
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, १२ चैत । सतासीधाम सामुदायिक वनका सचिव इन्द्र सापकोटामाथि झापाको झिलझिलेमा दुव्र्यवहार भएको छ । सार्वजनिक स्थानमा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का धनबहादुर राईलाई नियन्त्रणमा लिएको छ । ६४ वर्षीय सापकोटामाथि राईले मापसे गरेर नशाको सुरुमा दुव्र्यवहार गरेको सामुदायिक वनका अध्यक्ष हेमबहादुर थापाले बताए । सामुदायिक वनको सल्लाहकार समितिको गठनका विषयमा राईले अध्यक्ष थापालाई जिज्ञासा राखेका थिए । अध्यक्ष थापाले आफू दुई साता अघि मात्र निर्वाचित भएर अध्यक्षको पदवहाली गरेको बताउँदै सामुदायिक वनको विधानमा भएको व्यवस्था आफूलाई जानकारी नभएको बताएका थिए । राई र म बीच वादविवाद भएकै बेलामा सचिव सापकोटा आइपुगेपछि सचिव माथि…
धरान, १२ चैत । सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १५ का २२ वर्षीय सुजन धमला, २५ वर्षीय बिधान आलेमगर, १९ वर्षीया मनुषा तामाङ र धरान १७ का २१ वर्षीय अर्पण धमला रहेका छन् । विशेष सुराकका आधारमा बुधबार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेकामध्ये विधान आलेमगरको घरमा खानतलासी गर्दा कोठामा रहेका चारै जनालाई नियन्त्रणमा लिई कोठामा रहेको फ्रिज खोलेर हेर्दा उनीहरुले लुकाई राखेको ११ ग्राम ब्राउनसुगर बरामद गरेको हो । कोठामा ब्राउनसुगरसहित पक्राउ परेका चारै जना उपर लागुऔषध मुद्दामा कानुनी कारबाही अगाडि बढाई थप अनुसन्धान भइरहेको इलाका…
झापा, १२ चैत । मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज दिउसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक धनपालथान–७ का ६० वर्षीय मुस्तफी मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी दोलाखा तामाकोशी–३ पुरानोगाँउका २८ वर्षीय पवन महतको स्काभेटर दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो पाँचथरको कुम्मायक–४…
सन्तोष शर्माबिर्तामोड, १२ चैत । झापामा क्षयरोग निको हुने दर उच्च रहेको पाइएको छ । झापामा क्षयरोग निको हुने दर ९०.१ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा क्षयरोग निको हुने दर बढ्दै गएको उहाँले बताउनुभयो । “झापामा रोगी पत्ता लगाउने दर पनि १०३ प्रतिशत छ”, उहाँले भन्नुभयो, “जसले गर्दा रोगीको पहिचान र उपचार प्रभावकारी भइरहेको छ ।” आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा चार सय महिला र ७१० पुरुष गरी एक हजार ११० जना क्षयरोगी फेला परेका थिए । चालू आव २०७७÷०७८ को फागुन मसान्तसम्ममा ३७३ महिला र ६३० गरी एक हजार…
सुनसरी, १२ चैत । ईटहरी उप(महानगरपालिका-९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका-१० का ४१ बर्षीय जल्लाउदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाले ईटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् । उनीहरुले ठकुरीलाई बिभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेको र सम्पर्क बिहिन भए संगै आफु ठगिएको थाहा पाई ठकुरीले ईलाका प्रहरी कार्यालय ईटहरीमा जानकारी गराएका थिए । ठगी भएको सूचना पाए संगै ठगी गर्ने…
