झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० पुस । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् । सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान…

Read More

झापा, ३० पुस । चालू आर्थिक वर्ष (आव) को पाँचौं महीना अर्थात् मङ्सिरसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा औसतमा ६ दशमलव ५ प्रतिशतभित्र उपभोक्ता मूल्यवृद्धि राख्ने लक्ष्य लिएको थियो । तर, मङ्सिरमा त्यो शून्य दशमलव ६१ प्रतिशत विन्दु बढी अर्थात् ७ दशमलव ११ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आवको मङ्सिरसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विषयक प्रतिवेदनअनुसार मङ्सिरमा मात्र मूल्यवृद्धि १ दशमलव ७९ प्रतिशत विन्दुले बढेको छ । गत कात्तिकमा मूल्यवृद्धि ५ दशमलव ३२ प्रतिशत रहेको थियो । यो मूल्यवृद्धि पछिल्लो ५ वर्षयताकै उच्च समेत…

Read More

झापा, ३० पुस । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचनको निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा सम्पन्न गर्न सम्भव भए १४ वैशाख नभए १४ र २२ वैशाखको मिति प्रस्ताव गरेको थियो । तर, सरकारले भने आयोगले मिति प्रस्ताव गरेको दुई साता बित्दासमेत स्थानीय तहको निर्वाचनका लागि आयोगलाई कुनै राय दिएको छैन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि ५ जेठमा समाप्त हुँदै छ । संविधानको धारा २२५ मा स्थानीय…

Read More

झापा, ३० पुस । प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो । त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए । यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका सबै बैठकमा अवरोध गरिरहेको छ । बिहीबारसम्म दुवै अधिवेशन गरे र ८३ दिन पुगिसकेको छ । नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन्…

Read More

सन्तोष शर्मा बिर्तामोड, ३० पुस । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला संक्रमितको उपचारमा महत्वूर्ण मानिने अक्सिनज हाल झापामा पर्याप्त मात्रा रहेको छ । झापाका सरकारी तथा निजी अस्पतालमा अक्सिनज प्लान्टसँगै अक्सिजन कन्सन्ट्रेटर मेसिन पर्याप्त रहेकाले जिल्लामा अक्सिजन पर्याप्त रहेको हो । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चम्लागाईंले पालिका तथा अस्पतालहरुमा अक्सिजन बनाउने मेसिन ‘अक्सिजन कन्सन्ट्रेटर’ पर्याप्त रहेको जानकारी दिए । ‘जिल्लामा अहिले अक्सिजनको अभाव छैन, प्रायः अस्पतालाले आफूलाई चाहिने अक्सिजन आफैँ उत्पादन गरिरहेका छन्’, उनले भने, ‘जिल्लाका पालिकाहरुमा पनि अक्सिजन उत्पादन गर्ने मेसिन पर्याप्त छन् ।’ मेची प्रादेशिक अस्पताल भद्रपुरमा हाल दुई वटा अक्सिजन प्लान्ट स्थापना गरिएको…

Read More

सुनसरी, २९ पुस । जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउण्ड गोली सहित ४ जनाको समुहलाई पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियार सहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साझ र बिहिवार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका–७ घुस्कीका २० बर्षीय सबिर मिया, ३१ बर्षीय सवरेज मिया, सोही स्थानका २५ बर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका–६ का २३ वर्षिय फरियाद अन्सारी रहेका छन् । सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट…

Read More

इलाम, २९ पुस । १८ बर्षीय किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय इलामले २० बर्ष पछि पक्राउ गरेको छ । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका इलामको साबिक पशुपतिनगर–३ का ४१ बर्षीय गोरे भनिने मनकुमार राईलाई घटनाको २० बर्ष पछि यही पौष १६ गते पक्राउ गरेको हो । इलामकै कन्याम घर भई आफ्नो माइती घर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना राईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ…

Read More

झापा, २९ पुस । झापामा ३३ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमण भएको छ । ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा २, धनकुटा, संखुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ११४, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे, बुढीगंगा र कटहरीमा २–२, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनबर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा १–१, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा ३, दुहवी…

Read More

सतासीधाम, २९ पुस । शिवसतासी नगरपालिका वडा नं–७ मा आयोजित पार्टी प्रवेश तथा सदस्यता वितरण कार्यक्रममा २ सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस शिवसतासी नगरपालिका वडा नं–७ को आयोजनामा सम्पन्न कार्यक्रममा कांग्रेसमा प्रवेश गरेको नगर सभापति अशोक बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार नेपाल प्रहरीका सेवा निवृत प्रहरी नायव निरीक्षक श्रीप्रसाद लिङदेनसहित २ सय ३ जनाले विभिन्न पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टीमा प्रवेश गर्नेलाई नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले फुल, माला, अविर र खादा लगाएर स्वागत गर्दै साधारण सदस्यता प्रदान गर्नुभयो । वडा सभापति जय लिङदेनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो…

Read More

ताप्लेजुङ, २९ पुस । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ । चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको छ । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको…

Read More