झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ साउन । सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो । विपद्मा नागरिकको उद्धार तथा सहयोगका लागि उक्त बेस स्थापना गरी काम गर्दै आएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले जानकारी दिनुभयो । कोशी प्रदेशअन्तर्गत मोरङको बखरी र ओखलढुङ्गाको हर्कपुर, मधेस प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरिया, बाग्मती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको…

Read More

झापा, २२ साउन । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा निधन भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा बुधबार निधन भएको हो। उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक थिए। उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिएका छन्। स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा छन्। भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए। भण्डारीको निधनले…

Read More

झापा, २२ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ । कोसी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति देशभर साधारणतया बदली…

Read More

झापा, २१ साउन । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । नगरपालिकालाई ३० करोड २९ लाखभन्दा बढी हानी–नोक्सानी पुर्‍याएको भन्दै अदालतले थापासहित अन्य दुई जनालाई दोषी ठहर गरेको हो । उनीहरूको सजाय निर्धारणका लागि अदालतले साउन २९ गतेको मिति तोकेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार थापा, विमलकुमार पोखरेल र सागर पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा दोषी ठहर गरेको हो । उनीहरूले बागमती नगरपालिकाको मूल्य अभिबृद्धि करसहित कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० बराबरको नदीजन्य पदार्थमा…

Read More

काठमाडौं, २० साउन । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ। बुधबार भुटानको थिम्पुस्थित चिम्लिङथाङ रंगशालामा दुवै टिमले १–१ गोल गर्दै अंक बाँडे । नेपालका लागि फरवार्ड सेनु परियारले खेलको पहिलो मिनेटमै अग्रता दिलाइन्। तर, १९औँ मिनेटमा केल्जिन वाङमोले भुटानका लागि बराबरी गोल फर्काइन्। दोस्रो हाफमा दुवै टिमले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। नेपाल रहेको समूहमा दक्षिण कोरिया, भुटान र साउदी अरेबिया छन्। प्रत्येक समूहको विजेता टोलीले २०२६ मा आयोजना हुने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। सोही दिन समूह ‘ए’ अन्तर्गत दक्षिण कोरियाले साउदी अरेबियाविरुद्ध १५–० को फराकिलो…

Read More

काठमाडौं, २१ साउन । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदामाथि छलफलका क्रममा तीव्र वादविवाद देखिएको छ। नेपाली कांग्रेसका नेता एवं सांसद कृष्णप्रसाद सिटौलाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव शिशिर कोइरालाको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै तीव्र विरोध गरे। सहसचिव कोइरालाले ‘नदीनालाको पानी उपयोग गर्न सरकारले जल तथा ऊर्जा आयोगसँग अनुमति लिनुपर्ने’ धारणा राखेपछि सिटौलाले प्रतिवाद गर्दै भने, “मन्त्रिपरिषद्लाई कर्मचारीतन्त्रले नियन्त्रण गर्ने कुरा सह्य हुँदैन।” सिटौलाले ऊर्जा मन्त्रालयका मन्त्री दीपक खड्कालाई संकेत गर्दै कर्मचारीलाई ‘बोल्ने तरिका सिकाएर ल्याउन’ आग्रह गरे। उनले राज्यको सम्पत्तिमा सरकारको स्वायत्त प्रयोग अधिकार कुण्ठित गर्ने किसिमको प्रस्तुति अस्वीकार्य भएको स्पष्ट गरे।…

Read More

विनोद सापकोटाझापा, २१ साउन । झापामा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको आन्तरिक कलह सतहमा आएको छ । १४ औं जिल्ला अधिवेशनपछि संगठनभित्र मतभेद चुलिएको प्रष्ट देखिन थालेको छ । निर्वाचनको परिणामपछि नेतृत्व पंक्तिमा आएका र पराजित बनेका समूहबीच गहिरो असमझदारी कायम रहँदा संगठनको समग्र एकता र कार्यसम्पादनमा असर परेको देखिन्छ । प्याब्सन झापाको नेतृत्वका लागि सम्पन्न अधिवेशनमा अध्यक्ष पदमा छत्र कार्की १७६ मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने प्रतिस्पर्धी जनार्दन ढकालले १०८ मत प्राप्त गरेका थिए । निर्वाचनपछि नयाँ कार्यसमिति गठन भएसँगै जिल्लास्तरीय गतिविधिहरू अगाडि बढ्ने अपेक्षा यसका सदस्य विद्यालयले गरेका थिए । तर त्यसको सट्टा पराजित…

Read More

बिर्तामोड,२१ साउन । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे नेतृत्वको जिल्ला पदाधिकारीसहितको एक प्रतिनिधि मण्डलले भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र कृषि मन्त्री रामनाथ अधिकारीसँग आज भेटघाट गरी बिकास निर्माण र कृषि क्षेत्रको समस्या समाधानमा ध्यानाकर्षण गराएको छ । प्रतिनिधि मण्डलले मन्त्री दाहाललाई एसियन हाइवे निर्माणका क्रममा बिर्तामोड चोक बजारको फ्लाइओभर निर्माण गर्दा बजारको सौन्दर्य र बजारको ब्यापारलाई असर नपुग्ने गरी यातायातका साधन आवागमनमा सहजता हुने गरी ब्यवस्थित रुपमा काठमाण्डौ कलंकीको जस्तै बाइपास बनाउन सुझाव दिएको छ । त्यसैगरी, कृषि मन्त्री अधिकारीसँग अन्नबालीका साथै चिया लगायतका नगदे बालीका लागि आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल तत्काल उपलब्ध…

Read More

झापा, २१ साउन । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९८ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८० रुपैयाँ रहेको थियो ।

Read More

विराटनगर, २१ साउन । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र शान्तिसिंह थापाको इजलाशले उक्त रिट निवेदन नै खारेज गर्ने फैसला गरेका हुन् । सर्वोच्चको यो फैसलासँगै अब प्रमुख प्रशासकीय भवन निर्माण गर्न र केन्द्र सार्न पालिकालाई सहज भएको छ । कानेपोखरी ६ का रोमन पराजुली समेत ४…

Read More