झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ साउन । ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ पनि छन्। चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट बिहीबार राति पक्राउ परेका हुन्। उनले यसअघि २०७४ वैशाख २६ मा पनि त्यही स्थानबाट गिरफ्तारी सामना गरेका थिए। उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले ‘अवाञ्छित गतिविधि गर्ने केहीलाई नियन्त्रणमा लिएका छौँ, संख्या यकिन हुँदै छ’ भन्दै अपरेसनबारे जानकारी दिएका छन्। काठमाडौंका एसएसपी विश्व अधिकारी रातभर अपरेसनमा सक्रिय थिए। साउन १५ गते बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ ‘सानुभाइ पनि पक्राउ परेका…

Read More

झापा, १६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति…

Read More

शिवसताक्षी, १५ साउन । झापाको शिवसताक्षीमा निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तीनदिने तालिम आजदेखि सुरु भएको छ । आजबाट सुरु भएको तालिमको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका हुन् । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था महिला सचेतना सशक्तिकरण नेपाल, काठमाडौं को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । तालिम उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले यस्ता तालिमहरुले जनप्रतिनिधिहरुलाई कानुनी जानकारी प्राप्त गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । “कतिपय अवस्थामा न्यायसम्बन्धी निर्णय गर्न कानुनी अप्ठ्यारा आउँछन्। यस्तो तालिमले प्रतिनिधिहरुको कार्यक्षमता बढाउँछ,” उनले भने । कार्यक्रमकै अवसरमा संस्था भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने कृष्णप्रसाद हुमागाई र सुनिता…

Read More

सरोज भट्टराईझापा, १५ साउन । नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता शिवसताक्षीको दुधेमा हुने भएको छ । शिवसताक्षीको दूधे स्थित नवनिर्मित दूधे रंगशालामा आगामी कार्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । आयोजक झापा महिला गोल्ड कप अध्यक्ष सन्तोष थोप्राले महिला फुटबलको विकास, प्रवद्र्धन र ग्रामीण क्षेत्रका महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । झापा जिल्लालाई महिला फुटबलको हबका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखी लगानी गरिएको उनको भनाई थियो । नेपालमै सर्वाधिक पुरस्कार राशीको तयारीप्रतियोगिताको विजेता टिमलाई नेपालमै सर्वाधिक पुरस्कार राशी प्रदान गरिने आयोजकको तयारी छ । प्रतियोगितामा…

Read More

झापा, १५ साउन । झापामा महिलाले महिलालाई नै लाखौँ रकम ठगी गरेको अर्को घटना सार्वजनिक भएको छ । ४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोड ५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) लाई प्रहरीले पक्राउ गरेको हो । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । बिर्तामोड ५ बस्ने बोलीकुमारी नेम्बाङले ४५ लाख ३३ हजार ७५० रुपैयाँको बिगोसहित लिम्बूविरुद्ध ठगीसम्बन्धी जाहेरी दिएकी थिइन् । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

Read More

काठमाडौं, १५ साउन । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले बुधवार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका–२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा(१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । पटके गुण्डाका रूपमा चिनिने सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेकोमा मिडियाबाट प्रमाणसहित दबाब बढेपछि पक्राउ परेका थिए । उनीसहितको…

Read More

झापा, १५ साउन । सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ४० रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय २० रुपैयाँ रहेको थियो ।

Read More

वासिङ्टन, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएको छन् । साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेको छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताउनुभयो । साथै सोही दिन अन्य भन्सार वृद्धिहरू (जसमा केही ५० प्रतिशतसम्म हुनेछन्) पनि लागु हुनेछन् । छुट्टै पोस्टमा ट्रम्पले अगस्ट १ को समयसीमा ‘बलियो छ र विस्तार गरिने छैन’ भन्नुभएको छ । उहाँले यसअघि अप्रिलको सुरुमा पहिलो पटक घोषणा गरेदेखि आफ्ना तथाकथित ‘पारस्परिक’ भन्सारहरूमा धेरै ढिलाइ गर्नुभएको थियो र १० प्रतिशत अन्तरिम आधारभूत…

Read More

दाङ, १५ साउन । दाङको घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा आज भएको दुर्घटनामा ट्र्याक्टरमा सवार तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । तुलसीपुरबाट बिजौरीतर्फ गुडिरहेको रा १ त ३४७८ नम्बरको खाली ट्र्याक्टर आज बिहान ११ बजेतिर मोतिपुर ओरालोमा अनियन्त्रित भएर पल्टिएको हो । प्रहरीले ट्र्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको छ ।

Read More