
झापा, १९ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा तथा तराईका केही ठाउँमा हुरीको समेत सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना छ ।
अज राति कोसी प्रदेश, मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


