
— ‘जयत्सेन’
नारी उत्थानको उदेश्यमा स्थापित सयौँ वा सम्भवतः हजारौँ संघ–संस्था खुलेका छन्, हजारौँ एनजीओ–आइएनजीओ होलान्; तर औसत नेपाली नारी (महिला) ती संघ–संस्थादिसँग जोडिनु मात्र पनि कता हो कता, तिनका बारेमा जानकारसम्म बिरलै होलान् ! शहरी क्षेत्रमा फेशनका रूपमा यस्ता संघ–संस्था खोल्ने र तिनलाई तिनकै पदाधिकारी–सदस्यहरूका प्राइभेट लिमिटेड जस्तो गरी चलाइने गरिन्छ । नारीका विभिन्न स्वरूपका नाममा चल्ने यस्ता कतिपय संघ–संस्था र एनजीओ–आइएनजीओहरू त कागजमा प्रगति लेखेर उनै हर्ताकर्ताका आर्थिक उपार्जनका माध्यम बनाउनुमै सीमित भएका पनि सुनिन्छ । ग्रामीण क्षेत्रमा पनि कतिपय ठाउँमा स्थानीय शिक्षित र टाठा–बाठा नारीले शहरी सिको गरी यस्ता संघ–संस्था खोलेका पाइन्छन्, ती पनि अन्ततः नारी–जीवनका सर्ववर्गीय÷पक्षीय सुधारलक्षित नभएर कार्यकारीहरूकै घेराभित्र ढुल्मुलाउने गरेको सुन्नमा आउँछन् । नारी उत्थान, नारी हित सम्बद्र्धन, नारी जातिको स्तरोन्नति इत्यादि नारा कोरलेर नारी–जगतका हक–हितमा खुलेका सबै संघ–संस्था र एनजीओ–आइएनजीओ त्यस्तै–त्यस्ता छन् भन्ने यो टिप्पणीको अभिप्राय होइन, कतिपयले लक्षित काम गदैर् आएका र गदैर् रहेका पनि छन् । तर, समग्रमा वर्गीय हित र कल्याणका उद्देश्य फर्माएर राजधानीदेखि गाउँसम्म खुलेका ठूला–साना संघ–संस्था अधिकतर तिनका विधान बमोजिम चलेका छैनन् भन्ने आम चर्चाको उद्घरण हो ।
‘नारी धर्ती हो, सहनशीलता नै धर्तीको विशेषता हो ।’ ९ध्यmभल बचभ खभचथ mगअज कष्mष्बिच तय तजभ भबचतज ष्ल तजबत दयतज तजभ धयmभल बलम भबचतज जबखभ तजभ अबउबअष्तथ या तयभिचबलअभ ष्ल अयmmयल० भन्न पूर्व शताब्दीदेखिको विश्वमान्य भनाइलाई नै शिरोधार्य गरिआएको क्रममा आज एक्काइसौं शताब्दीका औसत नारी (महिला) पनि पुरुष–प्राधान्यरूपी मनोवैज्ञानिक दलनमै छन् । पुरुषको प्राथमिकता जहाँकाहीँ प्रतिष्ठापित छ, नारी दोस्रो स्थानमा रहने मानसिकताबाट मुक्त छैनन् । र, त्यो मनोवैज्ञानिक थिचोमिचो सहनु उनीहरूको नैसर्गिक बाध्यता जस्तै बनेको छ !
पश्चिम पृश्वीका नारीहरू पूर्वको तुलनामा धेरै स्वतन्त्र छन् भनिन्छ, तापनि पश्चिमी दुनियाँमा पनि पूर्वी संसारमा जस्तै नारीहरू मनोरञ्जन र विज्ञापनको आकर्षक साधन, सन्तान जन्माइदिने मेशिनसरह तथा घर–गृहस्थका कामदारसरह मानिइनबाट पूर्णतः उकासिएका छैनन् । त्यहाँ पनि नारीलाई हेनेर् पौरुषेय सोच–अवधारणामा पूर्वी गोलाद्र्धमा भन्दा उन्नाइस्–बीसको फरक मात्र छ भन्ने पाश्चात्य नारीमार्गी विदुषीहरूको कथन पाइन्छ ।
माथि भनिए झैं, हाम्रो देशमा नारी अग्रगामिताका नाराअंकित ब्यानर राखेर स्थापित अनगिन्ती विविध नामका संघ–संस्थाले तिनकै पदाधिकारी सदस्यहरूमा सुधार ल्याएका, समग्र नारी–जगतको हित–सम्बद्र्धनमा ठोस पाइला चाल्न नसकेका इत्यादि चर्चाकै बाहुल्य छ । शहरी क्षेत्रमा यस्ता संघ–संस्था पर्याप्त खुलेका छन्; जसले बहुसंख्यक ग्रामीण नारीलाई आफूमा जोड्नु त कहाँ हो कहाँ, संस्था र तिनका उद्देश्य मात्रको पनि तिनलाई जानकार तुल्याउन र आफ्ना पीर–पीडा उजागर गर्न पे्ररित गनेर्सम्म प्रयास भएको बिरलै सुनिन्छ ।
देशमा नारी कल्याण र हक–हितकारी संस्थाहरू जति–जति थपिंदै जाँदैछन्, त्यति–त्यति नै नारी हिंसा, बलात्कार, चेलीबेटी बेचबिखन र विपन्नताग्रस्त नारीहरूको देह–व्यापार इत्यादि नै थपिंदै गएका छन् । मूलतः वर्गीय हितार्थ खोलिएका भनिने त्यस्ता संघ–संस्थाहरू राजनीतिक खुट्किलाको प्रयोगमा आउनुले पनि यस्ता समस्यालाई बढाएका छन् । राजनीतिक संरक्षणमा बढिरहेका बेथितिलाई विशेषतः नारीवादी संघ–संस्थाहरूले राजनीतिनिरपेक्ष भएर सकेसम्म उन्मूलन गर्न नसके न्यूनीकरण गर्नु पर्दछ । यो हितको रक्षा गनेर् ‘बेलाको बोली’ हो र यसो गरेमा नारीमुखी वर्गीय संस्थाहरू सफलतामा उभिने वातावरण बन्न सक्तछ ।
पार्टी–पार्टीका बेग्ला–बेग्लै वर्गीय संघ–संस्था खोलिंदा वर्गभित्रै परस्पर तनाउ बढ्ने गरेका अनेक घटना छन् । तिनबाट शिक्षा लिनुपर्दछ, र मात्र निरपेक्ष रूपमा वर्गीय उत्थान र प्रवद्र्धनको उद्देश्यले लक्ष्य प्राप्त गर्न सक्तछ । मूलतः सामाजिक जीवनका समृद्ध, मध्यम, निम्न–विपन्न वर्गका नारी समग्र रूपमा नारी नै हुन् — शहरी तथा ग्रामीण नारी समग्र रूपमा नारी नै हुन् भन्ने भावना संघ–संस्थाले अख्तियार गर्नु पर्दछ । तब नै ‘नारी’–को उत्थान सफल सम्भाव्य हुन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

