
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ कात्तिक । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि…
उर्लाबारी, २३ कात्तिक । मोरङको उर्लाबारीस्थित त्रिकाल परिवार फाउण्डेशनका प्रतिनिधिहरुले वक्राह नदी तटबन्धका लागि विनियोजित १६ लाख रुपैयाँ हिनामिना नगरेको दाबी गरेका छन् । उनीहरुले शुक्रबार उर्लाबारीको दुर्गापुरीमा पत्रकार सम्मेलन गरी आफूहरुमाथि लागेको आरोपको खण्डन गरेका हुन् । गत असारमा वक्राह नदीमा आएको बाढीले उर्लाबारी–८ स्थित सन्थाल बस्ती प्रभावित भएको थियो । बस्ती जोगाउन त्यस ठाउँमा गरिएको अस्थायी तटबन्धका लागि कोशी वक्राह नियन्त्रण कार्यालय विराटनगरले १६ लाख रुपैयाँ निकासा गरेको थियो । फाउण्डेशनका प्रतिनिधि नारायण बस्नेत र इन्द्र लामाले बाँस खरिद र मजदुरहरुको रोजीरोटीका लागि सो रकम खर्च गरिएको बताएका छन् । नदी नियन्त्रणका लागि भएको बाँस खरिद र मजदुरहरुको…
सान नेपालगौरादह, २३ कात्तिक । झापा गौरादहमा आयोजना हुन गइरहेको आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव–२०७६ को शिलशिलामा शुक्रवार वृहत छलफलको आयोजना गरिएको छ । गौरादह ३ स्थित सामुदायिक भवन (अतिथि सदन) मा आयोजना गरिएको अनौपचारिक छलफल कार्यक्रममा गौरादह नगरपालिका भित्रका विभिन्न धार्मिक संघ सँस्था तथा मठ मन्दिरको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा आप्mना धारणा राख्दै महोत्सव मुल समारोह समितिका अध्यक्ष डा. तिलक खनालले कार्यक्रमको मोडालिटीको वारेमा प्रकाश पारेका थिए । करिव ३ विघा क्षेत्रफलमा निर्माण गरिने महोत्सव स्थलको वारेमा जानकारी गराउँदै खनालले महोत्सवमा रहने आकर्षण वारेमा समेत जानकारी गराएका थिए । विश्वकै चर्चित सक्तिपिठको रुपमा रहेको पाथिभरा देवीको मन्दिरको प्रतिरुप…
तेह्रथुम, २३ कात्तिक । तेह्रथुमको लालिगुरांस नगरपालिका(९ सोल्मामा अरिङ्गालको टोकाईबाट ३ बर्षिय बालकको मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजेको समयमा नेत्रबहादुर लिम्बुको छोरा बर्ष ३ को निक्सेन लिम्बुलाई आफ्नै बारीमा खेलीरहेको अवस्थामा आरिङगालले शरिरको बिभिन्न भागमा टोकेर घाईते बनाएको थियो । घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम ल्याईएकोमा उपचारको क्रममा दिउँसो २ बजेको समयमा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
कवितादीपक चापागाईं १९५० मा असमान सन्धी भयो हामी कमजोर थियौ स्वीकारियो। पानी लैजानका लागि सिमना महाकालीमा सारदा ब्यारेज बनियो। दीपक चापागाईं ब्यारेज पूर्व हाम्रो बस्ती बसेको थिऐन हाम्रो ध्यान देशको सिमनामा जाँदै गऐन। तीन कि.मी. जङ्गे पिलर नै सारिदियो हाम्रो ध्यान सत्तामा मात्रै केन्द्रीकृत भयो। फेरि कालापानीमा चिमोटियो हामीलाई दुख्यो एैया मात्र भन्यौं। एकक पल्टलाई मात्र होला भनेर चुपचापले आँखा चिम्लेर बस्यौं । महेसपुरर अनि पशुपतिनगरमा धारिलो तिखा नङ्ग्रा गाडियो। हामीलाई चोट लाग्यो रगत बग्यो छिमेकी हो भनेर घाउ बोकेर बस्यौं । हाम्रो लाहचारी पनको फाइदा लिदै सुस्ताबाट त चोक्टै लुच्छेर लगियो । किन दुखेन हामीलाई, बोल्दै बोलेनौं टुलुटुलु हेरेर…
बनियानी, २२ कात्तिक । झापाको बिर्तामोड नगरपालिका र कमल गाउँपालिकामा एक/एक जना मृत फेला परेका छन् । बिहीबार बिर्तामोड–६ का सुरज राजवंशीको घरमा डेरागरी बस्दै आएका भारत राजस्थान ग्रामपञ्चायत दयालपुरका ४५ वर्षीय भागचन्द्र शर्मा आफ्नै कोठामा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ । उता, झापा कमल गाउँपालिका–३ स्थित केर्खा बजारबाट कमल–२ समयगढका ५५ वर्षीय फतबहादुर महतराको शव फेला परेको छ । महतरा दुई÷तीन महिना अघिदेखि उक्त क्षेत्रमा मागी खाई हिँड्ने गरेको र बिहीबार…
बनियानी, २२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ । मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ । आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
काठमाडौँ, २२ कात्तिक । भारतको बिहारको सीतामढीस्थित सुरसण्डी भन्ने स्थानमा आकाशबाट चाँदी बर्सिएपछि टिप्नेको तछाडमछाड भएको छ । सुन्दै अचम्म लाग्ने यो घटनाले त्यस क्षेत्रका मानिसहरुलाई पनि आचश्र्य चकित बनायो । आकाशबाट चाँदी वर्षीएको कुराले मानिसहरु चाँदी टिपनका लागि हातहातमा भाँडा लिएर तछाडमछाड गर्न थाले । मानिसहरुले एकअर्कालाई अचानक सडकमा यति धेरै चाँदी कहाँबाट आयो भनेर प्रश्न सोधिरहेका थिए । या कोही चोर वा तस्कर चाँदीका दाना कुनै बोरामा यहीबाटो लिएर जाँदै थियो भनेर आशंका पनि व्यक्त गरिरहेका थिए । जानकारहरुले सडकमा भेटिएका चाँदी निकै शुद्ध भएको बताएका छन् । यतिधेरै चाँदी सडकमा भेटिएपछि मानिसहरुले आकाशबाट बर्सिएको भन्ने अपवाह समेत…
झापा, २२ कात्तिक । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२ गोलले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीका लागि दोस्रो हाफमा गोल भएको थियो । गोलको खाता भने चर्च ब्वाइजले खोलेको हो । दोस्रो हाफको २१औँ मिनेटमा चर्च ब्वाइजका कप्तान सन्तोष न्यौपानेले गोल गरे । चर्च ब्वाइजका एलन मगरले मिलाइदिएको…
विराटनगर, २२ कात्तिक । प्रदेश नं १ सरकारले छिन्ताङ घटनाका १६ शहीद परिवारलाई प्रतिपरिवारलाई रु पाँच लाख प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले २०३६ सालमा भएको हत्याकाण्डमा मारिएका परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो । यसैगरी, बैठकले झापा, मोरङ, पाँचथर, धनकुुटा, ओखलढुङ्गा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत रहने गरी प्रदेश लेखा एकाइ स्थापना गर्ने निर्णय भएको छ भने धरानमा स्थापित वन निर्देशनालयमा दशौँ तहका रवीन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने निर्णय भएको सल्लाहकार सुवेदीले बताउनुभयो । कात्तिक २९ गते सुनसरीको धरानमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भव्यरुपमा सफल बनाउने…