
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
तित्राकहिलेकाहीँ त पत्रपत्रिकाले पनि केही कुरा लेख्थे, तर आजका कुनै पत्रिकामा केही समाचार छापिएको छैन । काला अक्षरले सेतो कागज रङ्ग्याएर मात्रै के गर्नु ! देशमा यत्रो पार्टीतन्त्रको व्यवस्था छ, कुनै पार्टी टुटेको फुटेको समाचार छैन । कुनै नेता फाल हान्दै अकोर् पार्टीमा गएको समाचार पनि छैन । मन्त्री खान आफ्नो पार्टी छोडेर अकोर् पार्टीमा जाने नेता पनि बेलाबखतमा हुन्थे; त्यस्तो किसिमको टेसिलो समाचार पनि छैन । आजका पत्रपत्रिकामा भएको तीस–पैतीस रुपैयाँ व्यर्थमा खर्च भयो । हैन यो देशमा केही घटना दुर्घटना परिघटना हुनै छोड्यो कि क्या हो ? अथोर्क केही समाचार नहुँदा पनि दैनिक एक–दुई यात्रुवाहक बसहरू त्रिशुलीमा पौडी खेल्न ओर्लिन्थे । पहाडतिरका कच्ची बाटोमा…
विराटनगर, ११ भदौ । मोरङको रङ्गेली नगरपालिकामा रहेको प्राचीन काली मन्दिर ओझेलमा परेको छ । यहाँ दैनिक सयौँ श्रद्धालुको भीड लाग्छ । विराटनगरदेखि झण्डै ४० किलोमिटर पूर्वमा अवस्थित काली मन्दिर वर्षौं पुरानो हो । हुलाकी राजमार्गसँग जोडिएको रङ्गेली बजारमा रहेको काली मन्दिरले यो ठाउँलाई चिनाएको छ । तीन कट्ठा १० धुरमा फैलिएको मन्दिर प्यागोडा शैलीमा कलात्मक रुपमा निर्माण गरिएको छ । मोरङको पुरानो सदरमुकाम रङ्गेलीस्थित उक्त मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनले मनोकामना पूरा होस् भनेर पूजापाठका साथै बोका, परेवा र हाँसको बलि चढाउने गर्छन् । मन्दिर कहिले र कसले स्थापना ग¥यो भन्ने कुराको कुनै…
पुजन आचार्यभद्रपुर, ११ भदौ । झापा जिल्लामा त्रिभुवन विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस यतिबेला उच्च शिक्षाको भरोसालायक गन्तव्य बनेको छ । विगत २०२१ सालको असोज १२ गते मेची इन्टरकलेजको नाममा स्थापित आजको मेची बहुमुखी क्याम्पसले आफ्नो करीब ५५ वर्षको यात्रा पार गरिरहँदा ८ विषयमा स्नातक (डिप्लोमा) र ५ विषयमा स्नातकोत्तर (डिग्री) तहसम्मको अध्यापन गराइरहेको छ । प्रारम्भमा मानविकी संकायको प्रमाणपत्र तहबाट शुरु भई २०२७ सालदेखि भने स्नातक तहसम्मको अध्ययन–अध्यापन यहाँ चालू छ । त्यसपछि २०३९ सालदेखि व्यवस्थापनतर्फ प्रमाणपत्र तह, २०४३ सालदेखि व्यवस्थापनकै स्नातक तह, २०४६ सालदेखि कानून विषयमा प्रमाणपत्र तह र २०५३ सालदेखि कानूनमै स्नातक (हाल ः फेज–आउट) का शैक्षिक कार्यञmम…
बिर्तामोड, ११ भदौ । मुलुक संघीय संरचनामा गएसँगै शिक्षाको संरचना परिर्वतन भएको छ । संघीय संरचना अनुसार कक्षा–१ देखि ५ र १ देखि ८ लाई दुई चरणमा आधारभूत तथा कक्षा–९ देखि १२ लाई माध्यमिक तह मानिएको छ । सरकारले कक्षा–८ सम्मको शिक्षालाई निःशुल्क र अनिर्वाय भने पनि कक्षा–९ देखि १२ लाई भने निःशुल्क व्यवस्था गरेको छ । सरकारले शिक्षालाई संघीय संरचनामा लगेसँगै कक्षा ११–१२ लाई उच्चमाविको सट्टा माध्यमिक तहमा रुपान्तरण गरेसँगै देशभरका सामुदायिक विद्यालयलाई दिवा सत्रमा कक्षा सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा मन्त्रालय अन्तरगत शिक्षा विभागले देशभरका सबै सामुदायिक विद्यालयलाई दिउँसो कक्षा सञ्चालन गर्न निर्देशन दिए पनि झापाका अधिकांश सामुदायिक विद्यालयले…
ओखलढुंगा, १० भदौ । ओखलढुङगाको सुनकोशी गाउँपालिका–१ की ६८ बर्षीया कृष्ण माया गुर्मछाने मगरको करेन्ट लागेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा घर नजिकै बारीमा घाँस काटिरहेको अवस्थामा अचानक करेन्ट लाग्दा मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
