
झापा, २५ असोज । मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना परीक्षण फेरि बन्द भएको छ । पीसीआर मेसिनको रिएजेन्ट सकिएपछि परीक्षण बन्द भएको हो ।
होल्डमा रहेका स्वाबको परीक्षण सकिएपछि थप परीक्षण गर्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । यसअघि पनि रिएजेन्ट सकिएपछि परीक्षण रोकिएको थियो ।
अस्पतालका प्रयोगशाला फोकल पर्सन जितेन्द्र झाले थप रिएजेन्ट नआउँदासम्म स्वाब जाँच्न नसकिने बताए । अस्पतालमा दुई वटा परीक्षण मेसिन छन् । यसबाहेक कनकाईको प्रयोगशाला पनि अस्पताल मातहतमा छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



