झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ असोज । बितेको २४ घण्टामा देशभर कोरोनाबाट थप २२ को मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना संक्रमित भइ ७६ जना भेन्टिलेटरमा रहेकोमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३२९ जना आईसीयुमा उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ। आजमात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा मात्रै…

Read More

बिर्तामोड, २५ असोज । साझामञ्च मिडिया प्रालिको अध्यक्षमा एकराज कार्की पुनः सर्वसम्मत चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । पुनः अध्यक्ष चयन भएका कार्की प्रदेश सभाका माननीय सदस्य हुन् । कम्पनीको उपाध्यक्षमा खड्गप्रसाद दाहाल र बोर्ड अफ डाइरेक्टरहरुमा नारायण पोखरेल, हरि शर्मा र कृष्णप्रसाद घिमिरे चुनिएका छन् । कम्पनीको कार्यकारी प्रमुखमा साझामञ्च डटकमका प्रधानसम्पादक गोपाल काफ्लेलाई जिम्मेवारी दिइएको छ । कम्पनीले साझामञ्च डटकम, साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रम, साझामञ्च टपटेन न्यूज बुलेटिन प्रकाशन÷प्रसारण गर्दै आएको छ । विगत ७ वर्षदेखि सही र…

Read More

खोटाङ, २५ असोज । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक ब्याक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय छत्रबहादुर गिरी रहेका छन । गत शुक्रबार विहान ५ बजे गिरीले आफ्नै श्रीमती ४४ बर्षीया ज्ञान कुमारी गिरीको हत्या गरेका थिए । आफ्नै घरमा बसिरहेको अवस्थामा विहानी पख उनिहरु विच घरायसी विषयमा सामान्य बादविबाद हुदा छत्रबहादुरले एक्कासी मसला पिस्ने लोहोरोले ज्ञान कुमारीलाई कन्चटमा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन । घाईते ज्ञान कुमारीलाई थप उपचारको लागी गाडीमा काठमाण्डौ लैजादै उर्दा सोही दिन दिउसो सवा २ बजे उनको बाटोमै मृत्यु भएको थियो । यता श्रीमतीलाई…

Read More

झापा, २५ असोज । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई मिर्गौलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३ः५० मा मृत्यु भएको थियो । तीन घण्टाका फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६ः४० बजे…

Read More

काठमाडौँ, २५ असोज । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीले आइतबार अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोडेका हुन् । शनिवार मध्यरातमा डा केसी र सरकारबीच आठ बुँदे सहमति भएको थियो। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गरेका छन् । शिक्षण अस्पतालमा अनसनमा बसेका डा केसीले सोही अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडे।

Read More

मोरङ, २५ असोज । मोरङ कानेपोखरी–४ त्रिबेणी चोक बस्ने ३३ बर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको छ । हिजो राती साढे १० बजे सोही स्थान स्थितमा रहेको करिया खोलामा माझीलाई आफन्त सहित स्थानीयहरुले डुबेर वेहोस भएको अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए । पानीमा डुबेर वेहोस भएका माझीको घोपा धरानमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

झापा, २५ असोज । झापा कमल गाँउपालिका–२ त्रिवेणी चौक बस्ने ३४ बर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन । हिजो साझँ पौने ६ बजे थापाले २४ बर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेका हुन् । घरायसी विषयमा बादबिवाद हुँदा एक्कासी थापाले आफ्नै श्रीमती रितालाई धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २५ असोज । मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना परीक्षण फेरि बन्द भएको छ । पीसीआर मेसिनको रिएजेन्ट सकिएपछि परीक्षण बन्द भएको हो । होल्डमा रहेका स्वाबको परीक्षण सकिएपछि थप परीक्षण गर्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । यसअघि पनि रिएजेन्ट सकिएपछि परीक्षण रोकिएको थियो । अस्पतालका प्रयोगशाला फोकल पर्सन जितेन्द्र झाले थप रिएजेन्ट नआउँदासम्म स्वाब जाँच्न नसकिने बताए । अस्पतालमा दुई वटा परीक्षण मेसिन छन् । यसबाहेक कनकाईको प्रयोगशाला पनि अस्पताल मातहतमा छ ।

Read More

झापा, २५ असोज । समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप महिलामाथि लगाइन्छ । के यो आरोप सत्य हो त ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ महिनाको अवधिमा भ्रष्टाचारजन्य कार्यमा संलग्न महिला तथा पुरुषको लैङ्गिक तथ्याङ्क सार्वजनिक गरेको छ । नेपालको सामाजिक बनोट पित्तृसत्तात्मक भएजस्तै भ्रष्टाचारजन्य कार्यमा पुरुषकै रजाइँ (रजगज) रहेको तथ्याङ्कले देखाउँछ । अख्तियारका अनुसार सो अवधिको भ्रष्टाचारजन्य कार्यमा ८९ प्रतिशतभन्दा बढी पुरुष संलग्न भएको पाइएको छ भने त्यस्ता कार्यमा महिलाको सहभागिता १०.७७ प्रतिशत मात्रै छ…

Read More

काठमाडौं, २५ असोज । शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो । एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । भोको पेट भर्न आएकाहरू गाडी चिन्छन् र आफूले लगाएका चप्पल खोलेर लाइन लागेर भुइँमा बस्छन् । हरियो ज्याकेट लगाएका युवाहरू कागजका प्लेट तथा कप बाँड्न थाल्छन् । खाना बाँड्न सुरु हुन्छ । मान्छे थपिएको थपियै छन् । यो दैनिकी विगत ६ महिना अघिदेखिकै हो ।…

Read More