
कविता
दीपक चापागाईं
१९५० मा असमान सन्धी भयो
हामी कमजोर थियौ स्वीकारियो।
पानी लैजानका लागि सिमना
महाकालीमा सारदा ब्यारेज बनियो।

ब्यारेज पूर्व हाम्रो बस्ती बसेको थिऐन
हाम्रो ध्यान देशको सिमनामा जाँदै गऐन।
तीन कि.मी. जङ्गे पिलर नै सारिदियो
हाम्रो ध्यान सत्तामा मात्रै केन्द्रीकृत भयो।
फेरि कालापानीमा चिमोटियो
हामीलाई दुख्यो एैया मात्र भन्यौं।
एकक पल्टलाई मात्र होला भनेर
चुपचापले आँखा चिम्लेर बस्यौं ।
महेसपुरर अनि पशुपतिनगरमा
धारिलो तिखा नङ्ग्रा गाडियो।
हामीलाई चोट लाग्यो रगत बग्यो
छिमेकी हो भनेर घाउ बोकेर बस्यौं ।
हाम्रो लाहचारी पनको फाइदा लिदै
सुस्ताबाट त चोक्टै लुच्छेर लगियो ।
किन दुखेन हामीलाई, बोल्दै बोलेनौं
टुलुटुलु हेरेर हामी दर्शक बनेर बस्यौं ।
आज नेपाली नेपालीलाई लडाइँ लगाएर
राष्ट्रघाती र देशद्रोहीहरूलाई जगाएर।
हाम्रो घाँटीमा अट्ठ्याएर दानव बनेर
हामीबाट आधा शरीर खोसेर लगिदैछ।
अब पनि हामी जागेनौँ, सुतिरहने हो भने
शत्रुको पहिचान गरेर नलाग्ने हो भने।
न त यहाँ मेरो देश नेपाल नै रहन्छ
न त यहाँ हामी नेपाली नै रहन्छौं ।
कानकाई (झापा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

