
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा तथा तराईका केही ठाउँमा हुरीको समेत सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना छ । अज राति कोसी प्रदेश, मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ । कोसी प्रदेश,…
बिर्तामोड, १८ भदौ । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्को सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ । एक करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यसहित राजु न्यौपाने नेतृत्वमा निर्वाचित कार्यसमितिले एक वर्ष अघि सुरु गरेको राहत कोषमा करिव २५ लाख रुपैयाँ जम्मा भएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा राहत कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले जानकारी दिए । आफ्नो जन्म दिनको अवसर पारेर वुधवार हिमालय भेराइटिजकी सञ्चालक सीता अधिकारी न्यौपानेले राहत कोषका लागि २५ हजार ५ सय…
झापा, १८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक) मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
झापा, १८ भदौ । नेपाल चिया उत्पादक सङ्घ र श्रमिक ट्रेड युनियनहरूबीच चिया मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ। नवौँ चरणको वार्तापछि नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले सहमतिको जानकारी दिनुभयो। सोमबार नेपाल चिया उत्पादक सङ्घको कार्यालयमा सम्पन्न सहमतिमा सङ्घका तर्फबाट वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गर्नुभयो। श्रमिक पक्षबाट नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष राई, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा, र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गर्नुभयो। नयाँ पारिश्रमिक दर:दैनिक पारिश्रमिक: न्यूनतम रु ५६५मासिक पारिश्रमिक: न्यूनतम रु १५,६९९पहिलेको दर: दैनिक रु ५००, मासिक रु १३,८९३ वृद्धि विवरण:दैनिकतर्फ…
शिवसताक्षी, १८ भदौ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ज्येष्ठ नागरिक वडा समितिले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज शिवसताक्षीको वडा नं. ६ शिवगञ्ज स्थित ज्येष्ठ नागरिक भवनमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको अवसर पारेर ज्येष्ठ नागरिकले अध्यक्षकोषमा सहयोग गर्ने ज्येष्ठ नागरिक सदस्य तथा पूर्व शिक्षक बलबहादुर राईलाई सम्मान गरिएको छ । बल बहादुर राईकी छोरी संगीता राईले अक्षयको लागि नगद २५ हजार सहयोग प्रदान गरेकी थिइन् । छोरी संगीता विदेशमा रहेकाले उहाँका पितालाई सम्मान गरिएको ज्येष्ठ नागरिक वडा समितिले जनाएको छ । त्यस्तै साधारण सभाकै अवसर पारेर वडाका ८५ वर्ष…
यी लक्षण देखिएमा सुन्ने क्षमता (श्रवण शक्ति) कम हुनसक्छ – १. अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोराउन अनुरोध गर्नु२. टेलिफोनमा कुरा गर्न गाह्रो हुनु३. चराचुरुङ्गीको आवाज नसुन्नु४. कान कराउनु५. बोलेको सुन्नु तर नबुझ्नु६. अरुसंग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु७. धेरै हल्ला भएको ठाँउमा कुरा गर्न गाह्रो हुनु८. रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु श्रवण शक्ति कम हुन नदिने उपायहरु – १. चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास (इयर प्लग)को प्रयोग गरौँ ।२. मोवाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगरौँ ।३. हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुनौं ।४. जथाभावी सवारी साधनको हर्न नबजाऔँ ।५. ठूलो आवाज भएको…
मिस होस्टल नेपाल–२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गरेकी छन्। काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत साउन २५ गतेदेखि आजसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहाना श्रेष्ठ प्रथम भएकी हुन् । यसैगरी दोस्रोमा सेन्ट्रल गल्र्स होल्टल पुतलीसडककी छात्रा वन्दना खरेल र तेस्रोमा श्रीया गल्र्स होस्टल बुद्धनगरकी छात्रा स्वर्णिमा सापकोटा भए। प्रथम, द्धितीय र तृतीय हुने छात्राहरुलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदसहित ताज, गिफ्ट ह्याम्पर तथा होस्टलबाट छात्रावृत्तिसमेत प्रदान गरिएको छ । प्रथम हुने श्रेष्ठलाई एभरेष्ट अस्पताल नयाँबानेश्वरले सद्भावना दूत नियुक्त गरेको छ । यस्तै मिस कोशी सुहाना…
मोरङ, १८ भदौ । मोरङमा सशस्त्र प्रहरी हवल्दार नै लागूऔषधसहित पक्राउ परेका छन् । गएराति ८ बजे मोरङको रतुवामाई नगरपालिका १ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालीनी मोरङ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगा मोरङमा कार्यरत पर्सा बिरगंज ७ रानीघाट बस्ने ३४ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिस गिरी लागूऔषधसहित पक्राउ परेका हुन् । उनी सुत्ने ओछ्यानको सिरानीमुनि खुकुरी चुरोटको बट्टाभित्र कालो रंगको प्लाष्टिकमा लुकाई छिपाई राखेको अबस्थामा प्लाष्टिकसहित ४८० मिलिग्राम ब्राउनसुगर फेला परेको हो । उनलाई लागूऔषधसहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ ।
चन्द्रकला भण्डारीझापा, १८ भदौ । मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ । यहाँका लगभग डेढ सय बासिन्दा दिनदिनै उपभोग्य वस्तु किन्न भारतीय बजार धाउँछन् । बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ । आदिवासी समुदायका राजवंशी, सन्थाल, यादवलगायतको बसोवास रहेका यी तीन गाउँका नेपालीको जीविकाको मुख्य स्रोत खेतीपाती र पशुपालन हो । गाउँमा पढेलेखेका खासै मानिस छैनन् । नदीले भूगोल अलग्याएर मेची पारि पुर्याएपछि यहाँ राज्यको उपस्थितिको नाममा…
झापा, १८ भदौ । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो भने अस्ति तोलाको दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।