक्षण समितिको संयोजकमा गणेश गिरी र सदस्यमा घनश्याम गिरी सर्वसम्मत चनय भएका छन् भने एक सदस्य पछि थप गर्ने…
बिर्तामोड, २६ पुस । राष्ट्रिय एकता दिवसको अवसरमा झापाका दुई स्थानीय तहले पुस २७ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । झापाको कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । नेपाल एकीकरणका राष्ट्रिय प्रणेता वडा महाराज पृथ्वीनारायण शाहको योगदानको उच्च सम्मान गर्दै विगत मनाइँदै आएको राष्ट्रिय एकता दिवसलाई गाउँपालिकाले निरन्तरता दिएको गाउँपालिका अध्यक्ष अन्जरा आलमले बताए । उनले बिदाका लागि सार्वजनिक सूचना जारी गर्दै दिवसलाई भव्यताका साथ मनाउन आग्रह गरेका छन् । त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन बिदा दिएको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए । यता, राष्ट्रिय प्रजातन्त्र पार्टी…