
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ कात्तिक । मंगलबार भाइटीका नलगाएका नेवार समुदायले बुधबार लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् । मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन सकिने उनीहरुको भनाइ छ । कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका छन् । किजा पूजाको अवसरमा सरकारले पहिलो पटक सार्वजनिक विदासमेत दिएको छ । पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा…
सोलुखुम्बु, १३ कात्तिक । सोलुखुम्बुको हिमालयन चेन रिसोर्टमा बास बसेका १ जना ब्रिटिस नागरिकको सुतिरहेको स्थानमा मृत्यु भएको छ । गत ७ गते ब्रिटिसबाट नेपाल आएका वर्षीय ५४ KELLINU JOSEPH CHRISTOPHER नाम गरेका पुरुष ब्यक्ती भ्रमण गर्दै सोलुखुम्बु आएर उक्त रिसोर्टमा बास बसेकोमा आज बिहान साढे ६ बजेको समयमा सुतिरहेको स्थानमा उनी मृत फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय नाम्चेबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागी डाइनेष्टिक एयरको हेलिकप्टरद्वारा काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मोरङ, १३ कात्तिक । मोरङको सुन्दरहरैचा नगरपालिका–९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मंगलबार राति साढे ८ बजेको समयमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फ आउदै गरेको को ३२ प ८७५० नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घट्ना भएको थियो । दुर्घटनामा परेर स्कुटर चालक सप्तरीको महुली बस्ने बर्ष अंदाजी २३ को निश्चल भारती, स्कुटिको पछाडी सबार मोरंगको उर्लाबारी नगरपालिका(४ बस्ने बर्ष २३ की प्रमिला गिरी र मोटरसाईकल चालक झापाको मेची नगरपालिका-१२ बस्ने बर्ष १८ को एलिस भारती घाईते भई उपचारकोलागी तिनैजनालाई…
इलाम, १३ कात्तिक । इलामको इलाम नगरपालिका–१ मानेचोक स्थित मेची राजमार्गमा राकेबाट पुवाखोलातर्फ आउदै गरेको मे ७ प २०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मंगलबार राति साढे १० बजेको समयमा सोही नगरपालिका–४ पुवाखोला बस्ने २७ वर्षीय संजय कटुवाल र बर्ष २७ को सुमन राई सवार मोटरसाईकल दुर्घटनामा परेको थियो । घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएकोमा उपचारको क्रममा राति पौने १ बजेको समयमा संजय कटुवालको मृत्यु भएको थियो भने सुमन राई लाई थप उपचारको लागि झापाको बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
झापा, १२ कात्तिक । सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनुपरेको छ । गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् । ईद, बकरईद, दशैँ र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन् । आवश्यकता परेका बेला बचतकर्ताले राखेको रकम फिर्ता पाउन नसकेपछि उनीहरूमा तनाव र आक्रोश बढेकाले रकम फिर्ताका लागि पटक–पटक आन्दोलन गरे पनि अझै रकम कहिले फिर्ता हुन्छ भन्ने टुङ्गो छैन । “बिरामी भएर थलिँदासमेत सहकारीमा राखेको पैसा बचतकर्ताले फिर्ता पाउन सकेनन्”, रकम फिर्ताका लागि पहल गर्न गठित सङ्घर्ष समितिका अध्यक्ष विजय गुप्ता भन्नुहुन्छ ।…
काठमाडौँ, १२ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले हिजो दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेछ भन्नुुभयो । उहाँले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको सङ्ज्ञा दिँदै उहाँले जनमत काङ्ग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा सभापति देउवाले जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘जय नेपाल…
झापा, १२ कात्तिक । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि…
भद्रपुर, ११ कात्तिक । झापाको भद्रपुर नगरपालिकामा वडा कार्यालय र आधारभूत स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको छ । रू १ करोड ७० लाख ७८ हजार २ सय २ रूपैयामा भ्याटसहित सगरमाथा कन्ट्रक्सनले ठेक्का पाएको वडा कार्यालय भवन २०७७ मंसिर १५ गते निर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा पाएको । त्यस्तै, स्वास्थ्य चौकीको २२ लाख ९५ हजार ८ सय ७० रूपैयामा यही पुस २ गते निर्माण सम्पन्न गर्ने गरी शान्ति निर्माण सेवाले ठेक्का पाएको छ । वडा कार्यालय निर्माणका लागि अचुतप्रसाद पोखरेलले ५ कठ्ठा र कुमारप्रसाद ओझाले २ कठ्ठा जमिन निःशुल्क दिएका थिए भने स्वास्थ्य चौकी भवन निर्माणका लागि वडा…
भद्रपुर, ११ कात्तिक । भद्रपुर–३ स्थित सन्थाल बस्ती सूर्यनगरमा सम्पन्न तेस्रो सन्थाल कप जिल्ला स्तरीय नकाउट फुटवल प्रतियोगिताको उपाधी मदरगाछ फुटवल क्लब झापाले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा मदरगाछ फुटवल टिमले २ गोल गर्दै आँपगाछी फुटवल क्लब भद्रपुरलाई सुन्यमा सिमित पारी उपाधी जीत्न सफल भएको हो । प्रथम हुने टिमले नगद ३० हजार सहित ट्रफी हात पारेको छ भने दोश्रो हुनेले २० हजार सहित उपविजेताको ट्रफी पाउन सफल भएको छ । दुवै टिमलाई नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नगद, शिल्ड तथा ट्रफी प्रदान गरेका थिए । नेपाल तरूण दल भद्रपुर ३ नम्बर वडाकोे आयोजनामा…
सुनसरी, ११ कार्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बाङगेबाट प्रहरीले गएराती कौडा सहित २३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा बाङगेस्थित स्थानीय गिता दाहालको घरमा जुवा खेलिरहेको छ भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका(५ कालाबन्जार बस्ने पूर्ण थापा सहित २३ जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले कौडा सहित नगद १ लाख ५६ हजार २ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।