
काठमाडौँ, २५ असोज । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीले आइतबार अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोडेका हुन् ।
शनिवार मध्यरातमा डा केसी र सरकारबीच आठ बुँदे सहमति भएको थियो। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गरेका छन् । शिक्षण अस्पतालमा अनसनमा बसेका डा केसीले सोही अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडे।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