दिपक दासविश्व भर फैलिएको कोरोना महामारी कोभिड १९ चिन को वुहान बाट सुरु भइ संसार भर फैलियो । चीनमा हजारौ को संख्या मा देखियेको कोरोना भाइरस को रोकथाम तथा न्यूनीकरण गर्न सुरु भयेको लकडाउन कायम भएका विश्व भरिका प्रमुख शहर विश्व मान चित्र नै लकडाउनमा फस्यो । विश्व भर लकडाउन पालना भएका शहरका दृश्य विश्व एउटा गाउँ भैसकेको परिपेक्षमा सबै लाई सहज उपलब्ध हुने सञ्चार , ईन्टरनेटले सबल तुल्यादियो । विश्व भर सुनसान , संन्नाटा ल्याउन सफल कोभिड १९ को महामारी अबको नयाँ विश्व इतिहासको वा यस शताब्दी कै प्रमुख चुनैती बन्न उन्मुख भयो ।विभिन्न देशमा भएका लकडाउनले मानव जीवनमा…
बिर्तामोड, ११ चैत । बिर्तामोड नगरपालिका–४ मा रहेको तारा नमस्ते बालग्राम बालआश्रममा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री र स्कुल ब्याग वितरण गरिएको छ । सो आश्रममा रहेर विभिन्न विद्यालयमा अध्ययनरत सीमान्तकृत आदिवासी र मधेसी समुदायका अभिभावक विहिन बालबालिकाहरूलाई आश्रममा पुगेर निमार्ण व्यवसायी संघ झापाले शैक्षिक सामग्री र स्कुल ब्याग वितरण गरेको हो । निमार्ण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत, महासचिव ओम पौडेल, कार्यसमिति सदस्य सिताराम ढुङ्गेल, यज्ञनिधि भुर्तेल, लोकेन्द्र श्रेष्ठ, कार्यालय सचिव ज्योति पौडेलले आश्रमका १९ विद्यार्थीलाई संयुक्त रुपमा स्कुल व्याग तथा शैक्षिक सामाग्री हस्तानतरण गरेका हुन् । सामाजिक उत्तरदायित्व अन्तरगर्त बर्षेनी निमार्ण व्यवसायी संघ झापाले बिभिन्न सामाजिक कार्यहरु गर्दै…
बिर्तामोड, ११ चैत । झापा, मोरङ र उदयपुरको तिन छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । झापा मेचिनगर-६ का २० बर्षीय विवेक नेम्वाङ १ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन । उनलाई पानीटंकीबाट नेपाल तर्फ आईरहेको अवस्थामा मेची पुलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ । यसै गरी मोरङ केराबारी-१० का २९ बर्षीय रण बहादुर राई १० के.जी.लागुऔषध गाँजा सहित पक्राउ परेका छन । को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनलाई चेकजाँच गर्दा बोरामा बाधेर मोटरसाईकलको पछाडी लुकाएर राखीएको गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी…
बिर्तामोड, ११ चैत । झापाको बिर्तामोडमा आज विश्व क्षयरोग दिवस मनाइएको छ । ‘संकेत समयको क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दिवस मनाइएको हो । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा क्षयरोग निवारणमा योगदान पु¥याउने चार जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा सूर्योदय टेलिभिजनका पत्रकार तिलक योञ्जन, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका गंगाकुमारी केसी, चारपाने स्वास्थ्य चौकीका कृष्णकुमारी अधिकारी, गरामनी स्वास्थ्य चौकीका राजेन्द्र निरौला, अनारमनी नगर अस्पतालका अजय बिकलाई सम्मान गरिएको थियो । कार्यक्रमा नगर प्रमुख शिवाकोटी उहाँले प्रतिनिधिमूलक रुपमा सम्मान गरिए पनि क्षयरोग निवारणमा सबैको भूमिका गहन भएको बताउनुभयो । उहाँले क्षयरोग…
झापा, ११ चैत । सरकारले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यसको घोषणा गर्न लगाउने तयारीमा लागेको छ । मन्त्रालयका सहसचिव डा।विमल निर्मलले धुलो दूध, बटर, मासु (भैँसीबाहेक) र अण्डा आयात शून्यमा झरेको छ र नेपालमा भएको उत्पादनले नै पर्याप्त रहेको बताए । नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको छ तर उत्पादन तीन हजार चार सय…