
भद्रपुर, ११ कात्तिक । भद्रपुर–३ स्थित सन्थाल बस्ती सूर्यनगरमा सम्पन्न तेस्रो सन्थाल कप जिल्ला स्तरीय नकाउट फुटवल प्रतियोगिताको उपाधी मदरगाछ फुटवल क्लब झापाले हात पारेको छ ।
शनिवार भएको फाइनल खेलमा मदरगाछ फुटवल टिमले २ गोल गर्दै आँपगाछी फुटवल क्लब भद्रपुरलाई सुन्यमा सिमित पारी उपाधी जीत्न सफल भएको हो । प्रथम हुने टिमले नगद ३० हजार सहित ट्रफी हात पारेको छ भने दोश्रो हुनेले २० हजार सहित उपविजेताको ट्रफी पाउन सफल भएको छ । दुवै टिमलाई नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नगद, शिल्ड तथा ट्रफी प्रदान गरेका थिए ।
नेपाल तरूण दल भद्रपुर ३ नम्बर वडाकोे आयोजनामा कार्तिक २ गतेबाट सुरू भएको प्रतियोगितामा झापा जिल्लाका सन्थाल जातिका १३ वटा टिमले प्रतिष्पर्धामा सहभागिता जनाएका थिए । विजेता तथा उपविजेता टिमलाई नगद, शिल्ड तथा प्रमाण पत्रले सम्मान गरिएको थियो ।
यसैगरी सोही अवसरमा आयोजित सन्थाल नृत्य प्रतियोगिताको उपाधि मदरगाछ सन्थाल समूह झापाले हात पारेको छ । सो प्रतियोगिताको दोश्रो स्थान सूर्यनगर सन्थाल समूह भद्रपुर ३ र तृतीय स्थान आँपगाछी सन्थाल समूह भद्रपुरले हात पारेका छन् । प्रथमलाइृ नगद ५ हजार, दोश्रोलाइृ ३ हजार र तस्रो हुनेले २ हजार नगद सहित पुरस्कृत भएका छन् ।
तरूण दल भद्रपुर ३ का सभापति प्रविण राईको अध्यक्षता तथा काँग्रेस नेता कृष्णप्रसाद सिटोलाको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा जिल्ला सदस्य विजय रिजाल, लता कार्की, क्षेत्रीय सभापति गणेश पोखरेल लगायत नेपाली काँग्रेसका नेता तथा अग्रज व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