बिर्तामोड, १० भदौ । झापाको अर्जुनधारा नगरपालिका–१० को चुथाइ टोलमा १० आवश्यकता रहेको पाइएको छ । मेची टेक्लिकल टे«निङ एकाडेमीको सीएमएमा अध्ययनरत् ग्रुप ‘ए’ जीवन रक्षक समूहका विद्यार्थीले चुथाइ टोलमा देखिएको १० वटा आवश्यकताहरु पत्ता लगाएका हुन् । एकाडेमीमा अध्ययरत ११ जना विद्यार्थीको समूहले एक महिना लगाएर उक्त क्षेत्रमा देखिएका आवश्यकता र अपनाउनुपर्ने आगामी योजनाकाबारेमा सुझाव दिएका छन् । टोली संयोजक रेखाकुमारी देवले स्थलगत अध्ययनका क्रममा अर्जुनधारा–१० मा पानी शुद्धीकरण, सर्वोत्तम पिठो, कुपोषण, जिङ्क चक्कीको जानकारी नभएको, सरसफाइ सम्बन्धी सचेतना कम भएको, बिरामी हुँदा धामी झाक्री लगाउने, सरकारले लागू गरेको स्वास्थ्य बीमाबारे जानकारी नभएको पाइएको बताइन् । उनीहरुले अर्जुनधारा–१० को…
बिर्तामोड, १० भदौ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले बितेको आर्थिक वर्ष २०७५/०७६ मा गरेको व्यवसायहरुमध्ये बैङ्किङ व्यवसाय तर्पm सञ्चालन मुनाफा २२ करोड २५ लाख पुगेको छ । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा ३१ प्रतिशतले बृद्घि भएको हो । सोमबार संस्थाले विर्तामोडमा पत्रकार भेटघाटको कार्यक्रम गरी सो जानकारी गराएको हो । यो वर्षको अन्त्यसम्म एनएमसीका सदस्य ९० हजार पुग्ने लक्ष्य राखिएको छ भने कूल कारोबारको अंक १० अर्ब ३२ करोड पुग्ने अनुमान गरिएको छ । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ को कारोबारको यथार्थ अवस्था र २०७६÷०७७ लागि प्रस्ताव गरिएका कार्यक्रमको बारेमा जानकारी गराउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम आयोजना…
झापा, १० भदौ । झापाको बाहदशि गाउँपालिका-४ का २५ बर्षीय धन कुमार राजवंशीको माछा मार्ने क्रममा घाग्रा खोलामा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा खोलामा माछा मार्ने क्रममा डुबिरहेको अवस्थामा स्थानियले देखेपछी तत्काल उद्धार गरी उपचारको लागिमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
बनियानी, १० भदौ । प्रदेश नं. १ मै पहिलो पटक झापाको बिर्तामोड नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले नगर क्षेत्रका बालबालिकालाई नैतिकवान र सही आचरणयुक्त बनाउने उद्देश्यले ‘आचरण सचेतना शिक्षा’ पाठ्यक्रम निर्माण गरी लागू गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत देवराज पाण्डेले जानकारी दिनुभयो । यो वर्षदेखि कक्षा–३ र ४ मा लागु भएको पाठ्यक्रममा स्थानीय तहको भौगोलिक अवस्था, सामाजिक संरचना, भाषा, संस्कृति, रहनसहन, परिवार, स्थानीय विषय, ट्राफिक नियम, नैतिक आचरणको विकास लगायतका विषयवस्तु समेटिएको छ । नगरपालिकाले आगामी वर्षदेखि क्रमशः माथिल्लो कक्षामा पनि पाठ्क्रम लागू गर्ने जनाएको छ । स्थानीय तहले स्थानीय पाठ्यक्रम लागू गर्न पाउने व्यवस्था अनुसार आचरण…
झापा, १० भदौ । पार्टी शीर्ष तहका नेताहरु भनाभनमा उत्रिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीका जिम्मेवार नेताहरु नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्ष्यमा बसेको बैठकले सबै तहका नेता, कार्यकता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वको सम्बन्धमा असहमति वा आलोचना वा विरोध भएमा पार्टीको विधानमा उल्लेख भएअनुसार प्रस्तुत हुन निर्देशन दिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।