
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ भदौ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदाललते बुधबार वैध ठहर गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सम्मिलित संवैधानिक इजलासले बिप्पालाई वैध ठहर गरेको हो । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदा २०६८ कात्तिक ४ गते उक्त देशसँग बिप्पा सम्झौता भएको थियो । आजको आर्थिक अभियानमा खबर छ ।
झापा, १२ भदौ । सत्तारुढ दल समाजवादी पार्टीले सरकार छोड्ने ‘घुर्की’ देखाइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी समाजवादीले ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छाड्ने घुर्कीलाई निरन्तरता दिएको हो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छोड्ने चेतावनी दिइरहेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, १२ भदौ । कर्णालीको किनार । भदौको टन्टलापुर घाम । केही महिना असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन् । कोही डुँडीमाथि राखिएको सोनाट्टा ९जाली० ले बालुवाबाट ढुँगा अलग गर्दै छन् । कोहीचाहीँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन् । बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट सुन संकलन गर्दै आएका छन् । यो समुदायको मुख्य बसोबास कैलाली र बर्दियाको सीवार्ती कर्णाली किनार हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
झापा, १२ भदौ । आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो । कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाटेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ । आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढको बताए । हत्या प्रत्यासबाट जोगिएका आचार्य बालकृष्ण ही भदौं १८ गते नेपाल आउन लागेका…
झापा, १२ भदौ । नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन् । भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ओली र मोदीबाट पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ । दुवै मुलुकका प्रधानमन्त्रीले आफ्नै कार्यकक्षबाट एकसात संयुक्तरुपमा रिमोटबाट पाइपलाइनको उद्घाटन गर्ने तयारी रहेको मन्त्रालयले जानकारी दिएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
बनियानी, १२ भदौ । सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद र रू ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो । सरकारी छाप कीर्ते गरेको अभियोगमा जिल्ला अदालत झापाले राजवंशीलाई २०७३ चैत २२ गते एक वर्ष कैद र रू ५० हजार जरिवाना तोकेको थियो । सो अवधि देखि नै फरार राजवंशीलाई बुधबार पक्राउ गरेको हो ।
बनियानी, १२ भदौ । झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सार गेट अगाडिबाट लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम १०० मिलि ग्राम बरामद गरेको छ । त्यस्तै, प्रहरीले बिहीबार नै मेचीनगर–७ स्थित गैरीगाँउबाट ५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ बेलबारी–३ का १९ वर्षीय सुरज…
बिर्तामोड, ११ भदौ । झापाको बुद्धशान्ति–१ होक्से स्थित त्रिभूवन माविको आमा समूहले आज तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आमा समूहकी अध्यक्ष यमुना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नाचगानसहित दर खुवाइएको थियो । कार्यक्रममा आमाहरुले तीजको सांस्कृतिक पहिचान झल्कने गरी नृत्य गरेका थिए । आमा समूहको तीज विशेष कार्यक्रम देखेर विद्यार्थी खुसी भए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिना, शिक्षक अभिभावक संघ अध्यक्ष पूर्णप्रसाद सञ्जेल, सदस्य अम्बिका कट्टेल, गजाधर पौडेल, विद्यालयका प्रधानाध्यापक कुमार आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । तीजको सांस्कृतिक पहिचान र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सञ्चालन आमा समूह सचिव शारदा पौडेलले गरेकी थिइन्…
— ‘जयत्सेन’ नारी उत्थानको उदेश्यमा स्थापित सयौँ वा सम्भवतः हजारौँ संघ–संस्था खुलेका छन्, हजारौँ एनजीओ–आइएनजीओ होलान्; तर औसत नेपाली नारी (महिला) ती संघ–संस्थादिसँग जोडिनु मात्र पनि कता हो कता, तिनका बारेमा जानकारसम्म बिरलै होलान् ! शहरी क्षेत्रमा फेशनका रूपमा यस्ता संघ–संस्था खोल्ने र तिनलाई तिनकै पदाधिकारी–सदस्यहरूका प्राइभेट लिमिटेड जस्तो गरी चलाइने गरिन्छ । नारीका विभिन्न स्वरूपका नाममा चल्ने यस्ता कतिपय संघ–संस्था र एनजीओ–आइएनजीओहरू त कागजमा प्रगति लेखेर उनै हर्ताकर्ताका आर्थिक उपार्जनका माध्यम बनाउनुमै सीमित भएका पनि सुनिन्छ । ग्रामीण क्षेत्रमा पनि कतिपय ठाउँमा स्थानीय शिक्षित र टाठा–बाठा नारीले शहरी सिको गरी यस्ता संघ–संस्था खोलेका पाइन्छन्, ती पनि अन्ततः नारी–जीवनका सर्ववर्गीय÷पक्षीय सुधारलक्षित नभएर…
बिर्तामोड, ११ भदौ । झापाको दक्षिण क्षेत्र महाभाराका रमेश श्रेष्ठलाई सानैदेखि सवारीसाधान प्रति औधी चासो थियो । समयक्रमसँगै उनी यातायात क्षेत्रमा आवद्ध भए । सह–चालकबाट यातायात क्षेत्रमा प्रवेश गरेका उनलाई चालकले बेलाबेलामा दिएको मौका नै सवारी चलाउन सिक्ने अवसर बन्यो । झापादेखि काठमाडौँ, भैरहवा लगायत विभिन्न स्थानमा पुग्ने गरेका उनी त्यो दिन सम्झिँदा अहिले पनि झसंग हुन्छन् । २०६३ पुसमा झापादेखि काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुदाँ पाँच जनाले ज्यान गुमाएका थिए भने चालक गम्भीर घाइते भएका थिए । उनले लामोबाटोमा थकाई लागेर सवारी दुर्घटना हुन पुगेको बताए । उनी भन्छन्, ‘एउटै चालकले सवारी चलाउनु पनेर् बाध्यता थियो, थकित शरीर कतिबेला के हुन्छ पत्तै पाइँदैन ।’…